
सिटिजन्स बैंक इन्टरनेसनलका थप पाँच शाखाहरू विस्तार
आर्थिक परिवेश१९ असार, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना थप पाँच स्थानहरूमा शाखाहरू विस्तार गरेको छ। बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारी, गण्डकी प्रदेशको तनहुँ दमौली, लुम्बिनी प्रदेशको बर्दिया गुलरिया, कर्णाली प्रदेशको सल्यान श्रीनगर र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा एकसाथ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यो सँगै बैंकको १८८ वटा शाखाहरु सञ्चालनमा आएका छन्। प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ८ शाखा पुगेका छन्। सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना…

सुनमा लक्जरी कर लगाइएको छैनः अर्थमन्त्री डा. महत
आर्थिक परिवेश१६ असार, पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले मध्यम खालका उद्योगलाई संरक्षण गर्न बजेटमा व्यवस्था गरेकाे बताउनु भएकाे छ । पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घसँगको शनिबार भएको भेटघाट कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘मध्यमखालको उद्योगले नै धेरै रोजगारी सिर्जना गनेर्उ भएकाेले त्यसता उद्योगलाई संरक्षण गर्न नयाँ बजेटमा व्यवस्था गरेकाे बताउनु भयाे । मध्यम खालका उद्योगलाई कम्तीमा एक तहको संरक्षण दिने सरकारको नीति छ, जसले गर्दा देशभर तथा पोखरामा साना र मझौला उद्योग वृद्धि हुने अर्थमन्त्री डा. महतको भनाइ थियो । उहाँले भन्नुभयो, ‘पर्यटन व्यवसायले लय पक्रन थालेको छ । उद्योग वाणिज्य क्षेत्रका साथीहरुले सकरात्मक सोचका साथ…

खाद्य तथा अन्य बालीको उत्पादन पाँच दशमलव सात प्रतिशतले बढेको छ : नेपाल राष्ट्र बैंक
आर्थिक परिवेश१३ असार, काठमाडाैं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन चार दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन मङ्गलबार सार्वजनिक गर्दै त्यस्ता बालीले ढाकेको भूक्षेत्र भने दुई दशमलव एक प्रतिशतले घटेको जनाएकाे छ । खाद्य तथा अन्य बालीको उत्पादन मात्र पाँच दशमलव सात प्रतिशतले बढेको छ भने तरकारी तथा बागवानीको उत्पादन साढे चार प्रतिशतले बढेको छ । प्रतिवेदनले फलफूल र मसलाको उत्पादनमा भने क्रमशः पाँच दशमलव दुई प्रतिशत र आठ…

असारका लागि बैंकको ब्याजदर स्थिर रहने
आर्थिक परिवेश३० जेठ,काठमाडौँ । आगामी असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर रहने भएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स संघ (एनबीए) को मंगलबार बसेको बैठकले असारका लागि बैंकको ब्याजदर स्थिर राख्ने निर्णय गरेकाे हो । हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् भने मुद्दती निक्षेपमा ७.९९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । सोही ब्याजदरलाई निरन्तरता दिने निर्णय भएको बैंकर्स संघका अध्यक्ष समेत रहेका एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिनु भयाे । तथापि, यता कर्जाको ब्याजदर भने घट्ने भएको छ । पछिल्लो समय बैंकमा निक्षेप बढ्दै गएका कारण घट्दो…

एसियाली बीमा सम्मेलन काठमाडौंमा सम्पन्न
आर्थिक परिवेश२७ जेठ, काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गरेकाे एसियाली बीमा सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलन समापन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्मेलनबाट विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, बीमक, पुनर्बीमक, बीमा मध्यस्थकर्ता र बीमा क्षेत्रका विज्ञहरू एउटै छातामुनी रहेर बीमा क्षेत्रका नयाँ नयाँ जोखिम र जोखिम न्यूनीकरणका विषयमा छलफल एवम् अन्तरक्रिया तथा आपसी अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त भएको बताउनुभयो । अध्यक्ष सिलवालले जलवायु परिवर्तनका कारण चुनौतीहरू मात्र आउने नभई यसबाट बीमा क्षेत्रमा अवसरहरू समेत सिर्जना हुने भएकाले अवसरबाट लाभ लिनका लागि सम्वद्ध सबैले सामूहिकरूपमा कार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अध्यक्ष सिलवालले जोखिम…