चेम्बर एक्स्पो २०२४ आयोजना हुने, तयारी अन्तीम चरणमा
आर्थिक परिवेश२० फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” यही फागुन २४ देखि २८ गते सम्म हुने भएकाे छ । काठमाडौंको भृकुटीमण्डपमा स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो हुन लागेको हो । एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । घर–जग्गा व्यवसाय, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहने छन् । कृषि, हस्तकला लगायत स्थानीय स्तरमा उत्पादित बस्तुहरुको बजार प्रर्वद्धन एवं साना व्यवसायीहरुको आर्थिक…
वीरगञ्ज आईसिपीबाट ७ महिनामा १४ अर्ब ९० करोडकाे धान चामल र मकै भित्रियाे
आर्थिक परिवेश१० फागुन,वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्जको आईसिपी भन्सार हुँदै चालु आर्थिक वर्षको ७ महिनामा १४ अर्ब ८९ करोड ६१ लाख ८१ हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न भित्रिएको छ । वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म ४ अर्ब ९ करोड ५८ लाख ५८ हजार मूल्य बराबरको धान भित्रिएको छ भने १ अर्ब ५ करोड ९१ लाख ४० हजार मूल्य बराबरको चामल भित्रिएको छ । त्यसैगरी आईसिपी भन्सार नाकाबाट ४ अर्ब ९० करोड ५८ लाख ५८ हजार मूल्य बराबरको मकै भित्रिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । यसैगरी वीरगञ्ज नाकाबाट…
माघमा आयात निर्यात दुवै घट्याे, व्यापार घाटा ८ खर्ब माथि
आर्थिक परिवेश०९ फागुन, काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा माघ महिनामा पनि सुधार हुन सकेन् । यस अवधीमा वस्तु तथा सेवाको आयात तथा निर्यात दुवैमा गिरावट यथावत नै रहेकाे छ । यस अवधीमा आयात घट्दा पनि सरकारले प्राप्त गर्ने राजश्वमा भने वृद्धि भएको छ । भन्सार विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कले समीक्षा अवधिमा नेपालको कुल आयात २१ अर्ब २२ करोड १४ लाख रुपैयाँले घटेको छ । आठ महिनाको अवधिमा नेपालको कुल आयात ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ छ । गत आवको ७ महिनासम्म ९ खर्ब १९ अर्ब १६ करोड ५३…
दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् किनबेच सम्झौता पिपिए खुल्ला
आर्थिक परिवेश०२ फागुन,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुल्ला गर्ने निर्णय गरेको छ । गत माघ २४ मा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत् आयोजनासँग पिपिए खुलाउने निर्णय गरेको हो । दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘लेउ या तिर’ (टेक अर पे) प्रावधानका आधारमा खरिद गरिने प्राधिकरणले जनाएको छ । आयोजनाको विद्युत् सुक्खायाम (मङ्सिर १५ देखि जेठ १५ सम्म) आठ रुपैयाँ ४० पैसा र वर्षायाम (जेठ १६ देखि मङ्सिर १५ सम्म) का लागि चार रुपैयाँ ८० पैसामा खरिद गरिनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान…
नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता टिफामा हस्ताक्षर
आर्थिक परिवेश२६ माघ, काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता टिफा भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा अस्ट्रेलियाकाे पर्थमा उक्त सम्झौता भएको हो । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गर्नु भएकाे छ । अस्ट्रेलिया भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानाएकाे छ । हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीहरुले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्याउन सम्झौता महत्वपूर्ण हुने धारणा राख्नु भएकाे थियाे । सम्झौतामा हस्ताक्षर गरेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अस्ट्रेलिया र नेपालबीचको…