अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने 
आर्थिक परिवेश

०२ चैत्र,  काठमाडाैं ।   अर्थ मन्त्रालयले दुग्ध किसानलाई सरकारकाे तर्फबाट  दिनु पर्ने बाँकी भुक्तानी तत्काल दिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले शुकवार राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।          उक्त निर्देशन दिनुअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा गोविन्प्रसाद शर्मा र पशुपक्षी विकास सचिव डा रेवतीरमण पौडेलसँग छलफल गर्नुभएको थियो ।           आफ्नो उत्पादनको भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसान आन्दोलनरत छन् ।  किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडीसी) ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो ।              अर्थमन्त्री पुनका अनुसार कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिइन लागिएको हो ।  चालु आर्थिक वर्षमा रु ५१ अर्ब बजेट रहेको कृषि मन्त्रालयले हालसम्म कूल बजेटको ५४ प्रतिशत मात्र खर्च गरेको छ ।  मन्त्री पुनले बजेट समर्पणका लागि आजै पत्राचार गर्न कृषिमन्त्री र सचिवहरुलाई आग्रह गर्नुभएको छ ।          दुग्ध किसानका लागि अर्थमन्त्रीबाट स्पष्ट निर्देशन आएको र मन्त्रालयले क्रमशः दुग्ध किसानको बक्यौता भुक्तानी गर्दै जाने राजस्व सचिव डा घिमिरेले बताउनुभयो ।

विप्लव नेतृत्वकाे  नेपाल कम्युनिष्ट पार्टीले शुरू गरयाे जुम्लामा व्यवसायिक स्याउखेती
आर्थिक परिवेश

२५ फागुन, जुम्ला । ‘विप्लव सी’ नेतृत्वकाे  नेपाल कम्युनिष्ट पार्टीले पहिलाे पटक जुम्लामा व्यवसायिक सामुहिक स्याउखेती  शुरू गरेकाे छ । देशका युवा वेराेजगार भएकाे र मुलुककाे अथर्तन्त्र कृषिकाे विकासबाट मात्र संभव छ भन्दै नेपाल कम्युनिष्ट पार्टीले  कृषि अभियान अर्न्तगत सामुहिक खेति शुरू गरेकाे जनाएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ ले उर्वर तथा बाँझो जग्गामा १० हजार बिरुवा रोप्ने लक्ष्यसहित जुम्लामा  स्याउका विरूवा राेप्ने कार्यकाे शुक्रवार शुरूवात गर्नु भएकाे छ । कृषि उत्पादनलाई प्राथमिकता दिने पार्टीको नीति अनुसार जुम्ला हिमा गाउँपालिका-६ हडुल्याम रहेको बाँझो जग्गामा बृहत् स्याउ खेती गर्न लागिएको हो । विप्लवको…

सरकार र दुग्ध किसानबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रमहरू स्थगित
आर्थिक परिवेश

२० फागुन, काठमाडौं ।    दुग्ध किसानहरूले भाेग्नु परेका समस्याका वारेमा  सरकारका प्रतिनिधि,  दुग्ध विकास संस्थान, डेरी उद्योग र दुग्ध किसानका प्रतिनिधिहरुबीच भएकाे वार्तामा ५ बुँदे सहमति भएको छ । सहमतिसँगै किसानहरुले देशभर अायाेजना गरेका आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालको समेत उपस्थितिमा शनिबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा किसान प्रतिनिधिहरुसहित भएको वार्तामा उक्त सहमती भएकाे हाे । सहमती अनुसार किसानहरुलाई उद्योगीहरुले २१ चैत २०८० सम्म सबै खाले बक्यौता तिरिसक्ने लगायतका विषायहरू रहेका छन् । ‘दुग्ध उत्पादक कृषकलाई दूध बिक्री गरेबाफत पाउनुपर्ने रकमलाई निरन्तरता दिई पुस मसान्तसम्मको रुकम भुक्तानी प्रत्येक उद्योगले २१ चैत…

वीरगञ्ज आईसिपीबाट ७ महिनामा १४ अर्ब ९० करोडकाे धान चामल र मकै भित्रियाे
आर्थिक परिवेश

१० फागुन,वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्जको आईसिपी भन्सार हुँदै चालु आर्थिक वर्षको ७ महिनामा १४ अर्ब ८९ करोड ६१ लाख ८१ हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न भित्रिएको छ । वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म ४ अर्ब ९ करोड ५८ लाख ५८ हजार मूल्य बराबरको धान भित्रिएको छ भने १ अर्ब ५ करोड ९१ लाख ४० हजार मूल्य बराबरको चामल भित्रिएको छ । त्यसैगरी आईसिपी भन्सार नाकाबाट ४ अर्ब ९० करोड ५८ लाख ५८ हजार मूल्य बराबरको मकै भित्रिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । यसैगरी वीरगञ्ज नाकाबाट…

चितवनका किसानले सडकमा दूध पोखेर विरोध जनाए
आर्थिक परिवेश

  ०६ फागुन, चितवन ।     दूध बिक्री नभएको र बिक्री भएको दूधको पनि भुक्तानी महिनौँसम्म नपाए पछि चितवनका किसानले सडकमा दूध पोखेर विरोध गरेका छन् । जिल्लाका एक सय १५ भन्दा बढी दुग्ध सहकारी आबद्ध संस्था चितवन जिल्ला दूध उत्पादक सहकारी संघको नेतृत्वमा केन्द्रीय बस टर्मिनल चोकमा दूध पोखेर विरोध गरेका हुन् । संघका अध्यक्ष किशोर बगालेका अनुसार किसानहरूले प्रधानमन्त्री, संघीय तथा प्रदेश कृषिमन्त्रीलगायतका सम्बन्धित ठाउँमा पटकपटक समस्या राख्दासमेत समाधान नभएकाले विरोध स्वरूप दूध पोखेको बताउनु भयो । दूधले बजार नपाएको र साउनदेखि भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादक किसान आन्दोलित भएका हुन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका…