लगानीका लागि बाधक ठानिएका एकदर्जन कानुन लगानी सम्मेलन अघि नै संशोधन गरिन्छ : अर्थ मन्त्री पुन
आर्थिक परिवेश२० चैत्र, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब एकदर्जन कानुन लगानी सम्मेलन अघि नै संशोधन गरिने बताउनुभएको छ । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवद्र्धनका लागि बाधक ठानिएका कानुनी प्रावधान संशोधन गरी लगानीमैत्री बनाउने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हाे । लगानी वातावरण बनाउन सङ्घीय संसद्का दुवै सदनले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक पारित गरेको र बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सरकारले संसद्मा प्रस्तुत गरिसकेको जानकारी उहाँले दिनुभयो अर्थमन्त्रीको सचिवालयले जनाएको छ । विगतमा जस्तो ट्रेड…
अमेरिकी चेम्बरका लगानीकर्ता नेपालको लगानी सम्मेलनमा आउने
आर्थिक परिवेश१९ चैत, काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ । सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेट्न मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी दिनु भएकाे हाे । लगानी सम्मेलन सफल पार्न आफूहरुको तर्फबाट सहयोग हुने उहाँको भनाइ थियो । भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास विभिन्न विकास परियोजना पूर्वनिर्धारित समयमै सम्पन्न गर्नेबारे छलफल भएकाे अर्थमन्त्रिकाे सचिवालयले जनाएकाे छ । भेटमा अर्थमन्त्रीले लगानी सम्मेलनको राम्रो तयारी भएको भन्दै लगानीमैत्री वातावरण निर्माणका लागि गरिनुपर्ने कानूनी र प्रक्रियागत सुधारको तयारी भइरहेको…
नेपाली राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग लगानी सम्मेलनलाई लक्षित गरी भर्चुअल बैठक
आर्थिक परिवेश१८ चैत्र, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विदेशस्थित ४० भन्दाबढी नेपाली राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग लगानी सम्मेलनलाई लक्षित गरी भर्चुअल बैठककाे माध्यमबाट छलपफल गर्नु भएकाे छ । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूत र नियोग प्रमुखहरूलाई अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न प्रधानमन्त्रीका तर्फबाट निर्देशन दिनु भयाे । ‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरबको विषयसँग जोडिएको छ’, भन्दै मन्त्री पुनले , ‘सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरूलाई आग्रह गर्छु कि अबको एक महिना सबै काम छाडेर यसैमा लाग्नुस् ।’ मन्त्री पुनले विदेशी विकास साझेदार, ठूला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता…
सुनको मूल्यमा नयाँ रेकर्ड एक लाख ३० हजार पुग्याे
आर्थिक परिवेश१६ चैत्र, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य शुक्रवार अहिले सम्म कै उच्च दर कायम भएकाे छ । यस दिन सुन प्रतितोला दुई हजार एक सयले वढेर काराेवार भएकाे छ । केही दिनदेखि लगातार उकालो लागेको सुनको मूल्य शुक्रवार उच्च रकमले बढेकाे हाे । बिहीबार प्रतितोला एक लाख २७ हजार नौ सयमा कारोबार भएको छाप भएकाे सुन शुक्रवार प्रतिताेला एक लाख ३० हजार रूपैयामा काराेवार भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन शुक्रवार एक लाख २९ हजार चार सय निर्धारण गरि काराेवार भएकाे छ । यस दिन…
उत्पादन र रोजगारी वृद्धिलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्नुस : प्रधानमन्त्री
आर्थिक परिवेश१४ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन र रोजगारलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न सम्वद्ध निकायहरूलाई निर्देशन दिनुभएको छ। बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१/०८२ को बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा प्रधानमन्त्रीले परम्परागत ढाँचाको नभई जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुई थरी ‘स्कुल अफ थट’ छन्। एउटा दृष्टिकोण छ– अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जाऊँ। अर्को दृष्टिकोण छ–चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ। त्यसैले नीति तथा…