अर्थमन्त्री पुनद्वारा वीरगन्ज भन्सारको निरीक्षण चाेरी पैठारी नियन्त्रणमा जाेड
आर्थिक परिवेश२५ चैत,वीरगन्ज । अर्थमन्त्री वर्षमान पुन अर्थमन्त्री नियुक्त भएको एक महिना पछि पहिलो भन्सारकाे विरगंज भन्सारबाट शुरू गर्नु भएकाे छ । निरीक्षणपछि भन्सार कार्यालयमा मन्त्री पुनले राजश्व चुहावट नियन्त्रण समितिको बैठक राखेर छलपफल गर्नु भयाे । बैठकमा अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला, आन्तरिक राजश्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेल, वीरगन्ज भन्सारका प्रमुख डिलाराम पन्थी, बारा, पर्सा र रौतहटका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी र सशस्त्र प्रहरी प्रमुखलगायत सहभागी हुनु भयाे । मन्त्री पुनले चोरी पैठारी नियन्त्रण गरी राजश्व चुहावट नियन्त्रण गर्न सम्वद्ध अधिकारीलाई निर्देशन दिदैं चौरी पैठारी नियन्त्रण गर्दा राम्रा र वैध बाटोबाट काम…
सुनकाे मुुल्य ताेलामा एक हजार तीन सय रूपैयाले घट्याे
आर्थिक परिवेश२३ चैत्र, काठमाडौँ। स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य शुक्रवार प्रतितोला एक हजार तीन सय रूपैयाले ओरालो लागेको छ । केही समय देखि लगातार बढने क्रममा रहेकाे सुनको मूल्यमा शुक्रवार भने घटेर काराेवार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यस दिन छाप भएकाे सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार सात सय रूपैयामा काराेवार भएकाे छ । बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन पनि तोलामा एक हजार तीन सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला एक लाख ३३ हजार तीन सय ५० रूपैयामा कारोबार भएको तेजाबी सुन आजका…
सरकारले नेपाली पुँजीलाई पलायन हुन नदिने गरी काम गर्छ : उद्योग मन्त्री
आर्थिक परिवेश२३ चैत्र, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पुँजीलाई पलायन हुन नदिने बताउनुभएको छ । दोलखाको जिरीमा दोस्रो जिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले आगामी लगानी सम्मेलनमा पहिलो प्राथमिकता स्वदेशी लगानीकर्तालाई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको पुँजीलाई पलायन हुन दिँदैनौँ, पूँजी पलायन हुने खतरा बढेको छ, लगानीको पहिलो प्राथमिकता हामी स्वदेशी लगानीकर्तालाई दिँदै छौँ, बाह्य लगानीकर्तालाई पनि हामीले आह्वान गरेका छौँ, बाह्य पुँजीलाई पनि हामी नेपालमा भित्र्याउन चाहन्छौँ ।” मन्त्री भण्डारीले सरकार लगानी सम्मेलनको तीव्र तयारीमा जुटेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनाउन विद्यमान कानुन निर्माण र संशोधन…
सुनकाे मुल्य उकालाे चढ्दाे क्रममा, ताेलाकै १ लाख ३२ हजार नजिक
आर्थिक परिवेश१९ चैत्र, काठमाडौं । पछिल्लाे समय नेपाली बजारमा सुनकाे मुल्य निरन्तर रूपमा बढदै गएकाे छ । बढ्ने क्रममा साेमवार एकै दिन नेपाली बजारमा पहेँलो बहुमुल्य धातु सुनको मूल्य प्रतितोला एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छाप भएकाे सुन आइतबार एक लाख ३० हजारमा कारोबार भएकाेमा साेमवार भने प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयामा काराेवार भएकाे छ । यस्तै, यस दिन तेजाबी सुन भने अाइतवार एक लाख २९ हजार चार सयमा कारोबार भएकाेमा साेमवार भने एक लाख ३० हजार नौ सय ५० रूपैया प्रतिताेलामा कारोबार भएको छ । यस्तै, यस दिन चाँदीको…
सुनको मूल्यमा नयाँ रेकर्ड एक लाख ३० हजार पुग्याे
आर्थिक परिवेश१६ चैत्र, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य शुक्रवार अहिले सम्म कै उच्च दर कायम भएकाे छ । यस दिन सुन प्रतितोला दुई हजार एक सयले वढेर काराेवार भएकाे छ । केही दिनदेखि लगातार उकालो लागेको सुनको मूल्य शुक्रवार उच्च रकमले बढेकाे हाे । बिहीबार प्रतितोला एक लाख २७ हजार नौ सयमा कारोबार भएको छाप भएकाे सुन शुक्रवार प्रतिताेला एक लाख ३० हजार रूपैयामा काराेवार भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन शुक्रवार एक लाख २९ हजार चार सय निर्धारण गरि काराेवार भएकाे छ । यस दिन…