ठूला दलहरूको त्यागले ठूला–ठूला परिवर्तन भएकाले उनीहरुले उपेक्षा गर्नु हुँदैन : प्रधानमन्त्री
आर्थिक परिवेश

०७ असार काठमाडौँ  ।    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरूको त्यागले ठूलाठूला परिवर्तन भएकाले उनीहरुले उपेक्षा गर्न नहुने बताउनु भएकाे छ । शुक्रबार काठमाडौंमा नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भनिएका व्यक्तिलाई नेपालमा केही गर्छौ भन्ने ठाउँ पुराना दल र नेताहरूले दिएको बताउनु भयाे  । नेपालमा राजनीतिक पार्टी र नेताहरूको दशकौंको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाल प्रवेश गरेको उनले बताउनु भयाे । प्रधानमन्त्री प्रचण्डले सबै नेता उस्तै हुन् र नेपालमा केही हुँदैन भन्ने गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देशको हित नचाहेको बताउऔनु…

निर्माणाधीन मोटरेबल पुल बाढीले बगाउँदा   डेढ करोड बराबरको क्षति
आर्थिक परिवेश

०७ असार,फलेवास, पर्वत ।    उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको बाढीले बगाएको हो । दुवैतर्फको संरचना निर्माण सकिएर स्ल्याब ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामग्री बगाएको पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय जनाएको छ । उक्त पुलको स्ल्याब भोलि शुक्रबार ढलान गर्ने तयारी गरिएको थियो । बाढीले निर्माणस्थलमा रहेको सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य टेवा सामग्री पूरै बगाएको निर्माण कम्पनी नयाँबाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापा मगरले जानकारी दिए । बाढीबाट …

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत राख्नेलाई राज्यले राज्यकै व्यवहार गर्छः अर्थमन्त्री
आर्थिक परिवेश

०६ असार, काठमाडौँ  ।   अर्थमन्त्री वर्षमान पुनले करदातालाई कर तिर्न प्रेरित गर्ने गरी काम गर्न मातहतका निकायहरूलाई निर्देशन दिनु   भएको छ । चालु आर्थिक वर्षको अन्तिम महिनामा राजश्व सङ्कलन बढाउने उद्देश्यले कर र राजश्व प्रशासनसँग सम्बन्धित सिनियर कर्मचारीहरूलाई बिहिबार मन्त्रालयमा बोलाएर उहाँले सामूहिक निर्देशन दिनुभएको हो । ‘करदातालाई अनुचित ढंगले दबाब दिने होइन उचित ढंगले कर तिर्न प्रेरित गरौँ’, उहाँले भन्नुभयो, ‘राज्य करदाताको अभिभावक पनि हो । ‘डिक्टेटर’ जस्तो व्यवहार नगरी सहजीकरण गर्नुपर्छ, सहकार्य गर्नुपर्छ ।’ उहाँले असल नियतले काम गर्ने करदाताका जायज गुनासा सुन्न र कानूनले मिलेसम्म सम्बोधन गर्न निर्देशन दिनुभयो । तर, अनुचित र गलत प्रवृत्तिको संरक्षण गर्न…

गण्डकी प्रदेशमा छ वर्षमा ६३ झलुङ्गे पुल निर्माण सम्पन्न १० निर्माणकाे क्रममा
आर्थिक परिवेश

०६ असार,पाेखरा, गण्डकी ।  गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित भएको छ । प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्गे पुल निर्माण सुरु हुने चरणमा रहेका छन् । प्रदेश सरकारको आगामी आव २०८१/०८२ को बजेटमा हिमाली र पहाडी क्षेत्रका पर्यटकीय पदमार्गबाट नजिक रहेका बस्तीमा सहज पहुँच पुरयाउन नदी तथा खोलामा झोलुङ्गे पुल बनाउन विशेष जोड दिइने उल्लेख छ । निर्देशनालयका निमित्त निर्देशक महेन्द्र बानियाँले “स्थानीवासीको माग र आवश्यकता…

विश्व बैंकले  परिर्वतन गरयाे नेपाल निर्देशक डेभिड सिस्लेन नियुक्त, जर्भोसको बिदाइ
आर्थिक परिवेश

०३ असार, काठमाडाै‌  ।    विश्व बैंकले   नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ। डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्न अाउनु भएकाे हाे । अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट सहरी व्यवस्थापन र विपद् जोखिम न्यूीकरणसम्बन्धी व्यवस्थापकका रुपमा कार्यरत हुनुहुन्छ। उहाँ सँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, शहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ। नवनियुक्त निर्देशक डेभिडले नेपाल, माल्दिभ्स र श्रीलंकामा सञ्चालित कार्यक्रमको संयोजन गर्नु हुनेछ।…