राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी
आर्थिक परिवेश१७ कार्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन / अनुसन्धानको प्रयोजनका निम्ति आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ । गभर्नर महाप्रसाद अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा आज बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारी भएको हो । समझदारीपत्रमा बैंकका तर्फबाट आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गर्नुभयो । उक्त समझदारीअनुसार आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयारीका लागि महासंघमा आबद्ध उद्योगहरूले प्रत्येक त्रयमासमा आवश्यक तथ्याङ्क र सूचनाहरू राष्ट्र बैंकलाई उपलब्ध गराउनेछन् । त्यसको निम्ति महासंघले उद्योगहरूसँग आवश्यकताअनुसार समन्वय र सहजीकरण गर्नेछ । साथै, बैंकले समयसमयमा…
अमेरिकन च्याम्बर अफ कमर्स नेपालले अमेरिका स्थित यु.एस. च्याम्बर अफ कमर्सको सदस्यता पायाे
आर्थिक परिवेश१७ कार्तिक,काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन च्याम्बर अफ कमर्स (एमच्याम) नेपालले अमेरिका स्थित यु.एस. च्याम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ । नेपाली समय अनुसार बिहीबार बिहान अमेरिकामा आयोजित कार्यक्रममा यु.एस. च्याम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिष्ठ उपाध्यक्ष अतुल कश्यप र यु.एस. च्याम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जोन मर्फीले एमच्याम नेपालका अध्यक्ष अजित शाहलाई सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएकाे हाे । एमच्याम नेपालले आफ्नो स्थापनाको दुई वर्षमै यु.एस. च्याम्बर अफ कमर्सको सदस्य बन्न सफल हुनु ऐतिहासिक उपलब्धी भएको एमच्याम नेपालका अध्यक्ष अजित शाहले बताउनुभयाे । एमच्याम मार्फत अब संसारभरबाट नेपालमा लगानी गर्नका लागि अनुरोध गर्न…
विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपाल आकर्षक लगानीस्थल : चन्द्र ढकाल
आर्थिक परिवेश१५ कार्तिक, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ । बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पुँजी खोजिरहेकाले विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपाल आकर्षक लगानी स्थल रहेको बताउनुभयो । जलविद्युत्लाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयबारे अध्यक्ष ढकालले बढ्दो भारतीय बजारले जलविद्युत् आयोजनामा लगानीको थप अवसर प्राप्त भएको प्रस्ट पार्नुभयो । बङ्गलादेशको सुदृढ अर्थतन्त्रले ऊर्जा माग बढ्दा नेपालको जलविद्युत्का लागि थप बजार सृजना भएको उहाँले सम्बोधनका क्रममा बताउनुभएको महासङ्घद्वारा आज…
भारतबाट नेपालमा केराकाे आयात बढ्दाे २ महिनामा रूपैडियाबाट १० करोड ३१ लाखकाे भित्रियाे
आर्थिक परिवेश१४ कार्तिक, नेपालगंज । चाडबाड शुरू भए संगै भारतबाट नेपालमा केराकाे आयात अत्यधिक मात्रामा बढेकाे छ । दशै तिहार तथा छठका लागि भनेर नेपालमा भारतीय केरा भित्रिने क्रम बढेकाे विभिन्र भन्सार कार्यालयहरूले जनाएका छन् । यस अघि चालु आर्थिक वर्षको दुइ महिना सम्ममा नेपालगन्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको केरा नेपालमा आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चाडपर्वको सिजन भएका कारण यी दुई महिनामा केरा आयात अत्यधिक हुने गरेको छ । यो अवधिमा २४ सय ६६ मेट्रिक टन केरा आयात भएको हो । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले यहाँबाट…
अर्थतन्त्रलाई माथि उठाउन उद्योगी व्यवसायीहरूले सकारात्मक योगदान दिनुपर्छ : प्रधानमन्त्री
आर्थिक परिवेश२६ असाेज, वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यबाट मात्र समृद्धि प्राप्तिको लक्ष्य पूरा हुने बताउँदै अर्थतन्त्रलाई माथि उठाउन उद्योगी व्यवसायीहरूले सकारात्मक योगदान दिनुपर्ने बताउनुभएको छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालको नेतृत्वमा गएको प्रतिनिधि मण्डल सँगको भेटमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधार हुँदै गएको बताउँदै निर्धक्क भएर मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो । उहाँले देशको अर्थतन्त्रलाई चौतर्फी ढङ्गबाट आधुनिकीकरण गर्नुपर्नेमा जोड दिँदै उद्योग वाणिज्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो । भेटवार्तामा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवालले वीरगञ्जका उद्योगी व्यवसायीले भोगिरहेका समस्याबारे ध्यानाकर्षण गराउनुभएको…