सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २३४ सडक र पुलका ठेक्का तोडिने
आर्थिक परिवेश

  ११ असाेज, काठमाडौँ । सम्झौता गरेर पनि वर्षौंसम्म निर्माण नगरिएका २३४ सडक र पुलहरूकाे का तोडिने भएका छन् । सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आज सम्बद्ध अधिकारीसँग छलफलपछि सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत ३८, काठमाडौँका ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपाडी लोकमार्गका १७ वटा ठेक्का रुग्ण छन् । आयोजनाका तर्फबाट गर्नुपर्ने काम नगरी ठेक्कालाई रुग्ण बनाउन संलग्न तत्कालीन एवं हालका जिम्मेवार…

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन
ऊर्जा मन्त्री पदभार ग्रहण

 भदौ ३० , काठमाडौँ ।  नवनियुक्त ऊर्जा तथा जनस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिनुभएको छ। सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो। “नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, । “डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिइएको छ, यो तत्काल गर्नुपर्ने काम हो।” मन्त्री घिसिङले पुनःनिर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने उल्लेख गर्नुभयो। आज शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि मन्त्री घिसिङ जेनजी प्रदर्शनका क्रममा घाइते भएकासँग भेटपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्न गर्नुभएको हो। उहाँले जेनजी प्रदर्शनका मागलाई सार्थक…

चितवनमा महिला उद्यमी मेला आयोजना हुने
आर्थिक परिवेश

 १७ भदाै  चितवन । ‘महिला उद्यमशीलता विकासमार्फत महिला सशक्तीकरण’ भन्ने मूल नाराका साथ चितवन उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमी मेला–२०८२’ आयोजना गर्ने भएको छ । महिलाले घर तथा उद्योगमा उत्पादित बस्तुको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्य सहित मेलाको आयोजना गर्न लागिएको हो । भदौ १९ देखि २३ गतेसम्म उद्योग वाणिज्य सङ्घको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा  मेला आयोजना गर्ने तयारी गरिएको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । कार्यक्रम संयोजक अस्मिता तिमल्सिना रिजालका अनुसार करिब ३० वटा स्टल रहने मेलामा हस्तकला, लघु घरेलु उत्पादन तथा कृषि क्षेत्रसँग सम्बन्धित वस्तुहरूको प्रदर्शनी गरिने छ । एकल महिला, दुर्गम क्षेत्रका महिला तथा स्टार्टअप उद्यमीलाई…

१०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि सम्झौता
आर्थिक परिवेश

  २८ साउन, काठमाडौँ ।   १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजना  निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएकाे छ । सम्झौता सँगै कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अगाडि बढ्ने भएको हाे । बोलपत्र प्रक्रियामा रहेको उल्झन तथा अनेकन विवादका कारण तोकिएको भन्दा  एक बर्ष ढिलाे  गरेर आयोजनाको प्रवद्र्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता लगत्तै अायाेजना निमार्णकाे लागि  मार्ग प्रशस्त भएको प्रवद्र्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो । उ हाँले जगदुल्ला हाइड्रोपावर र जेसीई÷एएनके जेभीबीच निर्माणसम्बन्धी सम्झौता भएको जानकारी…

गत आर्थिक वर्षमा नेपालले १७ अर्ब ४६ करोड रुपैयाँको विद्युत निर्यात गरयाे
आर्थिक परिवेश

२४ साउन   काठमाडौं ।     सरकारले वैदेशिक बजारमा विद्युत निर्यात बढाउने रणनीतिमा उल्लेखनीय सफलता पाएकाे छ । गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बंगलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत निर्यात गर्न सफल भएको हो । नेपाल विद्युत प्राधिकरणले आव २०८१/०८२ को अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको हो । निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रुपैयाँ नाघेको देखिन्छ । विद्युत व्यापारमा नेपाललाई प्राप्त भएको यो उपलब्धिले ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको उर्जा मन्त्री दिपक खड्काले बताए ।…