रसुवागढी नाकामा आइतवारदेखि आवतजावत सुरू
आर्थिक परिवेश

१३ पुष, काठमाण्डौ ।   छ महिनादेखि बन्द रहेको नेपाल–चीनबीच रसुवागढी नाकामा आइतवारदेखि आवतजावत सुरू भएको छ । आइतवार बिहानदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने सीमा क्षेत्रका चिनियाँ समकक्षीले जानकारी पठाएको जानकारी दिनुभयो । गत असार २४ गते अगाडि सामग्री ल्याउन केरूङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत केरूङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले बताउनुभयो । ल्हेन्देखोला मितेरीपुल बाढीले बगाउँदा असारदेखि…

५ महिनामा वैदेशिक व्यापार बढे पनि छ खर्ब ४९ अर्ब ६८ करोड घाटामा
आर्थिक परिवेश

   ०८ पुष काठमाडौँ  ।    चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजारको वैदेशिक व्यापार गर्दा  छ खर्ब ४९ अर्ब ६८ करोड घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको स्थिति प्रतिवेदनअनुसार यो अवधिमा  सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाखको आयात र एक खर्ब १६ अर्ब ५० करोडको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १५ दशमलव ८३ र निर्यात ५८ दशमलव १७ प्रतिशतले बढेको विभागले जनाएको छ । भारतसँग मात्र पाँच महिनामा  तीन खर्ब ३९ अर्ब दुई…

सुनको मूल्य तोलामा ५५ सयले बढेर दुई लाख ६७ हजार
आर्थिक परिवेश

८ पुस, काठमाण्डाै   ।    नेपाली बजारमा म‌गलवार पनि सुनचाँदीकाे मूल्य वृद्धि भएको छ। दुवै धातुको मूल्य बढेर अहिलेम्मकै महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य तोलामा ५५ सय बढेर आज दुई लाख ६७ हजार दुईसय पुगेको छ। सुनको यो मूल्य हालसम्मकै महँगो हो। सोमबार पनि सुन तोलामा तीन हजार चारसय रुपैयाँ बढेर दुई लाख ६१ हजार सातसय रुपैयाँ पुगेको थियो। गएको शुक्रबार तोलामा दुई हजार र आइतबार तोलामा एकसय रुपैयाँ घटेको सुनको मूल्य दुई दिनमा आठ हजार नौसय रुपैयाँ बढेको हो। आज चाँदीको मूल्य तोलामा एकसय तोलामा २० रुपैयाँ बढेरको छ। चाँदीको मूल्य आज तोलाको चार…

बीरगञ्ज हुँदै ५ महिनामा ४० अर्बका नेपाली उत्पादन निर्यात
आर्थिक परिवेश

 ०७ पुष   वीरगञ्ज ।    मुलुकको प्रमुख भन्सार नाका बीरगञ्ज हुँदै आर्थिक वर्ष २०८२/०८३ को पाँच  महिनामा भारत तथा तेस्रो मुलुकतर्फ ३९ अर्ब ९७ करोड ५७ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनाको तुलनामा यस आर्थिक वर्षको साउनदेखि मङ्सिर महिना सम्ममा ८९ प्रतिशतले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/०८२ को   साउन, भदौ, असोज, कार्तिक मङ्सिरमा भारत तथा तेस्रो मुलुकतर्फ २१ अर्ब १८ करोड ३४ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो । वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया,…

पाँच महिनामा वीरगञ्ज भन्सार बाट ९६ अर्ब ३८ करोड रुपैया राजस्व सङ्कलन
आर्थिक परिवेश

 २ पुस,वीरगञ्ज ।   वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा  ९६ अर्ब ३८ करोड रुपैया राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने  १२ अर्ब एक करोड रुपैया अर्थात् १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । जबकी कार्यालयले गत आवको पाँच महिनामा भने  ८४ अर्ब ३७ करोड रुपैया राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको पाँच महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको बताउनुभयो । कार्यालयले मङ्सिर महिनामा  २१ अर्ब ३३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले सो महिनामा मात्रै…