
सुनको मूल्यमा नयाँ कीर्तिमान ताेलामै दुई हजारले वृद्धि
आर्थिक परिवेश२ कार्तिक काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आज शुक्वारकाे वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । यस दिन छाप भएकाे सुनको मूल्य आज प्रतितोला दुई हजार रुपैयाले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ६२ हजार चार सय रुपैयामा कारोबार भएको छाप भएकाे सुन आजका लागि भने एक लाख ६४ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा ३० ले बढेको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने एक हजार नौ सय ८०…

नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर
आर्थिक परिवेश१७ असाेज, काठमाडौँ । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज यहाँ आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गर्नुभयो । सो अवसरमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पङ्कज जैन तथा इण्डियन आयल कर्पोरेसनका अध्यक्ष भिसतिस कुमारको उपस्थिति रहेको नेपाल निगमले जनाएको छ । सम्झौता अनुसार भारतको सिलिगुडीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । साथै चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ निर्माण हुनेछ । यस्तै, अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किमी…

काठमाडाैमा शुरू भयाे हिमालयन इन्टरनेशनल एक्स्पो
आर्थिक परिवेश१७ असाेज , काठमाडौँ । चाड पर्वलाइ लक्षित गरेर नेपाली हस्तकलाका सामग्रीको बजार प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडाैकाे भृकुटीमण्डपमा आजदेखि हिमालयन इन्टरनेशनल एक्स्पोको अायाेजना गरिएकाे छ । ‘ह्याण्डीक्राफ्ट, मेड इन नेपाल, मेक इन नेपाल’ भन्ने मूल नाराका साथ हस्तकलाका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तीन दिने हिमालयन इन्टरनेशनल एक्स्पोको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गर्नु भयाे । उद्घाटन समाराेहलार्इ सम्वाेधन गर्दै उदध्याेग मन्त्री भण्डारीले कृषकले उत्पादन गरेका वस्तुहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनु भयाे । उद्घाटन समारोहमा उहाँले नेपाली कृषकले उत्पादन गरेका हरेक वस्तुको बजारीकरणका लागि वाणिज्य मन्त्रालयबाट छिट्टै कार्यविधि बनाएर खरिद…

इन्धनको मूल्य घट्याे एलपी ग्याँसको मूल्य भने यथावत
आर्थिक परिवेश१४ असाेज ,काठमाडौँ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटाइएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टितेलमा दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

सुनकाे मुल्यमा नयाँ रेकर्ड ताेलाकाे १ लाख ६० हजार नजिक
आर्थिक परिवेश०७ असाेज, काठमाडौँ । सु नको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु चार सयले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ५८ हजार आठ सयमा कारोबार भएका आजका लागि रु एक लाख ५९ हजार दुई सय निर्धारण भएको छ । शुक्रवारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै रु एक हजार सात सयले वृद्धि भएको थियो । यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला रु एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको…