नेपाली चियाका विषयमा भारतीय पक्षकाे अनर्गल प्रचार गुणस्तरहीन नभएको नेपालीकाे दावी
आर्थिक परिवेश

२६चैत्र, भद्रपुर ।  नेपाली चियाको गुणस्तरमा शङ्का नगर्न नेपाली चिया उद्यमीहरूले भारतीय पक्षलाई आग्रह गरेका छन् । केही समययता भारतमा नेपाली चियाको गुणस्तरका विषयमा अनर्गल प्रचार भएको भन्दै पूर्वी नेपालका चिया उद्योगी–व्यवसायीहरूले भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासमार्फत नेपाली चिया गुणस्तरीय भएको बताएका हुन् । कतिपय भारतीय सञ्चारमाध्यमले नियोजित रुपमा नेपाली चिया गुणस्तरहीन भएको जनाउँदै निरन्तर समाचार सम्प्रेषण गरिरहेको चिया उद्यमीहरूको भनाइ छ । झापाको काँकडभिट्टामा शनिबार भएको छलफलमा नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलले बेला बेलामा चिया निर्यातमा व्यवधान आइरहेको जनाउँदै समस्या समाधानका लागि पहल गरिदिन दूतावासलाई आग्रह गर्नुभयो । कार्यक्रममा महा वाणिज्य दूत ईश्वरीराज पौडेलले नेपाली चिया निर्यातमा…

तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन चैत्र २३ देखि २६ सम्म काठमाडाैंमा हुने
आर्थिक परिवेश

२१ चैत्र, काठमाडौं ।  राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा चैत्र २३, २४ र २५ गते हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा भएको छ । राजधानीको होटल याक एण्ड यतिमा आयोजना हुने महासम्मेलनमा देशभरका सहकारीकर्मी, नेपाल सरकारका प्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि, स्थानिय तहका प्रतिनिधि, बैंकर्स, गैरसरकारी संस्थाका प्रतिनिधि, सहकारीका सरोकारवाला निकायका प्रतिनिधिका र विदेशी पाहुनासहित करिब १ हजार जनाको सहभागिता रहने आयोजक सहकारी महासंघले जनाएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले महासम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराएकाे  छ । महासम्मेलनमा सहकारी क्षेत्रको उपलब्धी, सहकारी क्षेत्रमा देखिएको वर्तमान समस्या, समाधानको…

बजेट अभावको कारण वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन अन्यौलमा
आर्थिक परिवेश

 ०७ चैत्र, वीरगञ्ज । दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याउने तयारी भइरहँदा बजेट अभावको कारण सञ्चालन कार्यमा अन्यौलता देखिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले १० वर्षसम्म कारखाना सञ्चालनको जिम्मा लिएर मर्मत सम्भारको कार्यलाई तीव्रता दिए पनि अर्थ मन्त्रालयले समयमा बजेट निकास नगर्दा कारखाना सञ्चालन पुनः अन्यौलमा परेको छ । पूर्व राजा स्वर्गीय महेन्द्रले तत्कालीन सोभियत सङ्घको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा वि.स २०२४ साल फागुन २८ गते वीरगञ्जमा कृषि औजार कारखानाको स्थापना गर्नुभएको थियो । तत्कालीन समयमा वार्षिक ११ करोड रुपैयाँसम्मको कारोबार हुने गरेको कृषि औजार कारखाना २०५९ साल…

दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी कतारको दोहामा शुरु नेपालकाे सहभागिता
आर्थिक परिवेश

१ चैत्र,काठमाडौं । कतारको दोहामा शुरु भएको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले सहभागिता जनाएको छ । कतारस्थित दोहा कन्भेन्सन केन्द्रमा बुधवारदेखि मार्च १९ सम्म हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालबाट नेपाल निर्यात व्यवसायी महासङ्घले भाग लिएको छ । उक्त प्रदर्शनीमा भाग लिन महासङ्घका उपाध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक गोविन्द घिमिरेको नेतृत्वमा २१ निर्यात व्यवसायी कतार प्रस्थान गरेको महासङ्घका कार्यालय सचिव दीपेश घिमिरेले जानकारी दिनुभयो । उक्त प्रदर्शनीमा नेपालका तर्फबाट चिया, जडीबुटी, अलैँची, अदुवा, डेरीका उत्पादन तथा वस्तुगत सङ्घको प्रतिनिधित्व रहने घिमिरेले बताउनुभयो । सोही प्रदर्शनीमा अल्टरनेटिभ हर्बल प्रोडक्टस् प्रालि, हिमालयन बायो ट्रेड, कन्चनजङ्घा टिस्टेट, इलाम टी उत्पादन कम्पनी,…

रासायनिक मलमा दिंदै आएको अनुदानमा कटौती मलको मूल्य साविकको भन्दा केही महँगो हुने
आर्थिक परिवेश

२९ फागुन, काठमाडौं ।  सरकारले रासायनिक मलमा दिंदै आएको अनुदान कटौती गरेको छ । अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य साविकको भन्दा केही महँगो हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार २६ फागुन अघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले महँगो भएको छ । बढेको मूल्यअनुसार अब युरिया मलको प्रतिकिलो किसान मूल्य २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ । यस अघि  १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास किन्न पाइन्थ्यो ।…