वैदेशिक रोजगारीबाट फर्केकाले २ वटा मोबाइल ल्याउन पाउने
आर्थिक परिवेश२६ बैशाख, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रकृया पूरा गरेर ल्याउन पाउने सुविधा थियो । श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्ताव गरेको उक्त सुविधा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्ले पारित गरेको हो । २०७७ साल जेठ १५ गते प्रकाशित सुचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र…
नेपाली सुनचाँदी बजारमा बुधवार सुनकाे मुल्यमा उच्च वृद्धि
आर्थिक परिवेश२० वैशाख, काठमाडौं। निरन्तर रुपमा घट्दाे क्रममा रहेकाे नेपाली सुनचाँदी बजारमा बुधवार सुनकाे मुल्यमा उच्च वृद्धि भएकाे छ । यस दिन सुनको मूल्य एकै दिन तोलामा १ हजार ८ सय रुपैयाँ बढेको छ। बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको दोस्रो दिनकाे तुलनामा २ सय घटेर मूल्य निर्धारण हुँदा मंगलबार सुन तोलाको १ लाख ८ हजार ८ सय थियो। साताको प्रारम्भमा १ लाख ९ हजार २ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य तीन दिनमा ४ सय घटेको थियो। यस दिन चाँदीको मूल्य पनि बलियो भएको…
नेपाल उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन पूर्व सचिव र याेजनाविद समेत
आर्थिक परिवेश१९ वैशाख,काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले मुलुकका जल्दाबल्दा आथिर्क विषयहरूमा सल्लाह र सुझाव लिन उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन गरेको छ। अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिने उद्देश्यले महासंघले विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरु संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको जनाएको छ। समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, पूर्व सचिव पुरुषोत्तम ओझा र शिशिर ढुंगाना, अर्थविदहरु केशव आचार्य, डा. कल्पना खनाल र डा. गणेश गुरुङ छन्। विज्ञ समूहको पहिलो बैठक मंगलबार महासंघको सचिवालयमा बसेको छ। विज्ञ समूहको गठनबाट महासंघका सल्लाह सुझावलाई प्रभावकारी रुपमा सरकारमा पेश गर्न थप…
साफ्टाको असमान संरक्षणले स्वदेशी इन्टेरियर उद्योग संकटमा
आर्थिक परिवेश८ वैशाख,काठमाण्डौ । आयातमा भन्सार सम्बन्धी असमान व्यवस्थाका कारण नेपाली इन्टेरियर डिजाइनका स्वदेशी उद्यममा समस्या बढ्दै गएको छ । व्यवसायिक प्रतिष्ठान तथा आवासमा यस्तो सेवा तथा बस्तु आपूर्ति गर्ने स्वदेशी इन्टेरियर उद्योगहरु भारतबाट तयारी बस्तु नै सस्तो भन्सार दरमा नेपाल भित्रने भएपछि समस्यामा पर्न थालेका हुन् । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र(साफ्टा)को प्रावधान र त्यसअनुसार नेपालको आर्थिक विधेयकले गरेको व्यवस्थाका कारण विश्वका विभिनन मुलुकबाट कच्चा पदार्थ ल्याउनु भन्दा तयारी बस्तु नै भित्राउन कम भन्सार दर तिर्नु पर्ने भएकाले यो उद्यममा समस्या परेको संलग्न व्यवसायीले बताएका छन् । नेपालमा भेनेगर, फरमाइका, मोड्युलर लेग्स हार्डवयर च्यानल विशेषखालका मार्बल फाइबार विश्वका विभिन्न मुलुकबाट…
नेपालमा ३१ अर्ब ८३ करोडको तयारी पोशाक आयात ३३ प्रतिशत याेगदान स्वदेशी उत्पादनको
आर्थिक परिवेश८वैशाख,काठमाडौं। कुनै समय आयातित तयारी पोशाकमा निर्भर नेपाली बजारमा यतिबेला स्वदेशी उत्पादक कम्पनीले आफ्नो हिस्सा बढाउन थालेका छन् । तयारी पोशाकको डिजाइन र गुणस्तरमा स्वदेशी उत्पादन प्रतिस्पर्धी बन्दै गएपछि तयारी पोशाकको बजारमा स्वदेशी उत्पादनको हिस्सा बढ्दै गएको नेपाल तयारी पोशाक उत्पादक सङ्घको भनाइ छ । कोरोना महामारीको समयमा स्वदेशी उत्पादनको खपत अत्यधिक भएको थियो । तत्कालीन समयमा कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि लागू भएको बन्दाबन्दीका कारण आयात ठप्प जस्तै भयो । तत्कालीन समयदेखि स्वदेशी उत्पादनको खपत र माग दुवै बढ्न थालेको सङ्घको बुझाइ छ । कोरोना महामारीअघि विभिन्न नाममा स्वदेशी तयारी पोशाक बिक्री हुन भएपनि त्यसपछि भने नेपाली ब्राण्डमै…