रसुवागढीबाट हुने नेपाल चीन दुइपक्षीय व्यापार पूर्णरूपमा विच्छेद
आर्थिक परिवेश

२४ असार, काठमाडौं ।   नेपालर चीन बीचकाे दाेस्राे ठूलाे  व्यापारिक नाका रसुवागढीबाट हुने दुइपक्षीय व्यापार पूर्णरूपमा विच्छेद भएकाे  छ । बाढीले पुरयाएकाे  क्षतिका कारण त्यहाँबाट हुने व्यापार समेत अनिश्चित बनेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (जेठ महिना) सम्म रसुवागढी नाकाबाट ८० अर्ब ९१ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । १ अर्ब ९६ करोड १४ लाख बराबरको वस्तु निर्यात भएको छ । चीनतर्फको अर्को नाका तातोपानीबाट यो अवधिसम्म ४६ अर्ब ८९ करोडको आयात भएको छ । निर्यात व्यापार शून्य छ । चीनतर्फ हवाईमार्गबाट हुने बाहेक व्यापार यी दुई नाकाबाट मात्र हुने  गरेको छ…

सबै क्षेत्रलाई समेटेर लैजाने गरि मौद्रिक नीति ल्याउने तयारी : गभर्नर
आर्थिक परिवेश

२२ असार, काठमाण्डौ ।   नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषि र साना तथा मझौला उद्यमजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा खराब कर्जा बढ्दा बैङ्क तथा वित्तीय संस्थामा समस्या देखिएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतवार काठमाण्डौमा आयोजना गरेको पूर्व–मौद्रिक नीति छलफल कार्यक्रममा गभर्नर पौडेलले कृषि र साना तथा मझौला उद्योगको समस्यालाई केन्द्रमा राखेर अरू सबै क्षेत्रलाई सँगसँगै लैजाने गरि आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताउनुभयो । वित्त नीति र मौद्रिक नीतिबिच समन्वय चाहिन्छ भन्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्दै गभर्नर पौडेलले पछिल्लो समय मौद्रिक नीति बैङ्क तथा वित्तीय संस्थाका वासलातमा भन्दा…

विदेशी मुद्राको विनिमय दर कुन देशको कति ?
आर्थिक परिवेश

२२ असार, काठमाडौं ।    नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १० पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा,…

सम्पत्तिको सुरक्षा र संस्थागत अनुशासन कायम गर्ने विषयलाई वाफियाले सुनिश्चित गर्छ : गभर्नर
आर्थिक परिवेश

 १९ असार, काठमाडौँ ।    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्था वाफिया  सम्बन्धी विधेयक नेपालको आर्थिक भविष्य र अनुशासन कायम गर्ने विषयसँग जोडिएको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँगको छलफलपछि गभर्नर डा. पौडेलले व्यक्तिको सम्पत्तिको सुरक्षा गर्ने र संस्थागत अनुशासन कायम गर्ने विषयलाई विधेयकले सुनिश्चित गर्ने बताउनुभयो । गभर्नर डा. पौडेलले बैङ्कमा रहेको ७० खर्ब रुपैयाँलाई समग्र अर्थतन्त्रको स्रोत मान्नुपर्ने भन्दै राम्रो व्यावसायिक सोच र उद्यमशीलता भएका जोकोहीले यो स्रोतमाथि दाबी गर्ने र ऋण लिन पाउने अधिकार रहनुपर्ने बताउनुभयो । गभर्नर पौडेलले बाफियामा प्रस्तावित…

पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्ने : गभर्नर पौडेल
आर्थिक परिवेश

३० जेठ, ललितपुर ।   नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्ने बताउनुभएको छ । आइएमई लिमिटेडद्वारा आज ललितपुरमा आयोजित २५ औँ वार्षिकोत्सव समारोहमा गभर्नर पौडेलले हुण्डीबाट कारोबार भएर मानिसले पैसा नपाउने अवस्थामा आइएमई लिमिटेडले महत्त्वपूर्ण काम गरेको बताउनुभयो । “आइएमईको यो योगदान धेरै ठूलो योगदान हो, देशका लागि धेरै ठूलो चुनौती लिएर काम गर्न सक्ने, रोजगारी र व्यावसायिक सम्भावना खोज्ने खालका व्यक्तिहरू आवश्यक छ,” उहाँले भन्नुभयो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले विदेशमा भएको कमाई औपचारिक माध्यमबाट नेपालमा ल्याउन आइएमई सफल भएको भन्दै आगामी दिनहरूमा राष्ट्र बैंकले जारी गर्ने नीति…