
छाप भएकाे सुनको भाउ एकै दिन तोलामै १६ हजार रुपैयाँले घट्याे
आर्थिक परिवेश१० मंसिर, काठमाडौं । सरकारले भन्सार दर घटाएपछि साेमवार नेपालि बजारमा छाप भएकाे सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरी काराेवार भउकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । सरकारले सुनको भन्सार दरलाई २० प्रतिशतबाट १० प्रतिशतमा झारेपछि सोमबारदेखि सुनकाे मूल्य समायोजन गरिएको हो’ नेपाल सुनचाँदी व्मयवसी हासंघका अध्यक्ष अर्जुन रसायलीले जानकारी दिनु भयाे । यद्यपि अन्तर्राष्ट्रिय बजारमा पनि सोमबार मूल्य केही घटेको थियो । चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले घटेको…

चार महिनामा चिया र अलैँची मात्र ३ अर्ब ११ करोडकाे निर्यात साढे चार खर्बभन्दा बढीको व्यापार घाटा
आर्थिक परिवेश०८ मंसिर,काठमाडौ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख बराबरको आयात र ५२ अर्ब ६७ करोड बराबरको निर्यात भएको छ । यसरी कूल पाँच खर्ब ६६ अर्ब पाँच करोड ६७ लाखको वैदेशिक व्यापारमा चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख घाटा देखिएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात शून्य दशमलव १७ र निर्यात चार दशमलव १६ प्रतिशतले बढेको छ । नेपालको सबैभन्दा ठूलो…

१२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात
आर्थिक परिवेश०५ मंसिर, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बढी भएको बर्खायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ६३ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को ‘डेअहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ ।…

डिजेल र मट्टितेलको मूल्य बढ्याे
आर्थिक परिवेश०१ मंसिर, काठमाडौँ । नेपाल आयल निगमले शुक्रवार राती १२ बजेदेखि डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा…

अमेरिकी डलरकाे भाउ उच्च दरले बढ्दा सुनकाे मुल्यमा उच्च गिरावट
आर्थिक परिवेश२२ कार्तिक काठमाडाै । अमेरिकामा भर्खरै सम्पन्न निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नेबित्तिकै सुनको भाउ ह्वात्तै घटेको छ । अमेरिकी निर्वाचनकाे परिणामकाे प्रभाव स्वरुप अमेरिकी डलरको विनिमय दरचाहिँ अहिलेसम्मकै उच्च भएको हो । वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प बुधबार अमेरिकाको राष्ट्रपतिमा विजयी भएका हुन्। यद्यपि उनलाई औपचारिक रूपमा राष्ट्रपति घोषणा गर्न भने बाँकी नै छ। उनी राष्ट्रपति विजय भएको भोलिपल्टै बिहीबार (आज) अमेरिकी डलरको भाउ बढेको हो भने सुनको मूल्यचाहिँ ह्वात्तै घटेको हो। नेपाल नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ (बिक्री दर) तोकेको छ। यो बिक्री दर अहिलेसम्मकै उच्च हो। आजका लागि १ अमेरिकी डलरको खरिद…