नेपालको अर्थतन्त्रका चुनौतीका वारेमा आईएमएफसँग छलफल
आर्थिक परिवेशकाठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग छलफल गरेको छ । छलफलका अवसरमा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, व्याजदर, लगानी योग्य रकमको अभावलगायतका विषयले बैंक तथा वित्तीय संस्थाहरूमा चुनौती सृजना हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार र स्तरोन्नतिका क्षेत्रमा सहकार्य गर्न आइएमअफका प्रतिनिधिसँग आग्रह गर्नुभयो । छलफलमा अन्तर्राष्ट्रिय मुद्रा कोषका नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजले अहिले नेपालको मात्र नभई विश्व अर्थतन्त्रको अवस्था जटिल बन्दै गएको उल्लेख गर्नु भयो । उहाँले संयुक्तराज्य अमेरिका र…
नेपाल विद्युत प्राधिकरणले कमायो आठ अर्ब रुपैयाँ नाफा
आर्थिक परिवेशकाठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ। यो कर अघिको नाफा हो। सो अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण,आन्तरिक रुपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा वृद्धि भएको बताए। उनले खर्च नियन्त्रणलाई विशेष ध्यान दिँदा गर्दा उल्लेख्य नाफा कमाउन सफल भएको बताए। स्वामित्वमा रहेका विद्युतगृहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको छ। सो अवधिमा प्राधिकरणले निजी क्षेत्रबाट मात्रै १४ अर्ब १५ करोड रुपैयाँको विद्युत खरिद…
नेपाल टेलिकमको निर्वाचन अफर कात्तिक २७ देखि उपलब्ध
आर्थिक परिवेशकाठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम मोबाइलमै प्राप्त गर्नका लागि निर्वाचन अफर उपलब्ध गराएको छ । टेलिकमले यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटाप्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा २९४ रुपैयाँमा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै…
चुनावका लागि अर्थ मन्त्रालयले साढे १५ अर्ब निकासा दियो
आर्थिक परिवेशकाठमाण्डौ । आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीका लागि सरकारले कार्तिक २५ गतेसम्म साढे १५अर्ब बजेट निकासा दिएको छ । कार्तिक २५ गते शुक्रवार सम्ममा निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयले साढे १५ अर्ब बजेट निकासा दिएको अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख सहसचिव चक्रबहादुर बुढाले बताउनु भयो । अर्थ मन्त्रालयले निकास दिएको बजेट मध्ये निर्वाचन आयोगलाई साढे ८ अर्ब, गृह मन्त्रालय र मातहतका निकायहरुलाई ६ करोड ८५ लाख ८४ हजार, म्यादी प्रहरीको व्यवस्थाका लागि १ अर्ब ८६ करोड,नेपाल प्रहरीका लागि १ अर्ब ९८ करोड,नेपाली सेनालाई ८९ करोड, शसस्त्र प्रहरीका लागि ९१ करोड र राष्ट्रिय अनुसन्धान विभागको लागि २ करोड ६४…
१२ अर्ब १४ करोडको लागनीमा नेपालमै पहिलो वृहत फलफुल खेती आयोजना संचालन हुने
आर्थिक परिवेशकाठमाण्डौ । नेपालमा अमिलो जातका र काष्ठजन्य फलफुलको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि आयोजना संचालन हुने भएको छ । नेपाल सरकार, एशियाली विकास बैक तथा विश्व कृर्षि तथा खाद्य सुरक्षा कार्यक्रमको वित्तीय लगानीमा नेपालको पहाडी क्षेत्रमा अमिलो जातका र काष्ठजन्य फलफुल विकासका लागि आयोजना संचालन हुने भएको हो । देशका पाँच प्रदेशका ३४ जिल्लाका १ सय पालिकाहरुमा पहाडी क्षेत्र काष्ठ तथा फलफूल विकास आयोजनाको माध्यमबाट फलफुलको उत्पादन तथा उत्पादकत्व वृद्धि सम्बन्धी कार्यहरु गरिने छ । आयोजनाको कार्यान्वयन नेपाल सरकार राष्ट्रिय फलफूल विकास केन्द्रले गर्ने गरी आवश्यक तयारी भैरहेको र आगामी ३ महिना पछि स्थलगत रुपमै आयोजनाको कार्यान्वयन शुरु हुने केन्द्रका…