स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता सार्वजनिक स्वास्थ्य बीमा प्रभावकारी बनाइने
आर्थिक परिवेश

  २७ साउन काठमाडौँ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेलगत्तै प्रतिबद्धता जनाएको स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता सार्वजनिक गर्नुभएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले यथास्थिति नभै परिवर्तन गर्ने चाहनाले छलफल गरेर कार्यक्रम सार्वजनिक गरेको भन्दै श्रोत सुनिश्चितता समेत गरेर कार्यान्वयन गर्ने उद्देश्य राखिएको बताउनुभयो । मन्त्री पौडेलले सार्वजनिक गरेको कार्यक्रममा तीनै तहबीचको दोहोरोपन हटाएर एकीकृत प्रणालीमार्फत जनस्वास्थ्य सुधार अघि बढाइने घोषणा गर्नुभएको मन्त्री पौडेलले आफ्नो योजनामा अस्पतालको सेवा, स्वास्थ्य बीमा प्रभावकारी बनाउनेदेखि तीन तहको दोहोरोपन हटाउने अनि नागरिकको स्वास्थ्य सुधारसम्मका विषय समेटेका छन् । एकीकृत स्वास्थ्य प्रणाली संघीय अस्पतालहरूमा बेडभन्दा पनि सेवाका आधारमा वर्गीकरण…

भ्रष्टाचार गर्नेलाई कानुन बमोजिम कारबाही गर्न कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार गरिन्न : प्रधानमन्त्री
आर्थिक परिवेश

२२ साउन काठमाडौँ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण, ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकको औचित्य स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारप्रतिको आफ्नो शून्य सहनशीलता दोहोरयाउँदै आफूले भ्रष्टाचार नगर्ने र अरूलाई भ्रष्टाचार गर्न पनि नदिने पुरानै प्रतिबद्धताबाट पछि नहटेको जनाउनुभयो । “संविधानले विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने प्रबन्ध गरेको छ । यस यात्रामा भ्रष्टाचार तगारोका रुपमा रहेको हुन्छ, त्यसैले भ्रष्टाचारप्रतिको शून्य सहनशीलता सरकारको नीति हो, समृद्धिको आकाङ्क्षा…

बाढी तथा पहिराेमा परी जेठ २८ देखि साउन १३ सम्म १ सय ४३ जनाकाे मृत्यु
आर्थिक परिवेश

 १४ साउन,  काठमाडौँ  ।  मनसुनी विपद्मा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढी पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना रहेका छन् । मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो । अहिलेसम्म काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा…

विपदमा परेर जेठ २८ यता एक सय ३३ जनाको मृत्यु
आर्थिक परिवेश

०८ साउन,काठमाडौँ ।  मनसुनी वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परेर गत जेठ २८ गते यता एक सय ३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका छन् । प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ,…

आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य
आर्थिक परिवेश

१४ असार,काठमाडौँ । सरकारले घरजग्गा किनबेचका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने व्यवस्था गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको छ । माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य बमोजिम घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिनुभयो । मन्त्रालयले माघ १ देखि बैङ्किङ तथा वित्तीय सेवा, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेचसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।…