एमसीसी आयाेजना अर्न्तगत २ सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान
आर्थिक परिवेश१२ मसिर काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले दुई सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनका लागि गत वर्ष आह्वान भएका सबै बोलपत्र रद्द गरिएको थियो । एमसीए–नेपालले २०८० असोज २६ गते एक सूचना जारी गर्दै विद्युत् प्रसारणलाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो । यसमा चरण (लट–१० को लप्सीफेदी–रातामाटे–न्यु हेटौडा, दोस्रो चरण लट–२) को रातामाटे–न्यू दमौली, र तेस्रो चरण (लट–३) को न्यु दमौली– न्यु बुटवलसम्मको प्रसारणलाइन निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द भएको उल्लेख…
११ महिना पछि धितोपत्र बोर्डले अध्यक्ष पायाे
आर्थिक परिवेश१० मंसिर, काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेकाे छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सन्तोषनारायण श्रेष्ठलाइ अध्यक्षमा नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता पृथिवि सुब्बा गुरुडले जानकारी दिनु भयाे । यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका उनी व्यावसायिक पृष्ठभूमिका हुन् । उनले एमबीएसम्मको अध्ययन गरेका छन् । धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन रहँदै आएको थियो । पूर्वअध्यक्ष रमेश हमालले कार्यकाल पूरा गरेसँगै गत वर्ष पुस २१ देखि बोर्ड अध्यक्ष पद खाली थियो। ११ महिनापछि सरकारले बल्ल रिक्त पदपूर्ति गरेको हो। पहिले नै रिक्त पदपूर्ति गर्न खोजे पनि नियुक्ति प्रक्रिया गिजोलिन पुगेको थियो। छनोटमा परेकामध्ये…
एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना बन्रे
आर्थिक परिवेश०८मंसिर, काठमाडौँ। मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । गत महिना चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको थियो । सम्झौताअनुसार एक्जीम बैंकले एक अर्ब २४ करोड २५ लाख चिनियाँ युआनअर्थात् १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण लगानी गर्नेछ । बाँकी ऋण रकम अन्य स्रोतबाट जुटाइएको छ । आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर रहेको छ ।…
कर सप्ताह : झापाका सर्वोत्कृष्ट करदातालाई सम्मान
आर्थिक परिवेश०७ मसिर झापा । आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले आफ्नो सेवा क्षेत्रभित्रका सर्वोत्कृष्ट करदाता लाई सम्मान गर्दै यस वर्षको कर सप्ताह समापन गरेको छ । आज कार्यालय परिसरमा आयोजित राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम २०८१ समापन समारोहका बीच कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी कर दाखिला गर्ने चार जना करदातालाई सम्मान गरेको हो । कार्यालयको सेवा क्षेत्र माई पूर्व झापाका एक, इलामका एक, पाँचथरका एक र ताप्लेजुङका एक प्रतिष्ठानलाई सम्मान गरिएको समारोहका अध्यक्ष प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिनुभयो । समारोहमा झापाको बिर्तामोड ३ मा रहेको मेची दृष्टि आई हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि, इलामको फिक्कल उत्तम…
राष्ट्रिय वाणिज्य बैंकको व्यवस्थापनमा उर्जा दक्षता अनुदान कार्यक्रम शुरु
आर्थिक परिवेश०६ मंसिर,काठमाडौं । नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम नेपालमा दिगो ऊर्जा मार्फत पुर्नप्राप्ति एवं सशक्तिकरण कार्यक्रम अन्तर्गत बिहिवारदेखि नेपालमा शुरू भएकाे छ । उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवद्र्धनका निमित्त अनुदान योजना प्रारम्भ भएको हाे । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड व्यवस्थापक रहेको यस अनुदान योजनाको प्रमुख उद्देश्य, उद्योग तथा व्यवसायहरूलाई ऊर्जा दक्षताका उपायहरु अवलम्बन गर्न प्रोत्साहन गर्नु हो । यस पहलको प्रमुख उद्देश्य उद्योग तथा व्यवसायहरुमा ऊर्जाको दक्ष उपयोग वाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढावा दिनुको साथमा कार्वन उत्सर्जन घटाउनु समेत हो । यस पहल अन्तर्गत ऊर्जा परिक्षकवाट सिफारिस भएका ऊर्जा दक्षताका उपायहरु कार्यान्वयनमा प्रोत्साहन…