
सुनकाे मुल्यमा नयाँ रेकर्ड ताेलाकाे १ लाख ६० हजार नजिक
आर्थिक परिवेश०७ असाेज, काठमाडौँ । सु नको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु चार सयले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ५८ हजार आठ सयमा कारोबार भएका आजका लागि रु एक लाख ५९ हजार दुई सय निर्धारण भएको छ । शुक्रवारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै रु एक हजार सात सयले वृद्धि भएको थियो । यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला रु एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको…

आइतवार सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम
आर्थिक परिवेश०६ असाेज काठमाडौँ । स्थानीय बजारमा आइतवार सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आइतबार भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । शुक्रबार प्रतितोला रु एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्य सूची अनुसार छापावाला सुन तोलामा रु दुई हजार एक सयले वृद्धि भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय १५ मा कारोबार भएको…

सुन तोलामा एक हजार पाँच सयले वृद्धि
आर्थिक परिवेश०४ असाेज काठमाडौँ । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५७ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य आज तोलामा रु ३५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ ।

सरकारले शुरू गरयाे चाडपर्व लक्षित सुपथ मूल्य पसल देशभर ७४ स्थानमा
आर्थिक परिवेश०३ असाेज,काठमाडौँ । सरकारले विजयादशमी, नेपाल संवत्, शुभ दीपावली र छठलगायतका चाड पर्वका अवसरमा चाडपर्व लक्षित सुपथ मूल्य पसल शुरू गरेकाे छ । देशका विभिन्न भागमा संचालन हुने सुपथ मुल्य पसलकाे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको काठमाडाैकाे थापाथलीस्थित प्राङ्गणमा सुपथ मूल्य पसल उद्घाटन गरेर शुभारम्भ गर्नु भयाे । सुपथ मूल्य पसल उद्घाटन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सरकार लागेको बताउनु भयाे । उहाँले संविधानमा गरिएका व्यवस्था जति छिटो कार्यान्वयन गरियो, त्यति नै सुशासन हुने बताउनुभयो । चाडपर्वका अवसरमा बिहिवारदेखि देशका ७४…

आइतबार राती १२ बजेदेखि इन्धनकाे भाउ घट्याे
आर्थिक परिवेश३० भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ कायम भएको नेपाल अायल निगमले जनाएकाे छ ।