दीर्घकालीन विद्युत व्यापार सम्झौता भारतले अनुमोदन, विस्तृत सम्झौता पछि कार्यान्वयन
आर्थिक परिवेश

१९ भदौ , काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्रारम्भिक हस्ताक्षर भएको दीर्घकालीन विद्युत व्यापार सम्झौतालाई भारतले अनुमोदन गरेसँगै १० हजार मेगावाटसम्म विद्युत भारत निर्यात गर्ने बाटो खुल्ने स्.भावना बढेको छ । दीर्घकालीन विद्युत व्यापार सम्झौतालाई भारतको मन्त्रिपरिषद्ले हालै अनुमोदन गरेको अनौपचारिक जानकारी प्राप्त भएको उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयले जनाएको छ । निर्णयको औपचारिक जानकारी भए पछि त्यसमा चाँडै नै काठमाडौंमा दुई देशका सचिवस्तरमा छलफल गरी विस्तृत सम्झौतामा हस्ताक्षर हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिनु भयो । नेपाल भारत दीर्घकालीन विद्युत व्यापार सम्झौता (लङ–टर्म पावर पर्चेज एग्रीमेन्ट) मा मुख्य रुपमा १० वर्षमा १० हजार…

मधेश प्रदेशमा नयाँ उद्योग स्थापना हुने क्रम घट्दाे 
आर्थिक परिवेश

१७ भदाै,जनकपुरधाम ।  विगत केही बर्ष यता मधेश प्रदेशका जिल्लाहरूमा नयाँ उद्योग स्थापना हुने क्रम घट्दाे  रूपमा  देखिएकाे छ । गत वर्ष मधेश प्रदेशका जिल्लाहरूमा ३९ वटा नयाँ उद्योग सञ्चालनमा आएको मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षणमा उल्लेख  छ । मधेश प्रदेशका जिल्लाहरूमा कम लागतमा उद्योग स्थापना हुने सम्भावना भएपनि खुल्ला सिमाना भएको र भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन हुने भएकाले उद्योग स्थापनाको गति सुस्त रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनु भएको छ । महेश प्रदेशका जिल्लाहरूमा हालसम्म ६ सय ११ उद्योग सञ्चालनमा रहेको छ । उद्योग क्षेत्रमा आर्थिक वर्ष २०७९।८० मा १ खर्ब ७० अर्ब ८२ करोड…

वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम पाँचवटा पुरयाउनु पर्ने
आर्थिक परिवेश

१६ भदौ ,काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सबै वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम पाँचवटा पु¥याउनु पर्नेछ भने यसो गर्न नसक्ने कम्पनी मर्जरमा गए पनि मान्य हुने प्राधिकरणको नीति छ । वायुसेवा सञ्चालन गरिरहेका कम्पनीलाई थप जवाफदेही बनाउनुका साथै नयाँ आउने कम्पनीलाई पनि सेवा, शर्त पालना गराउनु प्राधिकरणको उद्देश्य रहेको जनाइएको छ…

एमसीसी परियोजनाको कार्यान्वयन शुरु ५ बर्षमा सम्पन्न गर्ने पदाधिकारीहरुको प्रतिवद्धता
आर्थिक परिवेश

१३ भदौ, काठमाडौ ।  अमेरिकाको सहयोगमा संचालन हुने मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अर्न्तगतकाे एमसिसि कम्प्याक्ट परियोजना आज भदौ १३ गते बुधबारदेखि कार्यान्वयन शुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गर्नु भयो । यो सँगै पाँच वर्षको समय तोकिएको एमसीसी परियोजना कार्यान्वयनमा आएको हो । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजना अन्र्तगत नेपालमा प्रमुख दुई पूर्वाधारहरु निर्माण गरिने भएकोले त्यसले नेपालको आर्थिक तथा पूर्वाधार क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो । उहाँले एमसीसी कम्प्याक्ट नेपाल आयोजना मार्फत भरपर्दो सडक…

अपर तामाकोशीका संस्थापकबाट हकप्रद शेयरबापतको रकम चुक्ता
आर्थिक परिवेश

११ भदाै,काठमाडौं ।  अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक शेयरधनीहरुले हकप्रद शेयरबापतको रकम चुक्ता गरेका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले आगामी भदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति शेयर १०० रूपैयाँ अंकित दरका हकप्रद शेयर निश्कासन गर्दै छ । सर्वसाधारणतर्फको सेयर निश्कासन गर्नुभन्दा पहिले कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद शेयर बापतको रकम चुक्ता गरेका हुन् । संस्थापकहरुले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका छन् ।१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी…