
सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्छ उपप्रधानमन्त्री
आर्थिक परिवेश२६ फागुन,काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताउनुभएको छ । नेपाल तयारी पोशाक उद्योग सङ्घको २९औँ वार्षिक साधारणसभामा उहाँले निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकार र निजी क्षेत्रका बीच सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री महासेठले मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनले बजार नपाउनाको कारण खोजेर समाधान गर्नुपर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्नेमा…

काठमाडौंको भृकुटीमण्डपमा चेम्बर एक्स्पो शुरु
आर्थिक परिवेश२४ फागुन,काठमाडौं । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयाेग गर्ने गरी सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” काठमाडौंको भृकुटीमण्डपमा बिहिवारबाट शुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो व्यापार मेलाकाे नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभयो । एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिएको छ । मेलामा घर–जग्गा, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहेका छन । एक्स्पोलाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले…

सुनको मुल्यले नयाँ रकर्ड बनायो एकै दिन तोलामा २ हजारले वृद्धि
आर्थिक परिवेश२२ फागुन, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च भएको छ । मंगलबार सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोवार भएको छ । यस अघि मंगलवार विहान नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको सो मुल्य तोकेको थियो । मंगलवारको कारोवार मुल्य अहिलेसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँले बढी हो । सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता मूल्य केही घटेर फागुन ३ गते १ लाख १६ हजार ५ सय रुपैयाँमा झरेको थियो…

चेम्बर एक्स्पो २०२४ आयोजना हुने, तयारी अन्तीम चरणमा
आर्थिक परिवेश२० फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” यही फागुन २४ देखि २८ गते सम्म हुने भएकाे छ । काठमाडौंको भृकुटीमण्डपमा स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो हुन लागेको हो । एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । घर–जग्गा व्यवसाय, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहने छन् । कृषि, हस्तकला लगायत स्थानीय स्तरमा उत्पादित बस्तुहरुको बजार प्रर्वद्धन एवं साना व्यवसायीहरुको आर्थिक…

वीरगञ्ज आईसिपीबाट ७ महिनामा १४ अर्ब ९० करोडकाे धान चामल र मकै भित्रियाे
आर्थिक परिवेश१० फागुन,वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्जको आईसिपी भन्सार हुँदै चालु आर्थिक वर्षको ७ महिनामा १४ अर्ब ८९ करोड ६१ लाख ८१ हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न भित्रिएको छ । वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म ४ अर्ब ९ करोड ५८ लाख ५८ हजार मूल्य बराबरको धान भित्रिएको छ भने १ अर्ब ५ करोड ९१ लाख ४० हजार मूल्य बराबरको चामल भित्रिएको छ । त्यसैगरी आईसिपी भन्सार नाकाबाट ४ अर्ब ९० करोड ५८ लाख ५८ हजार मूल्य बराबरको मकै भित्रिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । यसैगरी वीरगञ्ज नाकाबाट…