नेपाल बैंकर्स संघको अध्यक्षमा एकल  उम्मेदवारी सन्तोष कोइराला बन्ने पक्का
आर्थिक परिवेश

१ पुस, काठमाडौं ।   वाणिज्य बैंकका सीईओहरूको संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइरालाकाे एकल  उम्मेदवारी परेकाे छ । कोइरालाकाे एकल  उम्मेदवारी परेकाेले नेपाल बैंकर्स संघको अध्यक्षमा उहाँ  निर्विरोध चयन हुनुहुने भएकाे हाे । अध्यक्षमा निर्वाचित कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । संघको नयाँ कार्यसमितिका लागि उम्मेदवार दिने म्याद सोमबारसम्म रहेकोमा अध्यक्षमा कोइरालाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध अध्यक्ष चयन हुनु हुने भएकाे हाे । प्रभु बैंकका सीईओ अशोक शेरचनले अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उहाँले आफ्नो उम्मेदवारी  फिर्ता लिएसँगै कोइराला संघको अध्यक्षमा सर्वसम्मत चयन हुने अवस्था बनेकाे संघका सीईओ अनिल शर्माले जानकारी दिनु भयाे । संघको उपाध्यक्षमा…

बीमा प्राधिकरणकाे अध्यक्षमा सहसचिव दाहाल
आर्थिक परिवेश

काठमाडौँ। सरकारले नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रूपमा कामकाज गर्न खटाएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा पर्नुभएको छ । बीमा क्षेत्रको नियामक निकाय प्राधिकरणको अध्यक्ष नै निलम्बनमा परेपछि अर्थमन्त्रालयले सहसचिव दाहाललाई अर्को व्यवस्था नहुँदासम्म कामकाज गर्ने गरी खटाएको हो । बीमा ऐन, २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहनुभएका दहाल बीमा प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्नेगरी तोकिनुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

नबिलले शेयर धनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने
आर्थिक परिवेश

२७ मंसिर,काठमाडौं ।  नबिल बैंक लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट शेयर धनीहरलाई १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४० औँ वार्षिक साधारणसभाले शेयरधनीको लागि नगद लाभांश पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आर्थिक वर्ष २०८०÷८१ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । समीक्षा वर्ष २०८०÷८१ मा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप दायित्वमा ६६ अर्ब १० करोड रुपैयाँ अर्थात्…

 चार दिनमा सुनको भाउ तोलामा ४ हजार ५ सयले बढ्याे
आर्थिक परिवेश

२७ मंसिर, काठमाडौं ।     नेपाली बजारमा पछिल्लाे चार दिनमा सुनको भाउ तोलामा ४ हजार ५ सय रुपैयाँले बढेको छ । अघिल्लो दिनको तुलनामा भने बिहीबार मूल्य स्थिर हो । बिहिवार सुन  प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा काराृवार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे  छ । आइतबार सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको पुगेकाे थियाे   । चाँदीको भाउ पनि  बिहिवार स्थिर भयाे । बिहिवारचाँदी प्रतितोला १९२५ रुपैयाँमा  कारोबार भएको छ ।

राष्ट्रिय बाणिज्य बैँक अग्रणी बैँक बन्नुपर्छ : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश

१६ मंसिर,काठमाडौ ।    उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैँकलाई एक नम्बर बैँक बनाउनेगरी कार्य गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशीक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिबार उद्घाटन गर्नुहुँदै अर्थ मन्त्री पौडेलले वदलिँदो समयसंगै राष्ट्रिय वाणिज्य बैक रुपान्तरीत भै अग्रणी बैँक बन्नु पर्नेमा जोड दिनु भयोे । उहाँले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैँकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्नेगरी कार्य गर्न बैँक व्यवस्थापनलाई अनुरोध गर्नुभयो । सेवा विस्तारमा सक्रियताका साथ लागेको बाणिज्य बैँकले सेवा सुधारका विषयमा पनि आफुलाई केन्द्रीत गरेर सेवाग्राहीको…