सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलाग्ने
आर्थिक परिवेश३० जेठ , काठमाण्डौं । सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर नलगाउने भएको छ । बजेट बक्तब्यमा १० लाख माथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भनिएको थियो । सरकारले गरेको उक्त घोषणाको सुनचाँदी ब्यवसायीले चरणवद्ध रुपमा विरोध गर्दै आएका थिए । उनीहरुले मंगलबार सिंहदरवारमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटगरी सो कर फिर्ता गर्न माग गरेका थिए । भेटका क्रममा अर्थमन्त्री डा. महतले सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको बताउनुभयो । सुनका गरगहना हुने खाने देखि हुँदा आमनेपाली सम्मले प्रयोग गर्ने भएकोले यस्ता गरगहनामा थप विलासिता कर लगाउने सरकारको नीति नभएको प्रष्ट पार्नुभएको नेपाल…
१० महिनामा २५ अर्ब ८६ करोड ४८ लाख बराबरको नेपाली उत्पादन निर्यात
आर्थिक परिवेश२० जेठ,वीरगञ्ज । वीरगञ्ज आइसिपी भन्सार नाका हुँदै चालु आर्थिक वर्ष २०७९/०८० को १० महिनामा २५ अर्ब ८६ करोड ४८ लाख मूल्य बराबरका नेपाली उत्पादन निर्यात भएको छ । वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकमा नेपाली उत्पादन तथा जडीबुटी निकासी भएको वीरगञ्ज आइसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । उक्त नाका हुँदै २ अर्ब ८६ करोड ८४ लाख मूल्य बराबरको प्रशोधित भटमासको तेल, ४८ करोड १२ लाख मूल्य बराबरको पाम आयल भारत निर्यात भएको छ । त्यसैगरी ७४ करोड ९४ लाख मूल्य बराबरको डाबर नेपालले उत्पादन गरेको जुस भारत…
भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्म कार्गो रेल सेवा
आर्थिक परिवेश१८ जेठ, विराटनगर । भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्म कार्गो रेल सेवा सञ्चालनमा आएको छ । बिहिवार दिउँसो ध्वजा पताकाले सिँगारिएको कार्गो रेल विराटनगर आइपुगेको हो । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट हरियो झण्डा देखाएर उद्घाटन गरेसँगै बथनाहाबाट छुटेको रेल विराटनगर आइपुगेको हो । बथानाहादेखि विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीस्थित कष्टम यार्ड सम्मको आठ किलोमिटर रेलमार्गमा कार्गो रेल सेवा सुचारु भएको हो । बथनाहादेखि विराटनगर हुँदै कटहरीको महेसपुरसम्म १८ किलोमिटर लामो रेलमार्ग निमार्ण गर्ने लक्ष्य रहे पनि मुआब्जा विषयमा आएको विवादका कारण अहिले आठ किलोमिटर रेलमार्गमा सेवा सञ्चालन भएको हो । विराटनगर…
नेपाल र भारतबीच दुई महत्वपूर्ण पाइप लाइन सहित ७ बुँदे सहमति
आर्थिक परिवेश१८ जेठ, नयाँदिल्ली,भारत । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई महत्वपूर्ण पाइप लाइन निर्माणमा सहमति भएको छ । त्यसका लागि भारतले झण्डै रु १७ अर्ब बराबरको सहयोग उपलब्ध गराउने भएको छ । त्यसबाट दुई वटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारण स्थल निर्माण हुने भएको छ । भण्डारण स्थल भने नेपालले आफ्नै खर्चमा निर्माण गर्नुपर्नेछ । पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि भारतको सिलिगुडीदेखि झापासम्म र बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यस्तै झापामा भण्डारण स्थल…
सुनको मूल्यले नयाँ रेकर्ड प्रतिताेला १ हजार ५ सयले बढयाे
आर्थिक परिवेश१७ जेठ,काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड निर्माण गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौसय ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधवार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार यस दिन चाँदी २० रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार…