काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजनाकाे धेद्रे सुरुङ छिचोलियाे
आर्थिक परिवेश११ जेठ, काठमाडौँ । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत रहेको सुरुङमार्ग शुक्रवार छिचोलिएको छ । नेपाली सेनाको व्यवस्थापनमा द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ हजार ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको नेपाली सेनाले जनाएको छ । यसैगरी यही जेठ ०४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो । आजको कार्यक्रम रक्षामन्त्री हरि प्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षासचिव किरण राज शर्मा, रथीवृन्द लगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैर सैनिक…
सुनको मुल्य तोलामा एक हजार छ सयले वृद्धि ताेलाकाे एक लाख ४१ हजार नजिक
आर्थिक परिवेश०६ जेठ काठमाडौं । नेपाली बजारमा आइतवार सुनको मुल्य तोलामा एक हजार छ सयले वृद्धि भै नयाँ रेकर्ड निर्माण भएको छ । आइतवार सुन प्रतितिोला एक लाख ४० हजार नौ सय रुपैया निर्धारण भै कारोवार भएको छ । शुक्रबार सुन तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएको थियो । त्स्तै तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकोमा आइतवार भने प्रतितोला एक लाख ४० हजार दुई सय रुपैयामा कारोवार भएको छ । यसु दिन चाँदीको मूल्य पनि आज तोलामा एक सय १० रुपैयाले वृद्धि भै तोलाको एक हजार नौ सय १० रुपैयामा…
चेम्बरले वार्षिक निर्यात क्षमता १० खर्व रुपैया बराबर पुरयाउने गरी योजना अघि सारयाे
आर्थिक परिवेश०६ जेठ काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्व रुपैया पुरयाउने गरी योजना तर्जुमा गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेतृत्वको नया कार्यसमितिले आगामी ३ वर्षमा व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रर्वद्धन कार्ययोजना तयार गरेको हो । तुलनात्मक लाभ भएका कृषि, जलश्रोत, पर्यटन, तथा सूचनाप्रविधि क्षेत्रमा स्वदेशीसंगै विदेशी लगानी आर्कषित गरी उत्पादनदेखि बजारीकरणसम्म सहजीकरण गरिने चेम्बरले उल्लेख गरेको छ । रणनीतिक सुधार योजना, राजश्वमा नीतिगत सुधार, वित्तीय व्यवस्थापन र कृषिको उत्पादन वृद्धि एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि चेम्बरले ४९ बुँदाको कार्यक्रम कार्ययोजना तय गरेको हो । ‘विश्व व्यापार संगठनको सदस्य बनेयता नेपालले निरन्तर…
मौद्रिक समीक्षाकाे प्रभाव : नेप्से परिसूचकमा उच्च अंककोे वृद्धि
आर्थिक परिवेश०६ जेठ काठमाडौं । साताको कारोवारको पहिलो दिन आइतवार नेपाली शेयर बजारको परिसूचतक नेप्सेमा उच्च अंककोे वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको हो । आइतवार परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६४ दशमलव ४५ को बिन्दुमा कायम भएको छ । यस दिन तीन सय २३ कम्पनीहरुका एक करोड २२ लाख ४० हजार आठ सय दुई कित्ता सेयरहरु पाँच अर्ब २५ करोड १० लाख २५ हजार मुल्यमा किनबेच भएका छन् । यस दिन सबैभन्दा धेरै…
नीति कार्यक्रम अनुसारकै बजेट आउछ : अर्थमन्त्री
आर्थिक परिवेश०२ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी नीति कार्यक्रम आएको बताउनु भयो । मन्त्री पुनले नीति कार्यक्रमसँग मेल खाने गरी बजेट र बजेटसँग मेल खाने गरी मौद्रिक नीति आउने प्रतिबद्धता जनाउनु भयो । उहाँले ‘नीति कार्यक्रमले सबैमा उत्साह जगाएको उल्लेख गर्दै नीति कार्यक्रम अनुसारकै बजेट आउने बताउनु भयो । राष्ट्रबैंकका तर्फबाट बजेटमा समेट्नुपर्ने विषयमा लिखित सुझाव प्राप्त भएको भन्दै उहाले बजेट र नीति कार्यक्रममा तादात्म्यता मिलाउन दुई निकायबीच सघन…