अवैध र चोरी पैठारीका सामान सजिलै नियन्त्रण गर्न सकिने गरी एचएस कोडको व्यवस्था
आर्थिक परिवेश

३२ जेठ, काठमाडौं । भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गर्दा ‘हार्मोनाइज्ड कोड’ (एचएस कोड) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । अभिवृद्धि कर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा एचएस कोड अनिवार्य गरिएको हो । एचएस कोड भनेको सामानको पहिचान (आइडेन्टिटी) नम्बर हो । मूल्य अभिवृद्धि कर नियमावलीमा संशोधन गरी बिजक जारी गर्दा एचएस कोड अनिवार्य गरिएको हो । नयाँ व्यवस्थाअनुसार बिजकको नयाँ ढाँचा राजपत्रमा प्रकाशित भइसकेको छ । मूल्य अभिवृद्धि करसम्बन्धी नियमावलीको अनुसूची–५ (ख) मा कर नयाँ बिजकको ढाँचा समावेश गरिएको छ । उक्त ढाँचाको पहिलो…

सुनकाे मुल्य ताेलामा चार हजारले घट्याे
आर्थिक परिवेश

२७ जेठ, काठमाडौँ ।  नेपाली बजारमा गत साता  बढेकाे  सुनकाे  मूल्य आइतवार भने तोलामा   चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छाप भएकाे सुन आइतवार लागि प्रतितोला  एक लाख ४१ हजार रूपैयामा काराेवार भएको छ । शुक्रबार छाप भएकाे सुन तोलामा  एक लाख ४५ हजार रूपैयामा कारोबार भएको थियो । यस्तै यस दिन छाप नभएकाे सुन तोलामा एक लाख ४० हजार तीन सय निर्धारण  भइ काराेवार भएकाे  छ । शुक्रबार छाप नभएकाे सुन प्रतितोला  एक लाख ४४ हजार तीन सय रूपैयामा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा  ७५ रूपैयाले घटेको छ । शुक्रबार तोलामा  एक…

सुन ताेलाकाे एक लाख ४५ हजार पुग्याे
आर्थिक परिवेश

२५ जेठ, काठमाडौँ ।  नेपाली  बजारमा शुक्रवार  सुनकाे  मुल्य  तोलामा  एक हजार रूपैयाले बढेको छ । बिहीबार प्रतितोला  एक लाख ४४ हजारमा कारोबार भएको छाप भएकाे  सुन शुक्रवार   प्रतिताेला एक लाख ४५ हजारमा काराेवार भएकाे   छ । यो हालसम्मकै उच्च विन्दु हो । त्यरस्तै, तेजाबी सुन बिहीबार तोलामा  एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि  एक लाख ४४ हजार तीन सय निर्धारण भै काराेवार भएको छ । चाँदीको मूल्य भने शुक्रवार   तोलामा ५० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी शुक्रवार का लागि भने एक हजार नौ सय…

नेपाली बजारमा बिहिवार सुनकाे मुल्यमा नयाँ रेर्कड
आर्थिक परिवेश

२४ जेठ, काठमाडौँ । नेपाली बजारमा   बिहिवार सुनको मूल्य उच्च रकमले बढेर   एक हजार आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला  एक लाख ४४ हजार रूपैया  पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुन बुधबार प्रतितोला  एक लाख ४२ हजार दुई सय रूपैयामा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला  एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज एक लाख ४३ हजार तीन सय रूपैया र्निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य यस दिन  एक हजार आठ सय ५० निर्धारण गरिएको छ…

डेडिकेटेड र ट्रङकलाइन विवाद : करिब सात अर्ब बराबरको बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन
आर्थिक परिवेश

२१जेठ, काठमाडौं । लामो समयदेखि विवादको विषय रहेको डेडिकेटेड र ट्रङकलाइनसम्बन्धी महसुल विवाद समाधान गर्न सरकारले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । उर्जा मन्त्रालयले महशुल उठाउन प्राधिकरणलाई आइतवार निर्देशन दिएको हो । मन्त्रिपरिषद्ले २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । सोसम्बन्धी व्यहोराको पत्र ऊर्जा मन्त्रालयमार्फत प्राधिकरणलाई पठाइएको हो । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नवीनराज सिंहले आवश्यक निर्णयका लागि पत्राचार भएको बताउनु भयो । लाल आयोगले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई गत वैशाख २३ गते अध्ययन प्रतिवेदन बुझाएको थियो । महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदन २०८१ ले पनि विद्युतको बक्यौता असुल गर्न सरकारलाई…