
पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षकाे ३ महिनामा नगदेवाली करिव ४ अर्बकाे निर्यात
आर्थिक परिवेश१२ मंसिर,झापा । कोशी प्रदेशको पूर्वी नाका काँकडभिट्टाबाट विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् । पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ…

कृषि क्षेत्रका समग्र समस्या समाधान गर्ने गरी छिट्टै राष्ट्रिय कृषि नीति ल्याउछाैं : कृषि मन्त्री
आर्थिक परिवेश१२ मंसिर, काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्ने गरी छिट्टै राष्ट्रिय कृषि नीति ल्याउन लागिएको बताउनुभएको छ । राष्ट्रिय किसान सञ्जाल नेपालद्वारा आज यहाँ आयोजित ‘कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिबारे राष्ट्रिय कार्यशाला’ को उद्घाटन गर्दै उहाँले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने विषयलाई प्राथमिकतामा राखिएको नीति निर्माणको सम्पूर्ण काम पूरा भएकाले केही दिनमा मन्त्रिपरिषदमा पेस गरिने बताउनुभयो । उहाँले कृषि उत्पादन, उत्पादकत्व वृद्धि गरी कृषकको आय वृद्धि, आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखेर नीतिमा समेटिएको बताउनुभयो । साना किसानलाई संरक्षण गर्न उनीहरूको उत्पादनलाई मूल्य शृङ्खलामा जोड्ने बताउँदै मन्त्री भुसालले मूल्य शृङ्खलाबाट…

कृषि मन्त्रीबाट बीउ प्रशोधन केन्द्र उद्घाटन,कृषि नै नेपालीकाे जीवन
आर्थिक परिवेश०९ मंसीर,भैरहवा । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि नेपालीहरूको जीवन भएको बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय, भैरहवा, कोटहीमाई गाउँपालिका र श्री नवदुर्गा स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त ९२ लाख ९१५ रुपैयाँ लागतमा बीउ प्रशोधन केन्द्र उद्घाटन गर्दै मन्त्री भुसालले कृषि मानिसका लागि अत्यावश्यक भएको बताउनुभयो । ‘नलगाएर र नखाएर बाँच्न सकिँदैन, त्यसैले कृषि हाम्रो जीवन चक्र र जीवन हो’, उहाँले भन्नुभयो ‘यसैले सरकार कृषि क्षेत्रबाट उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्नुपर्छ भनेर लागेको छ ।’ उहाँले सरकारले कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी गरिबी हटाउने गरी यान्त्रीकरण र बजारीकरण गरिरहेको…

अलैँचीकाे हब बन्दै लमजुङ, किसानले भित्र्याए २४ करोड
आर्थिक परिवेश०९ बेसीशहर, लमजुङ । अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो । आर्थिक वर्ष २०८०/८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन इकाई लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले जानकारी दिनुभयो । यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको छ । अधिकृत मिजारका अनुसार यस वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार दुई सयका दरले अलैँची बिक्री भएको छ । गत वर्ष तीन…

विराटनगरमा शुरू भयाे नेपालकै पहिलाे गाँउवेशी नमूना कृषि फर्म
आर्थिक परिवेश०८ मंसीर,विराटनगर । कृषि कर्म सहित नेपाली मौलिक परम्पराकाे जगेर्ना गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मोरङको कटहरी गाउँपालिकामा गाँउवेसी नमूना कृषि फर्म सञ्चालनमा आएको छ । विराटनगरका कानुनी व्यवसायीहरूले करिब १५ करोडको लागतमा फर्म सञ्चालनमा ल्याएका हुन । फर्मको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रवार उद्घाटन गर्नुभएकाे छ । लोप हुँदै गएको मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्दै नेपालका ७७ जिल्लाका रैथाने परम्परा संस्कृतिलाई जोडने गरी कृषि फर्म सञ्चालनमा ल्याइएको फर्मका सञ्चालक भरतबहादुर थापाले बताउनु भयो । कृषिलाई आधार मानेर आठ बिघा क्षेत्रफलमा फैलिएको सो फर्ममा माछापालन, पशुपालन, वोटानिकल गार्डेन, कृषि बालीकाे उत्पादन गरिने छ । साथै फर्ममा परम्परागत कृषि…