चीनले प्रदान गरेका सुविधा उपयोग गर्दै निकासी बढाउनुपर्छ, कार्यवाहक राष्ट्रपति पुन
आर्थिक परिवेश

काठमाडौं । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले चीनतर्फ नेपालको निकासी व्यापारले अपेक्षाकृत गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । चीनसँगको सुमधुर राजनीतिक सम्बन्धका बाबजुद नेपालले आर्थिक सम्बन्ध विस्तार गर्न नसकेको उहाँको भनाइ छ । नेपाल–चीन व्यापारिक सम्झौताअनुसार चीनले प्रदान गरेका सुविधा उपयोग गर्दै नेपाली वस्तुको निकासी बढाउनुपर्ने उहाँको भनाइ छ । नेपाल चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति पुनले नेपालका कृषिजन्य उत्पादन, जडिबुटी तथा खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सकिने सम्भावना रहेको बताउनु भयो । “हामीले चिनियाँ बजारको अध्ययन गरी त्यहाँका उपभोक्ताको रुचिलाई मध्यनजर गर्दै नेपाली बस्तु निकासी गर्न सक्नुपर्छ र…

अमेरिकी डलर तेस्रो स्थानमा झरयो
आर्थिक परिवेश

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ । यसअनुसार युरो १ को खरिद दर १३० रुपैयाँ ६९ पैसा तथा बिक्री दर १३१ रुपैयाँ २९ पैसा तोकिएको छ। त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ र बिक्री दर १३० रुपैयाँ ६० पैसा रहेको छ। यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४८ रुपैयाँ ६९ पैसा र बिक्री दर १४९ रुपैयाँ ३८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। विदेशी मुद्राको भाउ कुनको कति ?

सुनचाँदी ब्यवसायीहरुले सुनचाँदी ब्यवसाय सम्वन्धी निर्देशिका जारी गर्न माग
आर्थिक परिवेश

काठमाण्डौ । सुनचाँदी ब्यवसायीहरुले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी निर्देशिका जारी वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डले वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागका महानिर्देशक कमल भट्टराईसंग भेटी सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी निर्देशकाको अभावमा ब्यवसाय सञ्चालनमा नै बाधा पुुगेको भन्दै सिघै निर्देशका जारी गर्न आग्रह गरेको हो । भेटका क्रममा महानिर्देशक भट्टराइले ब्यवसायीहरुको मागलाई आफूले सकारात्मकरुपमा लिएको र शिघ्र निर्देशिका जारी गर्न पहल गर्ने बताउनुुभयो । पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदैआएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको ब्यवसायीहरुको भनाई…

सुन आपूर्तिको कोटा बढाउन सुनचाँदी व्यवसायीको  सरकारलाई आग्रह
आर्थिक परिवेश

काठमाडौं। बजार मागअनुसार सुनको आपूर्तिको कोटा बढाउन सुनचाँदी व्यवसायी महासंघले सरकारलाई आग्रह गरेको छ।   मुलुकको विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले सुनचाँदीको आयात कोटा आधै घटाएको छ। बजारको आवश्यकता अनुसारको परिमाणमा कच्चा सुन आपूर्ति हुन नसक्दा व्यवसायीलाई मर्का परेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए। ‘नेपाल राष्ट्र बैंकले सुनको आयात कोटा घटाउँदा कारोबारमा असर परेको छ। बजारमा सुनको अभाव छ,’ उनले भने। उनका अनुसार माग अनुसार कच्चा सुन पाउन नसकेपछि देशभरका सुनचाँदी व्यवसायीले महासंघलाई ध्यानाकर्षण गराउँदै आपूर्ति व्यवस्था प्रभावकारी बनाउन आवश्यक पहल गर्न आग्रह गरिरहेका छन्। महासंघले पनि आपूर्ति बढाउन सम्बद्ध निकायसँग आवश्यक पहल गर्दै आएको उनले बताए। उनका अनुसार उपत्यका र बाहिरका सुनचाँदी व्यवसायी संघहरुले आपूर्ति बढाउन माग गर्दै ज्ञापनपत्र बुझाउन…

तीन महिनामा नेपालको व्यापार घाटा सवा चार खर्ब रुपैयाँ
आर्थिक परिवेश

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नेपालको व्यापार घाटा सवा चार खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को तीन महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकअनुसार असोजसम्मको कुल व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार रुपैयाँ पुगेको छ । जुन चालु आर्थिक वर्षको अघिल्लो (भदौ) महिनाको भन्दा एक खर्ब ४३ अर्ब रुपैयाँले धेरै हो । तीन महिनाको अवधिमा नेपालले ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँ बराबरको कुल अन्तर्राष्ट्रिय व्यापार गरेको थियो । जसमा ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपैयाँ बराबरको वस्तु आयात…