सुनकाे मुल्य बुधवार ताेलामा २७ सयले घटयाे
आर्थिक परिवेश१९ बैशाख, काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय रूपैयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो मङ्गलबार दिन सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रुपियाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार तीन सय रुपियाँसम्म पुगेको थियो । चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन तोलाको एक हजार ६५० रुपियाँ रहेको चाँदी आज एक हजार ६३० रुपियाँ…
मूल्य सूचकाङ्कमा आधारित मूल्यवृद्धि साढे छ प्रतिशतको सीमाभित्रै रहने देखिएको छ : गभर्नर अधिकारी
आर्थिक परिवेश१५ बैशाख, काठमाडौं। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थव्यवस्था हाल मिश्रित अवस्थामा रहेको बताउनु भएको छ । नेपाल राष्ट्र बैङ्कको ६९औँ वार्षिकोत्सवको अवसरमा शुक्रवार नेपाल राष्ट बैकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गभर्नर अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताउनुभएको हो । “समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहेता पनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज राख्न, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न बैङ्क सफल रह्यो”, गभर्नर अधिकारीले भन्नुभयो, । “अघिल्लो आर्थिक वर्ष जस्तै चालु आवमा पनि विप्रेषण आप्रवाह…
नेपालगन्ज नाकास्थित एकीकृत जाँच चौकी (आइसिपी) नेपाललाई हस्तान्तरण
आर्थिक परिवेश११ बेशाख, नेपालगन्ज । भारत सरकारले नेपालगन्ज नाकास्थित एकीकृत जाँच चौकी (आइसिपी) नेपाललाई हस्तान्तरण गरेको छ । उद्घाटन भएको झन्डै एक वर्षपछि भारतले नेपाललाई आइसिपी हस्तान्तरण गरेको हो । नेपाल र भारत सरकारबिच सम्झौता भएको डेढ दशकपछि नेपालगन्ज नाकामा आइसिपी निर्माण गरिएको थियो । भारत सरकारका तर्फबाट परामर्शदाता कम्पनी ‘राइट्स’ ले नेपाल सरकार सहरी विकास मन्त्रालय तथा नेपाल इन्टर मोडल यातायात विकास समितिलाई आइसिपी हस्तान्तरण गरेको हो । भारतले आफ्नो क्षेत्रतिर पनि आइसिपी बनाएको छ भने नेपालतर्फ बनेको आइसिपी हस्तान्तरण गरेको हो । त्यस क्रममा भारतका तर्फबाट दूतावाससहित सम्बन्धित सरोकारवाला अधिकारी तथा नेपालका तर्फबाट मन्त्रालय, विभाग तथा समितिका कार्यकारी निर्देशक…
सुनका मुल्य प्रतिताेला दुई हजार सात सयले घट्याे
आर्थिक परिवेश११ बैशाख, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनकाे मूल्य उच्च रकमले गिरावट भएको छ । यस दिन छाप भएकाे सुन प्रति तोला दुई हजार सात सयले घटेकाे हाे । सोमबार तोलामा एक लाख ३८ हजार दुई सय रूपैयामा कारोबार भएको छाप भएकाे सुन मंगलवारका लागि प्रतितााेला एक लाख ३५ हजार पाँच सय रूपैयामा काराेवार भएकाे छ । यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा मंगलवार एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ । मंगलवार चाँदीको मूल्य तोलामा ४५ रूपैयाले घटेकाे छ । सोमबार प्रतितोला एक हजार सात सय पाँच रूपैयामा कारोबार…
देशको आर्थिक विकास र समृद्धिमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण : मन्त्री भण्डारी
आर्थिक परिवेश०६ बैशाख, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आर्थिक विकास र देशको समृद्धिमा लेखा व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)को आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले राम्रो रेखाङ्कन नहुँदा कतिपय क्षेत्र नै बन्द भएकाले यो पेसामा आचारसंहिताको परिपालना अनिवार्य हुने बताउनुभयो । “यस पेसामा रहनुहुने व्यक्तिले आचारसंहिताको अनुभूति र सिद्धान्तअनुसार अगाडि बढिरहनुभएको कुरामा म विश्वस्त छु”, मन्त्री भण्डारीले भन्नुभयो । अर्थतन्त्रमा पछिल्लो समय केही सुधार देखिएको र स्वदेशी उत्पादनमार्फत आर्थिक वृद्धि गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । उद्योग मन्त्री भण्डारीले…