दूध किसानको रकम भुक्तानीमा आफूले कुनै सम्झौता नगर्ने : कृषि विकास मन्त्री अधिकारी
आर्थिक परिवेशकाठमाडौँ । कृषि तथा पशुपन्छी बिकास मन्त्री रामनाथ अधिकारीले दूध किसानको रकम भुक्तानीमा आफूले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । राष्ट्रिय दुग्ध बिकास बोर्डको समन्वयमा आज भएको दुग्ध व्यवसायी सहित सरोकारवालाको छलफलमा मन्त्री अधिकारीले किसानले उधारोमा दूध दिने डेरी तथा उद्योगीले नगदमा बिक्री गर्ने र सो रकम अन्यत्र लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्नुभयो । आफूले पद समालेदेखि दूध किसानको समस्या समाधान गर्नेतर्फ केन्द्रित भएको बताउँदै मन्त्री अधिकारीले दुग्ध बिकास संस्थान (डिडिसी) मार्फत किसानलाई बाँकी रकम भुक्तानी गर्ने प्रयासमा लागिरहेको बताउनुभयो । निजी डेरी तथा उद्योगीहरूलाई पनि किसानको रकम यथाशीघ्र भुक्तानी गर्न निर्देशन दिँदै मन्त्री अधिकारीले किसानको रकम भुक्तानीका लागि आफूले…
गण्डकी प्रदेशमा हालसम्म करिब ९७.५० प्रतिशत मात्र धान राेपाइ सम्पन्न
आर्थिक परिवेश२९ साउन, पोखरा । गण्डकी प्रदेशमा हालसम्म करिब ९७.५० प्रतिशत मात्र धान रोपाई भएको छ । यस बर्ष गण्डकी प्रदेशका दुई जिल्ला लमजुङ र म्याग्दीमा शतप्रतिशत सहित प्रदेशमा ९७.५० प्रतिशतले ९३ हजार ६ सय ५१ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा ४ लाख ७९ हजार ६ सय १७ हेक्टर क्षेत्रमा खेतियोग्य जमिन रहेकोमा बर्षे धान रोप्न योग्य क्षेत्रफल भने ९६ हजार ५३ हेक्टर मात्र जमिन रहेको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी विनोद शर्माले बताउनु भयो । गण्डकी प्रदेशका ११ जिल्ला मध्य हिमालपारिका दुई…
काेशी सरकारले अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजना गर्ने
आर्थिक परिवेश२८ साउन, विराटनगर । नेपाली चियाकाे स्वदेश तथा विदेशमा प्रर्वदन गर्न सहयाेग गर्ने उद्देश्यले काेशी प्रदेश सरकारले अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजना गर्ने भएकाे छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी पुसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजनाको तयारी भइरहेको बताउनु भएको छ । संसदीय पत्रकार मञ्च कोशी प्रदेशमा आबद्ध पत्रकारसँग आइतवार मुख्यमन्त्री कार्यालयमा भएको भेटघाटमा मुख्यमन्त्री कार्कीले सम्मेलनले निर्यात बढाउन र आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले विसं २०८२ लाई पर्यटन वर्षका रुपमा मनाउने सरकारको योजनालाई मूर्तरुप दिन अहिलेदेखि नै आवश्यक तयारी भइरहेको पनि जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “कोशी प्रदेश सरकार विस्तार गर्ने…
बाजुरामा स्याउ उत्पादन बढे पनि ढुवानीकाे समस्याले किसान चिन्तित
आर्थिक परिवेश२० साउन , बाजुरा । बाजुरा जिल्लामा उत्पादित स्याउ यो बर्ष पनि स्याउ ढुवानी गर्न समस्या हुने भएको छ। बर्षाको समयमा सधैँजसो अवरुद्ध भइरहने मार्तडी कोल्टी सडक खण्ड यो बर्ष पनि ठाउँ/ठाउँमा पहिरोका कारण एक महिनादेखि अवरुद्ध रहेकाे छ। बाटो अवरुद्ध हुँदा बारीमा लटरम्म स्याउ फलेर पाक्न थालिसक्दा समेत बाटो नहुँदा ढुवानी गरी बजारसम्म पुर्याउन किसानलाई समस्या हुने भएको हाे । कि स्याउ पाक्ने समयमा यस बर्ष पनि सडक अवरुद्ध हुँदा ढुवानी रोकिएपछि किसानहरू स्याउ बारीमा नै कुहिने हो की भन्ने ख चिन्तामा छन् । बाजुरामा यो बर्ष पनि अत्यधिक मात्रामा स्याउ उत्पादनमा वृद्धि भए पनि पाकेका स्याउ बजारसम्म पुर्याउनु…
पनौतीमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा आलुको ‘ब्राण्डिङ’
आर्थिक परिवेश१९ साउन काभ्रेपलाञ्चोक । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएको छ । आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका–३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो । ‘आलु सुपरजोन’ का रूपमा जिल्लाको चिनारी बनाउन तथा यहाँको आलुको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने ध्येयले प्याकेजिङ सुरु गरिएको जनाइएको छ । प्रारम्भिक चरणमा हाल दुई किलो, तीन किलो र पाँच किलो तौलमा आलुको प्याकेजिङ हुने गरी ब्राण्डिङ सुरु गरिएको खाद्यान्न तथा बीउ आलु, अलैंची, फलफूल नर्सरी उद्योगका सञ्चालक राजेन्द्र थापाले बताउनुभयाे । उहाँका अनुसार स्थानीयस्तरमा उत्पादित आलुको ब्रान्डिङसहित बजारीकरण थालिएको हो । भण्डारणका लागि प्रधानमन्त्री कृषि…