पूँजी बजार र विद्युत उत्पादन क्षेत्रको विकासमा काम गर्न कार्यदल गठन
आर्थिक परिवेश२५ पुष, काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन आयोग बीच नेपालको पूँजी बजार र विद्युत उत्पादन क्षेत्रको समग्र विकास र स्थायित्व सुदृढ बनाउने विषयमा छलफल भएको छ । खुमलटारस्थित बोर्डको कार्यालयमा भएको संयुक्त बैठकमा मुख्य रूपमा पूँजी बजारमार्फत विद्युत उत्पादन परियोजनामा लगानी प्रवर्द्धन, नियामक समन्वय र नीतिगत सामञ्जस्य कायम गर्ने विषयमा केन्द्रित छलफल गरिएको थियो। दुवै निकायका प्रतिनिधिहरूले दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, प्रभावकारी र लगानीकर्तामैत्री संयन्त्रको आवश्यकतामा सहमति जनाएका छन्। बैठकमा बोर्ड र आयोगका प्रमुखहरूले पूँजी बजारमा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, लगानीका अवसरहरू विस्तार गर्ने र विद्युत उत्पादन तथा पूँजी बजारबीचको समन्वय सुदृढ गर्ने उद्देश्यले दुवै निकायबीच…
निर्वाचनका लागि १७ अर्ब ५१ करोड बजेट सुनिश्चित
आर्थिक परिवेश२० पुष, काठमाण्डौ । सरकारले आगामी निर्वाचन प्रयोजनका लागि १७ अर्ब ५१ करोड बजेट खर्च गर्न पाउने गरी स्रोत सुनिश्चित गरेको छ । आगामी निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने भनि सम्बन्धीत निकायहरुले माग गरेको आधारमा सरकारले १७ अर्ब ५१ करोड बजेट खर्च गर्न पाउने गरी स्रोत सुनिश्चित गरेको हो । अर्थ मन्त्रालयले आगामी निर्वाचनको प्रयोजनका लागि गुह मन्त्रालयलाई १० अर्ब ३९ करोड र निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड बजेटको स्रोत सुनिश्चित गरेको जनाएको छ । अर्थमन्त्रालयका प्रवक्ता एवं सहसचिव टंकप्रसाद पाण्डेले अहिलेलाई निर्वाचन आयोग र गृहमन्त्रालयको प्रस्ताव अनुसार खर्च गर्न पाउने गरी बजेटको स्रोत सुनिश्चित भएको र निर्वाचन…
विराट ट्रेड एक्स्पो करिब ५० करोडको कारोबार गर्दै सम्पन्न
आर्थिक परिवेश१९ पुष, मोरङ । माेरड.काे विराटनगरमा जारी विराट ट्रेड एक्स्पो करिब ५० करोडको कारोबार गर्दै सम्पन्न भएकाे छ । विराट ट्रेड एक्स्पो’को शनिवार साँझ समापन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले राष्ट्रको आर्थिक तथा व्यावसायिक क्षेत्रमा महोत्सवले नवीन उत्साह सञ्चार गरिरहेको बताउनुभयाे । मोरङ उद्योग व्यापार सङ्घ विराटनगरद्वारा आयोजित ‘विराट ट्रेड एक्स्पो’को समापन गर्दै उहाँले यस प्रकारको एक्स्पोले नवीनतम् प्रविधि र व्यावसायिक सञ्जाल निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । मन्त्री सिन्हाले नेपालको औद्योगिक विकासमा विराटनगरको अत्यन्त गौरवशाली इतिहास रहेको चर्चा गर्दै उद्यमशीलताको विकासमा यस क्षेत्रका अग्रज उद्यमी गरेको योगदानले मुलुकमा औद्योगिक क्रान्ति ल्याएको धारणा राख्नुभयो ।…
कमला नदीमा पुलनिर्माणको बाँकी काम सुचारु
आर्थिक परिवेश१२ पुष, काठमाण्डौ । ठेक्का सम्झौता भएको १४ वर्ष वित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा र सिराहाको सीमानामा पर्ने कमला नदीमा पुलनिर्माणको बाँकी काम सुचारु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले हालै निर्माण स्थलको अनुगमन गरी पुल निर्माण तथा पुनस्र्थापनाको काम तत्काल अघि बढाउन निर्देशन दिनुभए पछि निर्माणको काम अघि बढेको हो । पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको, सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत गर्न वाध्य भएको र कमला नदी वारपार गर्न जोखिमपूर्ण एवम् कष्ठकर यात्रा गर्नु पर्ने बाध्यता छ । भासिएको जगलाई दह्रो बनाएर स्लाव…
पाँच महिनामा ३८ अर्ब ६० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता
आर्थिक परिवेश२ पुस, काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को पाँच महिनामा नेपालले ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार ५ सय ५२ रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ। साउनदेखि मंसिरसम्म ४ सय ३८ वटा लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। यसमध्ये स्वचालित प्रणालीमार्फत १५२ वटा र विभागमै उपस्थित भएर २८६ वटा प्रतिबद्धता आएको छ। विभागका अनुसार स्वचालित प्रणालीबाट २ अर्ब ५९ करोड ४ लाख ८६ हजारबराबर र विभागमै स्वीकृत गराएर ३६ अर्ब ६१ लाख ५८ हजार ५ सय ५२ रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको हो। प्रतिबद्धताबमोजिम लगानी भित्रिए ३३ हजार ८ सय १४ रोजगारी सिर्जना हुनेछ। मंसिरमा…