
दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना प्रधानमन्त्री
आर्थिक परिवेश२३ मंसिर झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताउनुभएको छ । भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो । उहाँले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरूलाई तथ्यहीन आरोप लगाए जस्तो नहुने उल्लेख…

विमान खरिद अनियमिततामा सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय
आर्थिक परिवेश२१ मंसिर काठमाडौँ। विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो । अदालतले निगमका तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद हुने फैसला गरेको छ । त्यसमा बिगो एक अर्ब ४७ करोड १० लाखको दामासाही हुने १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना गरिएको छ । निजले ज्येष्ठ नागरिक ऐनअनुसार ५० प्रतिशत सजाय छुट पाउने छन् । निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष…

नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक छ : प्रधानमन्त्री ओली
आर्थिक परिवेश१९ मंसिर, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआइटी) को आयोजना तथा चीनस्थित नेपाली दूतावासको समन्वयमा आयोजित कार्यक्रममा उहाँले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरिसकेकाले लगानीको वातावरण बन्दै गएको उल्लेख गर्नुभयो । “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी लगानीका लागि सहजीकरण गर्छौ, लगानीको सुरक्षा गर्न प्रतिबद्ध छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले चिनियाँ लगानीकर्तालाई प्राकृतिक रुपमा सुन्दर मुलुक नेपालको भ्रमण गर्न आग्रह गर्दै विभिन्न क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो…

क्रिकेटको महासंग्राम नेपाल प्रिमियर लिग शनिवारबाट शुरु
आर्थिक परिवेश१५ मंसिर, किर्तीपुर काठमाडौ । नेपालमा पहिलो पटक आजबाट शरु भएको छ क्रिकेटको महासंग्राम नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता । प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीहरु संलग्न विभिन्न ८ टोलीका ३२ खेलहरु हुँदैछन । त्रिभुवन विश्वविश्द्यालय परिसरमा रहेको खेल मैदानमा प्रतियोगिताको आयोजना भएको हो । शनिवारको उदघाटन खेलमा जनकपुर बोल्ट तथा विराटनगर किड.गस बीच प्रतिस्पर्धा भएको छ । आजको खेलमा दर्शकहरुको अत्याधिक भिडका कारण कतिपय टिकट काटेका दर्शकले पनि खेल हेर्न नपाए पछि आयोजक क्रिकेट संघ नेपालले टिकटको रकम फिर्ता गर्ने सूचना मार्फत जनाएको छ । पहिलो खेलमा बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार…

अपाङ्गगताको तथ्याडंक संकलन गरी सहायक सामग्री वितरण गरिनेछ : नगरप्रमुख अधिकारी
आर्थिक परिवेश१५ मंसिर टोखा,काठमाण्डौ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नगरपालिका भित्रका सबै अपाङ्गगता भएका नागरिकहरुको तथ्याडंक संकलन गरी उनीहरुलाई सहायक सामग्री वितरण गरिने बताउनुभएको छ । ३३ औं विश्व अपाङ्गगता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग पुर्नस्थापना केन्द्र नेपालले अविलिज फाउण्डेशन नेपालको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुका लागि पैरवी, शिप तथा मुल्याडंकन सम्बन्धी क्षमता विकास तालिम कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले नगरपालिकाले स्वीकृती दिएर बनाउने जुन सुकै भवनका संरचनाहरु अपाङ्गता मैत्री हुने गरी निर्माण गर्नु पर्ने निर्णय गरिएको बताउनु भयो । उहाँले नगरभित्रका ६० बर्ष भन्दा बढि उमेर भएका नागकिहरुका लागि संचालन गरेको स्वास्थ्य परीक्षण कार्यक्रमबाट धेरै नागरिक लाभान्वित भएको समेत उल्लेख गर्नु भयो…