सुनकाे मुल्य उच्च रकमले बढ्याे
आर्थिक परिवेश०८ भदौ, काठमाण्डौ । आइतवार नेपाली बजारमा सुनको मुल्य उच्च रकमले बढेको छ । आइतवार नेपाली बजारमा सुनको मुल्य तोलमा दुई हजार ३०० र चाँदीमा ४० रुपैयाले बढेको छ । यस दिन सुन तोलाको एक लाख ९७ हजार ५०० रुपैयामा निर्धारण भइ कारोवार भएको छ । यस दिन चाँदी दुई हजार ३५० मा किनबेच भयो । शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २०० रुपैयामा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३१० मा किनबेच भएको थियो । गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको चालु खाता चार खर्ब नौ अर्ब २० करोडले बचतमा रहेको देखिएको छ…
युराेमनी पुरस्कारबाट नबिल बैक पुरस्कृत
आर्थिक परिवेश०५ भदाै, काठमाडौं । नेपालको अग्रणी बैंक नबिल बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ पुरस्कारबाट पुरस्कृत भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हाे । नबिलले वार्षिक रुपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको बैंकिङ सेवा, प्रविधिको प्रयोग, दिगोपना क्षेत्रमा गरेको पहल लगायतका आधारमा उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ । यो अवार्डलाई बैंकिङ क्षेत्रको मापदण्ड र अन्तर्राष्ट्रिय मान्यता र विश्वसनीयताको आधारका रुपमा पनि लिइन्छ । नबिल बैंकले विगत पाँच वर्षदेखि…
सञ्चय कोषले सञ्चयकर्ताका लागि ब्याजदमा परिवर्तन
आर्थिक परिवेश३२ असार, काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका लागि ब्याजदर परिवर्तन गरेको छ । कोषले सञ्चयकर्तालाई सञ्चय कोष रकम र निवृत्तिभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ प्रतिशत निर्धारण गरेको हो । कोषले सञ्चयकर्तालाइ दिने ब्याजदर सहति सापटीमा लिने ब्याजदर पनि परिवर्तन गरेको छ । उसले लिने ब्याजदरमध्ये विशेष सापटीमा ६.२५ प्रतिशत, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.२५ प्रतिशत र जग्गा खरिद सापटी तथा सरल सापटीमा ७.५० प्रतिशत निर्धारण गरेको जनाएको छ । कोष सञ्चालक समितिले १ साउनदेखि लागु हुने गरी निर्णय गरेको हो । कोषले विशेष सापटी बाहेक धितोमा आधारित सापटीको ब्याज नियमित चुक्ता गर्ने…
नेपाल बीमा प्राधिकरणको अध्यक्षको रूपमा सेवन्तक पोखरेलकाे सपथ
आर्थिक परिवेश३१ असार, काठमाडाै । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिनु भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले सपथ लिनु भएको हो । हिजोको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो । नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । छानबिन समिति गठन भएपछि ओझा स्वत: निलम्बन हुनु भएको थियो…
नेपाल बीमा प्राधिकरणकाे नीति तथा कार्यक्रम सार्वजनिक
आर्थिक परिवेश२४ असार, काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम मंगलवार सार्वजनिक गरेकाे छ । नेपाली बीमा क्षेत्रकाे नियमनकारी निकायकाे रूपमा पहिलाेपटक बीमा प्नाधिकरणले नीति तथा कार्यक्म ल्याएकाे हाे । मंगलवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणाका अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भयाे । नीति तथा कार्यक्रम सार्वजिनक गर्नुहुँदै अध्यक्ष ओझाले नीति तथा कार्यक्रम बमोजिम प्राधिकरणले आगामी आर्थिक वर्षका कार्यक्रम र बजेट तर्जुमा गरी कार्यान्वयन गर्ने बताउनुभयो । बीमा क्षेत्रलाई प्रक्षेपित रूपमा अगाडि बढाउन वार्षिक बीमा नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्नुहुँदै अध्यक्ष ओझाले…