नेपालकाे विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढ्याे
आर्थिक परिवेश२७ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनाकाे अवधीमा नेपालकाे विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतवार प्रकाशित गरेकाे मुलुककाे आर्थिक समीक्षा प्रतिवेेदन अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा आउँदा १९.९ प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको जनाइएको छ । गत असारमा अमेरिकी डलरमा ११ अर्ब ७१ करोड रहेकोमा माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५…
याे साता सुनकाे मुल्यले नयाँ रेकर्ड निर्माण ६ हजार ८ सयले बढ्याे
आर्थिक परिवेश२६ फागुन काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मुल्यले हरेक दिनजसो नयाँ रेकर्ड बनाउदै गएको छ । साताको मंगलबारदेखि सुनको भाउ नयाँ उचाइमा पुगेको हो । बढने क्रममा बिहीबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँको उच्च विन्दु सम्ममा पुगेको छ । गत साताको बिहीबारयता सुनको भाउ निरन्तर बढिरहेको छ । यस अवधिमा सुन तोलामा ६ हजार ८०० रुपैयाँले महंगिएको छ । फागुन १७ गते, सुनको भाउ बढेर प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । जुन शुक्रवार सम्म लगातार बढेर एक लाख २५ हजार रुपैयाँमा किनबेच भएको छ । विश्व बजारमा…
सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्छ उपप्रधानमन्त्री
आर्थिक परिवेश२६ फागुन,काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताउनुभएको छ । नेपाल तयारी पोशाक उद्योग सङ्घको २९औँ वार्षिक साधारणसभामा उहाँले निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकार र निजी क्षेत्रका बीच सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री महासेठले मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनले बजार नपाउनाको कारण खोजेर समाधान गर्नुपर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्नेमा…
काठमाडौंको भृकुटीमण्डपमा चेम्बर एक्स्पो शुरु
आर्थिक परिवेश२४ फागुन,काठमाडौं । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयाेग गर्ने गरी सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” काठमाडौंको भृकुटीमण्डपमा बिहिवारबाट शुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो व्यापार मेलाकाे नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभयो । एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिएको छ । मेलामा घर–जग्गा, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहेका छन । एक्स्पोलाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले…
सुनको मुल्यले नयाँ रकर्ड बनायो एकै दिन तोलामा २ हजारले वृद्धि
आर्थिक परिवेश२२ फागुन, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च भएको छ । मंगलबार सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोवार भएको छ । यस अघि मंगलवार विहान नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको सो मुल्य तोकेको थियो । मंगलवारको कारोवार मुल्य अहिलेसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँले बढी हो । सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता मूल्य केही घटेर फागुन ३ गते १ लाख १६ हजार ५ सय रुपैयाँमा झरेको थियो…