विद्युत उत्पादनको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण
आर्थिक परिवेश२० साउन, काठमाण्डौ । सरकारको लिएको विद्युत उत्पादनको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण रहेकोमा त्यस क्षेत्रका सरोकार भएकाहरुले बताउनु भएको छ । नेपाल सौर्य ऊर्जा उत्पादक सङ्घको काठमाण्डौमा आयोजित २५औँ रजत जयन्ती समारोह उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सरकारले जलविद्युत पुरयाउन नसकेको ठाउँमा सौर्य विद्युत् उत्पादनमार्फत सङ्घले भूमिका निर्वाह गरेको मन्त्री खड्काले उल्लेख गर्नुभयो । ऊर्जामन्त्री खड्काले सरकारले सौर्य ऊर्जा क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य विद्युत् खरिद दर पुनरावलोकन, प्रसारण…
आयातित वस्तुमा नेपाल गुणस्तर अनिवार्य गरिने
आर्थिक परिवेश१८ साउन काठमाडाै । उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बीच चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी बैठक सम्पन्न भएको छ । आइतबार अर्थ मन्त्रालयमा सम्पन्न भएको उक्त बैठकमा विदेशबाट आयात हुने सामग्रीहरूमा ‘नेपाल गुणस्तर’ (Nepal Standards) अनिवार्य गर्ने र औद्योगिक लिज जग्गाको भाडा शुल्क घटाउने विषयमा छलफल भएको उद्योग मन्त्रालयले जनाएको छ । पहिलो चरणमा केही निश्चित वस्तुहरूमा मात्र गुणस्तर प्रमाणिकरण लागू गर्ने र क्रमशः सबै आयातित वस्तुहरूमा अनिवार्यरूपमा नेपाल गुणस्तर लागू गर्ने निर्णय भएको छ । यस निर्णयबाट बजारमा गुणस्तरीय वस्तुको पहुँच बढ्ने, उपभोक्ता संरक्षणमा टेवा पुग्ने र स्वदेशी…
२१६ मेगावाटकाे माथिल्लो सेती जलविद्युत् आयोजना निर्माणकाे वित्तीय व्यवस्थापन
आर्थिक परिवेश१८ ,साउन,काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि कुमारी बैङ्कको नेतृत्वमा ऋण लगानी हुने गरी वित्तीय व्यवस्थापन सम्झौता भएको छ । उक्त आयोजनाका लागि कुमारी बैङ्कको नेतृत्व तथा एनएमबी बैङ्कको सहनेतृत्वमा माछापुच्छ्रे बैङ्क, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, प्रभु बैङ्क, नेपाल एसबिआई बैङ्क, एनआइसी एसिया बैङ्क रहेका छन् । त्यसै गरी कृषि विकास बैङ्क, लुम्बिनी विकास बैङ्क, साङ्ग्रिला डेभलपमेन्ट बैङ्क, कामना सेवा विकास बैङ्क र आइसिएफसी फाइनान्सले सहवित्तीयकरणमा ऋण लगानी गर्ने गरी शुक्रबार सम्झौता भएको हो । सम्झौतामा कुमारी बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत…
सिँचाइका लागि प्रतियुनिट ३ रुपैयाँ मात्र विद्युत् शुल्क : प्रम
आर्थिक परिवेश१४ साउन काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँ मात्र विद्युत् शुल्क तोकिएको जानकारी गराउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सुक्खाग्रस्त मधेस प्रदेशमा ५०० बोरिङ खनिँदै गरेको समेत जानकारी गराउनुभयो । “तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु भएको छ । सिँचाइका लागि किसानलाई प्रति युनिट बिजुलीको तीन रुपैयाँ मात्र लाग्ने छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
नेपाल जेसिसले दक्षिण एशियाली देशका युवा तथा व्यापार सम्मेलन गर्ने
आर्थिक परिवेश१४ साउन काठमाण्डौ । दक्षिण एशियाली देशका युवा नेताहरुको सम्मेलन बिहिवारदेखि काठमाण्डौमा आयोजना हुने भएको छ । नेपाल जेसिसको आयोजनामा हुन लागेको ३ दिने सम्मेलनको क्रममा नेपाल भारत, बंगलादेश, श्रीलंका युवा नेताहरुको सहभागिता रहने नेपाल जेसिसले जनाएको छ । सम्मेलनको क्रममा युवाहरुको नेतृत्व क्षमता विकास, उद्यमशिलता, क्षेत्रीय सहकार्य र सहयोग तथा सांस्कृतिक समझदारी निर्माण लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको नेपाल जेसिसले जनाएको छ । सम्मेलनको अन्तिम दिन साउन १८ गते जेसिवी व्यापार सम्मेलनको समेत आयोजना गरिने छ । व्यापार सम्मेलनमा दक्षिण एशियाका उद्यमीहरू, लगानीकर्ता, व्यवसायिक नेताहरू तथा नेपालका स्टार्टअपहरूबीच नेटवर्किङ, लगानीका अवसरहरूको पहिचान, र साझा सहकार्यको माध्यमबाट दिगो…