सामाजिक सुरक्षा कोषमा सात लाख ५७ हजार सूचीकृत पाँच अर्ब ६७ करोड दाबी भुक्तानी
आर्थिक परिवेश

२० भदाै, काठमाडौँ ।  सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत पाँच अर्ब ६७ करोड रूपैया दाबी भुक्तानी गरेको छ । कोषले विभिन्न योजना सञ्चालन गरेबापत ९८ हजार पाँच सय ७३ योगदानकर्तालाई उक्त रकम भुक्तानी गरेको हो । योगदानकर्ताको जीवनमा आइपर्ने स्वास्थ्य जोखिम कम गर्न तथा आयको निरन्तरताका लागि चार प्रकारका योजना सञ्चालनमा ल्याएको कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ४० हजार तीन सय ८७ योगदानकर्तालाई ६५ करोड ८२ लाख ५० हजार रूपैया  भुक्तानी गरेको छ । त्यसतै दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत दुई हजार ३१ श्रमिकलाई सात करोड ८० लाख ८७ हजार रूपैया  भुक्तानी गरेको छ । यसैगरी आश्रित परिवार…

५१ वटा तिब्र विद्युत भरण केन्द्र उद्घाटन, विद्युतीय सवारी विकासमा नयाँयात्रा : ऊर्जामन्त्री
आर्थिक परिवेश

२० भदौ. काठमाडौं ।   नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक  तिब्र विद्युत भरण केन्द्रहरूकाे  उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गर्नुभयो । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतर्पूण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो । करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका…

दीर्घकालीन विद्युत व्यापार सम्झौता भारतले अनुमोदन, विस्तृत सम्झौता पछि कार्यान्वयन
आर्थिक परिवेश

१९ भदौ , काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्रारम्भिक हस्ताक्षर भएको दीर्घकालीन विद्युत व्यापार सम्झौतालाई भारतले अनुमोदन गरेसँगै १० हजार मेगावाटसम्म विद्युत भारत निर्यात गर्ने बाटो खुल्ने स्.भावना बढेको छ । दीर्घकालीन विद्युत व्यापार सम्झौतालाई भारतको मन्त्रिपरिषद्ले हालै अनुमोदन गरेको अनौपचारिक जानकारी प्राप्त भएको उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयले जनाएको छ । निर्णयको औपचारिक जानकारी भए पछि त्यसमा चाँडै नै काठमाडौंमा दुई देशका सचिवस्तरमा छलफल गरी विस्तृत सम्झौतामा हस्ताक्षर हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिनु भयो । नेपाल भारत दीर्घकालीन विद्युत व्यापार सम्झौता (लङ–टर्म पावर पर्चेज एग्रीमेन्ट) मा मुख्य रुपमा १० वर्षमा १० हजार…

मधेश प्रदेशमा नयाँ उद्योग स्थापना हुने क्रम घट्दाे 
आर्थिक परिवेश

१७ भदाै,जनकपुरधाम ।  विगत केही बर्ष यता मधेश प्रदेशका जिल्लाहरूमा नयाँ उद्योग स्थापना हुने क्रम घट्दाे  रूपमा  देखिएकाे छ । गत वर्ष मधेश प्रदेशका जिल्लाहरूमा ३९ वटा नयाँ उद्योग सञ्चालनमा आएको मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षणमा उल्लेख  छ । मधेश प्रदेशका जिल्लाहरूमा कम लागतमा उद्योग स्थापना हुने सम्भावना भएपनि खुल्ला सिमाना भएको र भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन हुने भएकाले उद्योग स्थापनाको गति सुस्त रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनु भएको छ । महेश प्रदेशका जिल्लाहरूमा हालसम्म ६ सय ११ उद्योग सञ्चालनमा रहेको छ । उद्योग क्षेत्रमा आर्थिक वर्ष २०७९।८० मा १ खर्ब ७० अर्ब ८२ करोड…

वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम पाँचवटा पुरयाउनु पर्ने
आर्थिक परिवेश

१६ भदौ ,काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सबै वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम पाँचवटा पु¥याउनु पर्नेछ भने यसो गर्न नसक्ने कम्पनी मर्जरमा गए पनि मान्य हुने प्राधिकरणको नीति छ । वायुसेवा सञ्चालन गरिरहेका कम्पनीलाई थप जवाफदेही बनाउनुका साथै नयाँ आउने कम्पनीलाई पनि सेवा, शर्त पालना गराउनु प्राधिकरणको उद्देश्य रहेको जनाइएको छ…