
गुन्द्रुकले सरकारी मान्यता स्वदेश तथा विदेशमा बिक्रीका लागि बाटो खुल्याे
आर्थिक परिवेशमकवानपुर । हेटौँडामा उत्पादन भएको गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेसँगै जिल्लाभित्र र बाहिरी शहरमा बिक्रीका लागि बाटो खुलेको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा–१२ घलेगाउँ स्थित कञ्चनजंगा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन थालेको अर्ग्यानिक गुन्द्रुकले प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो । लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौँडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञा पत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उपमहानगरको लगानीमा सञ्चालित तालिमबाट उद्यममा लागेका साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो । करिब चार महिना लामो परिक्षण र…

राष्ट्रिय हेमजा आलु महोत्सव सुरु, करिब १५ करोडको आलु बिक्री गर्ने लक्ष्य
आर्थिक परिवेश२५ चैत्र, हेम्जा, पाेखरा । पोखरामा आइतबारदेखि १२ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । “सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक” भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । उक्त अवसरमा बिष्णुपादुका क्लबको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ । महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताउनुभयो । उहाँले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिँदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको दाबी गर्नुभयो । प्रमुख आचार्यले महोत्सवले कृषिका धेरै क्षेत्र समेटेको उल्लेख गर्दै हेमजाको सिँचाइ व्यवस्थापनका लागि महानगरले संघ सरकारको समपूरक…

कृषिको विकासको लागि नीतिगत र बजेटगत रकम वृद्धि हुनु पर्छ सांसदहरू
आर्थिक परिवेश१२ चैत्र, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रमका सम्बन्धमा सोमवार मन्त्रालयमा सांसदहरुसंग छलफल गरेको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट तर्जुृमा गरिरहेको सन्र्दभमा मन्त्रालयले आगामी आर्थिक बर्षको बजेटमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेट तथा कार्यक्रमका वारेमा सांसदहरुसंग मन्त्रालयले छलफल गरेको हो । छलफलमा सांसदहरुले देशको अर्थतन्त्रको मुल आधार कृषि क्षेत्रको विकासका लागि सरकारले नयाँ नीति बनाउन आवश्यक भएको बताउनु भयो । उहाँहरुले कृषि क्षेत्रको विकासबाट मात्र मुलुकको आर्थिक विकास संभव भएकोले कृषिको रुपान्तरण गर्ने गरी आगामी बजेटको रकम बढाएर ५ प्रतिशतसम्म पु¥याउन सुझाव दिनु भयो । सांसदहरुले कृषि उत्पादनहरुको उचित बजारीकरण,सिचाइका…

अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने
आर्थिक परिवेश०२ चैत्र, काठमाडाैं । अर्थ मन्त्रालयले दुग्ध किसानलाई सरकारकाे तर्फबाट दिनु पर्ने बाँकी भुक्तानी तत्काल दिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले शुकवार राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । उक्त निर्देशन दिनुअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा गोविन्प्रसाद शर्मा र पशुपक्षी विकास सचिव डा रेवतीरमण पौडेलसँग छलफल गर्नुभएको थियो । आफ्नो उत्पादनको भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसान आन्दोलनरत छन् । किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडीसी) ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो । अर्थमन्त्री पुनका अनुसार कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिइन लागिएको हो । चालु आर्थिक वर्षमा रु ५१ अर्ब बजेट रहेको कृषि मन्त्रालयले हालसम्म कूल बजेटको ५४ प्रतिशत मात्र खर्च गरेको छ । मन्त्री पुनले बजेट समर्पणका लागि आजै पत्राचार गर्न कृषिमन्त्री र सचिवहरुलाई आग्रह गर्नुभएको छ । दुग्ध किसानका लागि अर्थमन्त्रीबाट स्पष्ट निर्देशन आएको र मन्त्रालयले क्रमशः दुग्ध किसानको बक्यौता भुक्तानी गर्दै जाने राजस्व सचिव डा घिमिरेले बताउनुभयो ।

विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले शुरू गरयाे जुम्लामा व्यवसायिक स्याउखेती
आर्थिक परिवेश२५ फागुन, जुम्ला । ‘विप्लव सी’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले पहिलाे पटक जुम्लामा व्यवसायिक सामुहिक स्याउखेती शुरू गरेकाे छ । देशका युवा वेराेजगार भएकाे र मुलुककाे अथर्तन्त्र कृषिकाे विकासबाट मात्र संभव छ भन्दै नेपाल कम्युनिष्ट पार्टीले कृषि अभियान अर्न्तगत सामुहिक खेति शुरू गरेकाे जनाएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ ले उर्वर तथा बाँझो जग्गामा १० हजार बिरुवा रोप्ने लक्ष्यसहित जुम्लामा स्याउका विरूवा राेप्ने कार्यकाे शुक्रवार शुरूवात गर्नु भएकाे छ । कृषि उत्पादनलाई प्राथमिकता दिने पार्टीको नीति अनुसार जुम्ला हिमा गाउँपालिका-६ हडुल्याम रहेको बाँझो जग्गामा बृहत् स्याउ खेती गर्न लागिएको हो । विप्लवको…