साेमवार नेप्से परिसूचक दोहोरो अङ्कले घट्याे काराेवार रकमले नयाँ रेकर्ड बनायाे
आर्थिक परिवेश२५मंसिर, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमवार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से परिसूचक १५ दशमलव ४० अङ्कले ओरालो लागेर एक हजार नौ सय ४८ दशमलव ५७ मा सीमित भएको छ । आइतबार भएको उच्च अङ्कको वृद्धि आज भने कायम हुन सकेन । यस दिन कूल एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता शेयर चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ मूल्यमा किनबेच भएका छन् । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड १५ लाख ६०…
वैशाख ९ र १० गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन गर्ने सरकारको तयारी
आर्थिक परिवेश२५ मंसिर, काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ । अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग सुझाव लिइएको हो । लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल भएको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा छलफल भएको उहाँले बताउनुभयो । नेपालमा धेरै माग छ आपूर्ति कम छ । त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो…
नेपाली शेयर बजारमा उच्च वृद्धि ३ पटकको सर्किट ब्रेक पछि कारोवार स्थगित
आर्थिक परिवेश२४ मंसिर, काठमाडौ । मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैकले लचकता अपनाए पछि त्यसको प्रभाव आइतवार नेपाली शेयर बजारमा परेको छ । यस दिन सेयर बजार परिसूचक ९ मिनेटको अवधीमा १११.२० अंकले बढेको छ । कारोवार शुरु भएको केही क्षणमै परिसूचक उच्चदरले बढे पछि नेपाल स्टक एक्सचेञ्जले बजारमा ३ पटकसम्म सर्किट लगाएको थियो । यस दिन शेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आइतबार कारोबार बन्द भएको छ । बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुलेको बजारमा पनि बढ्ने क्रमले निरन्तरता पायो । पहिलो सर्किट ब्रेकपछि खुलेको २ मिनेटमै वृद्धि ५…
दिगोपना र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास गर्नु अपरिहार्य : विज्ञहरु
आर्थिक परिवेश२३ मंसिर, काठमाडौ । विज्ञहरुले दिगोपनता र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास अपरिहार्य रहेको बताउनु भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को नियमित कार्यक्रम ’फ्राइडे फोरम’ अन्तर्गत शुक्रवार ललितपूरमा आयोजित कार्यशालाका वक्ताहरुले देश, समुदाय र भविष्यको ऊर्जा विकासको लागि दिगोपना र स्थायित्व महत्वपूर्ण भएको बताउनु भयो । कार्यक्रममा इप्पान अध्यक्ष गणेश कार्कीले समुदाय र वातावरणको भलाईका लागि जलविद्युतको दिगोपनामा ध्यान दिनुपर्ने बताउनु भयो । नेपाल जलविद्युत दिगोपनका मापदण्ड अपनाउने देशमा अग्रणी नै रहेको भन्दै नेपाल, क्यानडा, ब्राजिललगायत केही देशका केही जलविद्युत आयोजनाले यसअघि नै स्वर्ण प्रमाणपत्र (गोल्ड सर्टिफिकेट) लिएको पनि कार्कीले बताउनु भयो । इप्पानसहित युएसआईडी, हाइड्रोपावर सन्सटेनाबिली एलाइन्स,…
एनसेलको शेयर किनबेचका सम्बन्धमा अध्ययन गर्न सरकारले गठन गर्याे उच्चस्तरीय समिति
आर्थिक परिवेश२१ मंसिर, काठमाडौँ । सरकारले एनसेलको शेयर किनबेचका सम्बन्धमा उठेको प्रश्नको अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहिवार बसेको मन्त्रीपरिषद्को बैठकले पूर्व महालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यहरूमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिवहरू बाबुराम भण्डारी सञ्चार तथा रितेशकुमार शाक्य अर्थ तथा आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनुभएको छ । समितिलाई ३० दिनभित्र एनसेलको शेयर विक्रीका सम्बन्धमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउन समयावधी दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । त्यस्तै मन्त्री परिषद् बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा…