निर्यात अनुुदान बन्द नगर्न सरकार समक्ष चेम्बरकाे आग्रह
आर्थिक परिवेशअसोज २४ , काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्यात अनुुदान बन्द नगर्न सरकार समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमिति टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हासमक्ष सिंहदरवारमा आज भेटवार्ता गर्दैे निर्यातमा दिईदै आएको सहुलियत अनुदान बन्द नगर्न आग्रह गरेको हो । आन्तरिक उत्पादनहरुको निर्यात क्षमता प्रतिस्पर्धी बन्न नसकेको, उत्पादन लागत उच्च भएको बेलामा सरकारको पछिल्लो निर्णयले निर्यात निरुत्साहित हुने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्नेगरी नीतिगत सहजता गर्न चेम्बरले उद्योगमन्त्री सिन्हासमक्ष आग्रह समेत गरेको छ । वर्तमान परिस्थितीमा औद्योगिक…
सुरक्षाको खतरा बढेको भन्दै ऊर्जा उत्पादकहरुले गृह र ऊर्जा तथा जलस्रोत मन्त्री गुहारे
आर्थिक परिवेश१२ असोज काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पछिल्लो समयमा जलविद्युत् आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृह र ऊर्जा तथा जलस्रोत मन्त्री गुहारेको छ । आज दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरुमा सरकारको नीति र कानून विपरीत १० प्रतिशत निःशुल्क सेयर माग्ने तथा ती आयोजनाहरुमा अवरोध गर्ने कार्यहरु बढेकाले सरकारसँग सुरक्षा माग गर्नुपरेको उल्लेख गरेका छन् । उक्त पत्रमा नेपालको आर्थिक समृद्धिका लागि प्रमुख र महत्वपूर्ण क्षेत्रको रुपमा रहेको ऊर्जा क्षेत्रको आवश्यकता र महत्वलाई हृदयगम गरी लगानीकर्ताहरुलाई ढुक्क भई लगानीको वातावरण निर्माण गर्न आग्रह गरिएको…
सरकारले २० वटा आयोजनाहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण
आर्थिक परिवेश१२ असाेज काठमाडौं । सरकारले औद्योगिक विकास, यातायात पूर्वाधार र केबलकार क्षेत्रका २० वटा आयोजनाहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै यी आयोजनाको सूची सार्वजनिक गरेको छ। त्यसताे सूचीमा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालित केबलकार आयोजना समावेश छन् । मुख्य प्राथमिकता प्राप्त आयोजनामा औद्योगिक ग्राम अन्तरगत बराहक्षेत्र औद्योगिक ग्राम, सुनसरी, जोरायल औद्योगिक ग्राम, डोटी रहेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतका आयोजनामा दमक औद्योगिक क्षेत्र, झापा, मयुरधाप औद्योगिक क्षेत्र, मकवानपुर, शक्तिखोर औद्योगिक क्षेत्र, चितवन, लक्ष्मीपुर औद्योगिक…
सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २३४ सडक र पुलका ठेक्का तोडिने
आर्थिक परिवेश११ असाेज, काठमाडौँ । सम्झौता गरेर पनि वर्षौंसम्म निर्माण नगरिएका २३४ सडक र पुलहरूकाे का तोडिने भएका छन् । सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आज सम्बद्ध अधिकारीसँग छलफलपछि सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत ३८, काठमाडौँका ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपाडी लोकमार्गका १७ वटा ठेक्का रुग्ण छन् । आयोजनाका तर्फबाट गर्नुपर्ने काम नगरी ठेक्कालाई रुग्ण बनाउन संलग्न तत्कालीन एवं हालका जिम्मेवार…
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन
ऊर्जा मन्त्री पदभार ग्रहणभदौ ३० , काठमाडौँ । नवनियुक्त ऊर्जा तथा जनस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिनुभएको छ। सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो। “नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, । “डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिइएको छ, यो तत्काल गर्नुपर्ने काम हो।” मन्त्री घिसिङले पुनःनिर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने उल्लेख गर्नुभयो। आज शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि मन्त्री घिसिङ जेनजी प्रदर्शनका क्रममा घाइते भएकासँग भेटपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्न गर्नुभएको हो। उहाँले जेनजी प्रदर्शनका मागलाई सार्थक…