समग्र कृषि अनुसन्धानलाई सबल बनाउन आवश्यक छ : कृषि मन्त्री
आर्थिक परिवेश

 ०३ कातिर्क, नेपालगञ्ज ।  कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुषालले समग्र कृषि अनुसन्धानलाई सबल बनाउन आवश्यक रहेको बताउनुभएको छ । बाँकेमा आज कृषि मन्त्रालय अन्तर्गतका संघीय कार्यालय अनुगमन तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नार्क पशु प्रजनन कार्यालय अवलोकनका क्रममा मन्त्री भुषालले कृषि अनुसन्धान निर्देशनालय (नार्क) को पुनर्संरचना आवश्यक रहेको बतउनुभयो । उहाँले प्रदेश कृषि अनुसन्धान तथा समन्वय रणनीति छिट्टै तयार गर्न सबै प्रदेशका निर्देशकलाई निर्देशन दिनुभयो । विकसित प्रविधिलाई किसानसम्म प्रसार गर्न व्यापक अभियान चलाउनुपर्ने मन्त्री भुषालको भनाई छ । उहाँले बजेट र कर्मचारीको सीमितताका बाबजुद कृषि अनुसन्धानले गरेको उपलब्धि उल्लेखनीय रहेको चर्चा गर्नुभयो ।

देशमा धानकाे अभाव पुरा गर्न ‘चैते धान अभियान’ चलाउनु पर्छ : कृषि विकासमन्त्री
आर्थिक परिवेश

२६ असाेज, काठमाडौँ ।  कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने बताउनुभएको छ । ‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारासहित कृषि विभागले आयोजना गरेको ४३ औँ विश्व खाद्य दिवसमा उहाँले भारतले धान निर्यात बन्द गरेको उल्लेख गर्दै एक लाख हेक्टर जमिनमा चैते धान अभियान चलाउनुपर्ने बताउनुभयो । “भारतले निर्यात गर्ने धानको अभाव पूर्ति गर्न एक लाख हेक्टर क्षेत्रफलमा चैते धान लगाऊँ । छ लाख मेट्रिक टन धान उत्पादन गरौँ”, मन्त्री भुसालले भन्नुभयो, “सिँचाइ, आवश्यक कृषि औजार र मलको समस्या समाधान गरियो भने खाद्यमा समस्या हुँदैन । रासायनिक मलको कटौती गरेर प्राङ्गारिक तथा जैविक…

नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनकाे सहमती
आर्थिक परिवेश

१० असाेज,काठमाडाै ।  नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच सम्झौता भएको छ। लगानी बोर्डको कार्यालयमा आज एक कार्यक्रमका बीच सम्पन्न सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रि–निकोलाका प्रबन्ध निर्देशक बोमहिदि अब्देलालीले हस्ताक्षर गरे। रि–निकोला मलेसियाको कम्पनी हो। लगानीको बोर्डको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन गर्ने कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने सहमति भएको जनाएको हो। सम्झौताअनुसार रि–निकोला ले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ। तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव…

नेपाल र चीनबीच विभिन्न १३ वटा विषयमा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर
आर्थिक परिवेश

८ असाेज, बेइजिङ ,चीन ।  नेपाल र चीनबीच विभिन्न १३ वटा विषयमा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच साेमवार  ग्रेट हल अफ दी पिपुलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो । विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ । चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ । सो सम्झौतामा आयोगका उपाध्यक्ष डा मीनबहादुर…

मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु
आर्थिक परिवेश

१ असाेज,म्याग्दी ।  हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैँचा स्याउले राताम्य भएका छन् । पाँच गाउँपालिका रहेको मुस्ताङका विभिन्न ठाउँमा लगाइएका स्याउ पाकेपछि किसानहरूले टिप्ने र बजार पठाउने तयारी सुरु गरेका हुन् । मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको स्थानीय सुशिलबाबु थकालीले जानकारी दिनुभयो । विगतका वर्षहरुमा भदौ दोस्रो सातादेखि नै स्याउ टिप्ने गरिएकामा गुणस्तर कम भएको गुनासो आएपछि यस वर्ष बोटमा नै राम्रोसँग पकाएर असोज लागेपछि मात्र टिप्न…