कोषले ५ लाख ७५ हजार सञ्चयकर्ताको करिव ६ खर्ब बराबरको रकम व्यवस्थापन गर्दै
आर्थिक परिवेश३१ भदौ,काठमाडौ । कर्मचारी सञ्चय कोषले आप्फनाे स्थापनाको ६३ औ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरको आयोजना गरी मनाएको छ । वार्षिकोत्सवको अवसरमा काठमाण्डौको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित समारोहमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चयकर्ताको भरोसालाई विश्वासमा लिन औषत भन्दा अधिकतम प्रतिफल दिने किसिमले काम गर्न आग्रह गर्नुभयो । कर्मचारी सञ्चय कोषले नेपाल सरकारले मानव जीवनचक्रको आधारमा सञ्चालित सामाजिक सुरक्षाका योजनामा सरकारलाई गरिरहेको सहयोगको लागि धन्यवाद दिदै कोेषलाई औसत गतिमा सिमित नभई सञ्चयकर्ताको भरोसालाई विश्वासमा लिन औषत भन्दा पनि अधिकतम प्रतिफल दिने किसिमले काम गर्न आग्रह गर्नुभयो । उहाँले सञ्चयकर्ताहरुको दायरा विस्तार गर्ने र आकर्षण वढाउने किसिमका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने वताउनुभयो ।…
स्वच्छ ऊर्जा नै अबको भविष्य भएकोले नेपालले स्वच्छ ऊर्जामा जाेड दिनु पर्छ : विज्ञहरु
आर्थिक परिवेश२८ भदौ,काठमाडौं । दिगो भविष्यका लागि स्वच्छ ऊर्जा र सवल पुृर्वाधारको विकल्प नभएको त्यस क्षेत्रका विज्ञहरुले बताएका छन् । नेपाल सरकार र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनको दोस्रो दिन ‘ऊर्जा र जलस्रोत’ विषयक सत्रमा विज्ञहरुले दिगो भविष्यका लागि स्वच्छ ऊर्जामा जोड दिनु भएकाे हाे । ऊर्जा उद्यमी तथा नेशनल हाइड्रोपावरका अध्यक्ष कुमार पाण्डेले स्वच्छ ऊर्जामा नेपालमा ठूलो सकारात्मक परिवर्तन भएको बताउनुभयो । उहाँका अनुसार १०÷१२ वर्षमा ठूलो मात्रामा निजी क्षेत्रले लगानी गरेका कारण उर्जा क्षेत्रमा सकारात्मक परिवर्तन भएको छ । ‘उत्पादनमा लगानी बढेको छ । यसमा निजी क्षेत्रको ठूलो भूमिका छ,’ उहाँले भन्नुभयो, ‘ऊर्जा विकासमा कानुनी…
नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार :प्रधानमन्त्री
आर्थिक परिवेश२८ भदाै, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा बिहिवार काठमाडाैमा आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन, २०२४’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँग हातमा हात मिलाएर जान तत्पर रहेको स्पष्ट गर्नुभयो । “पूर्वाधार विकास आर्थिक वृद्धिका लागि उत्प्रेरक पक्ष हो । यस तथ्यलाई मनन् गर्दै हामीले राम्रो सडक, पूर्वाधार विकास, ट्रान्समिटर लाइन आदिको विकासमा प्राथमिकता दिएका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस प्रयासमा तीनै तहका सरकारसहित सबैको हातेमालो र सकारात्मक साथको अपेक्षा हामीले गरेका छौँ ।”…
दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो त्रिदेशीय नाकाका रुपमा विकास गरिनेछ : गृहमन्त्री
आर्थिक परिवेशदोधारा चाँदनी (कञ्चनपुर) । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताउनुभएको छ । दोधारा चाँदनी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको आज समुद्घाटन गर्दै मन्त्री लेखकले दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रुपमा विकास गरी देशको सबैभन्दा ठूलो नाकाका रुपमा परिणत गर्ने बताउनुभयो । “महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको छ अब दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण हुन्छ”, उहाँले भन्नुभयो, “यो नाकालाई भारत र चीनसँग जोडेर देशकै ठूलो नाकाका रुपमा विकास गर्छौं ।” उहाँले निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा रहेको बताउँदै तिङ्करबाट नै मानसरोवर यात्राका लागि सुनिश्चितता हुने…
नेपाललाई बेलायतकाे १२ अर्ब ६३ कराेड सहयाेग
आर्थिक परिवेश१२ भदाै काठमाडाै । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता” कार्यक्रमको लागि करिव ६.५ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.५ मिलियन) को अनुदान सहायता रकम रहेको छ। ६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन तथा वातावरण मन्त्रालयअन्तर्गत विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तनलाई सुदृढ गर्नका लागि लागू हुनेछ। कार्यक्रम कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा सञ्चालन हुनेछ । त्यस्तै दोस्रो समझदारीपत्र “प्रणाली सुदृढीकरण मार्फत लैङ्गिक तथा मानव विकासका परिणामहरू सुधार” कार्यक्रमका लागि करिव ६.५८ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.८…