बैंकहरूले माघ महिनाका लागि ब्याजदर थप घटाए
आर्थिक परिवेश

३० पुष, काठमाण्डौ ।    वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै बैंकहरूको ब्याजदर थप घटेको हो । बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा ०.१४९५ प्रतिशतले घटेको छ पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.८३४ प्रतिशत रहेकोमा माघमा त्यो घटेर ४.६८४५ प्रतिशतमा झरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर माघमा ५.५ प्रतिशतमा कायम भएको छ । ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै ५.५ प्रतिशत…

सुनचाँदीकाे मूल्यले अहिलेसम्मकै महँगो रेकर्ड निर्माण
आर्थिक परिवेश

२९ पुष काठमाडाै ।  नेपाली बजारमा म‌गलवार  सुनचाँदीकै मूल्यले अहिलेसम्मकै महँगो रेकर्ड निर्माण गरेकाे  छ। सोमबार तोलामा चार हजार एकसय रुपैयाले  बढेको सुनको मूल्य म‌गलवार  फेरि एक हजार आठसय रुपैयाँले बढेर दुई लाख ७६ हजार पाँचसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो मुल्य हाे । आइतबार सुनको भाउ तोलामा दुई हजार आठसय बढेको थियो। त्यसअघि गएको शुक्रबार पनि सुनको भाउ तोलामा दुई हजार एकसय बढेको थियो। सोमबार सुनको मूल्य तोलाको दुई लाख ७४ हजार सातसय रुपैयाँ थियो। गएको बुधबार र बिहीबार दुई दिन लगातार घटेको सुनको मूल्य शुक्रबारदेखि लगातार बढिरहेको छ। चार…

सुनको मुल्य  फेरि २ लाख ७० हजार नाघ्याे
आर्थिक परिवेश

२७ पुस, काठमाडौं ।  आइतवार  नेपाली बजारमा  सुनको   मुल्य  फेरि २ लाख ७० हजार नाघेर पुन उच्च  अ‌‌कमा पुगेकाे  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आइतवार प्रतितोला २ हजार ८ सय रुपैयाँले सुन महँगिएको हो । महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ तय गरेको छ । यसअघि पुस १३ गते पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । यो मूल्य नै उच्च हो । अघिल्लो दिन सुन तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चाँदी आज तोलामा…

विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
आर्थिक परिवेश

२५ पुष, काठमाण्डौ । चालु आर्थिक बर्ष २०८२/०८३ को मङ्सिर मसान्त सम्ममा नेपालको विदेशी मुद्राको सञ्चिति ३२ खर्ब ०१ अर्ब ४७ करोड रुपैया बराबर पुगेको छ । नेपाल राष्ट्र बैकले शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदना अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको जनाइएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४१४ अर्ब ६४ करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई २८६६ अर्ब ४७ करोड रुपैया पुगेको छ ।…

अमेरिकी डलरको मूल्य बढेर उच्च बिन्दुमा
आर्थिक परिवेश

 २५ पुष, काठमाडौँ।   नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर उच्च बिन्दुमा पुगेको छ । आज (शुक्रबार) अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ । विहीबार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा थियो । आज युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ २९ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०५…