लेखा परीक्षण कार्य अब डिजिटल प्रणालीबाट हुने
आर्थिक परिवेशकाठमाडौँ । नेपालको लेखा परीक्षण कार्य अबको चरणदेखि डिजिटल प्रणालीबाट हुने भएको छ । नेपालको महालेखा परीक्षकको कार्यालयले देशभरका ६ हजार २ सय ६८ कार्यलयहरुको लेखा परीक्षणको लागि तयार पारेको नेपाल लेखा परीक्षण व्यवस्थापन प्रणाली (नेम्स) सञ्चालनमा ल्याउने तयारी भएको हो । महालेखा परीक्षकको कार्यालयले प्रणालीका सम्बन्धमा नेपाल सरकारका मुख्य सचिव र सचिवहरूलाई प्रणाली सञ्चालनका बारेमा जानकारी गराउँदै त्यसको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नै नवनिर्मित भवनमा आयोजना गरेको छलफल कार्यक्रममा महालेखा परीक्षक टङ्कमणि शर्माले नेपालको लेखा परीक्षण प्रणालीलाई समयानुकूल र आधुनिक प्रविधिमा आधारित बनाउन प्रणाली सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले प्रणालीको विश्वसनीयता र प्रभावकारिता…
नबिल बैङ्कद्वारा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु
आर्थिक परिवेशकाठमाडौँ । नबिल बैङ्कले सामाजिक उद्यमशीलताको विकासका लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैङ्कले शुक्रवार त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिविको व्यवस्थापन सङ्काय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर सुरुवात गरेको जनाएको छ । बैङ्कले सुरु गरेको सामाजिक उद्यमशीलता कार्यक्रमले समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्य लिएका जनाएको छ । सामाजिक उद्यमशीलता कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न बैङ्कको सहयोग हुने नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जानकारी दिनुभयो ।
पर्यटन केन्द्रित १३ औँ चितवन महोत्सव
reporterचितवन ।तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ । कोभिड महामारीका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले यस वर्षको चितवन महोत्सव पर्यटन क्षेत्र लक्षित गरी आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आज जानकारी दिइएको हो । पर्यटन र पर्यटन व्यवसायीको उत्थानमा महोत्सव केन्द्रित रहने उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा जोड दिने श्रेष्ठको भनाइ छ । महोत्सवमा पर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालन गरिने र यसका लागि आवश्यक छलफल भइरहेको…
पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकाङ्क तयार
आर्थिक परिवेशकाठमाडौँ । नेपाल पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकाङ्क तयार भएको छ । करिब दुई वर्षको मेहनतपछि नेपाल राष्ट्र बैङ्कले तयार पारेको सूचकाङ्क शुक्रवार सार्वजनिक गरेको छ । अब हरेक तीन महिनामा सूचकाङ्क सार्वजनिक गरिने भएको छ । घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकाङ्क तयार पारिएको हो । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार काठमाडौँमा एक विशेष कार्यक्रममा नयाँ सूचकाङ्क सार्वजनिक गर्नुभयो । राष्ट्र बैङ्कले सूचकाङ्क तयार पार्नका लागि देशव्यापी सर्वेक्षण गरेको थियो । सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६–७७ मा वाणिज्य बैङ्कहरूबाट प्राप्त तथ्याङ्कको आधारमा…
लोकमार्गको काममा ढिलासुस्ती हुँदा विरोध
reporterबलेवा। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड स्तरोन्नति तथा कालोपत्रे गर्न ढिलासुस्ती गरेको भन्दै स्थानीय युवाले विरोध गरेका छन् । काठेखोला गाउँपालिका वडा नं ५ र ६ बिहुँका युवाले कालो झण्डा र हातमा कालोपट्टी बाँधेर विरोध गरेका हुन् । सडकमा निस्किएका युवाले जनतालाई सास्ती दिने काम भएको भन्दै साङ्केतिक विरोध गरेका हुन् । दुई खण्डमा काम भइरहेको उक्त सडकको बिहुँ खण्ड तत्काल कालोपत्रे गर्नुपर्ने युवाको माग छ । निर्माण कम्पनीको लापर्बाहीका कारण ठेक्का सम्झौता भएको बर्षौं बितिसक्दा समेत कालोपत्रेको काम रोकिएको स्थानीय युवा दिवस कँडेलले बताउनुभयो । सडक विभाग जिम्मेवार हुनुपर्ने, काम नगर्ने ठेकेदार कम्पनीको लाइसेन्स खारेज गर्नुपर्ने,…