सुनकाे मुल्य एकै दिन ४ हजार २ सय रुपैयाँले घट्याे
आर्थिक परिवेश२४ असोज, काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार २ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अघिल्लो दिन प्रतिऔंस ४ हजार ४० डलरसम्म पुगेकोमा आज ४ हजार मुनि झरेको छ । चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन…
नेपाली बजारमा सुनको भाउमा नयाँ कीर्तिमान कामय
आर्थिक परिवेश१२ असोज, काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । नेपाली बजारमा आइतबार सुनको भाउ तोलाको २ लाख २३ हजार २ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवारको सुनको मुल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मुल्य हो । ८ असोजमा सुनको भाउ २ लाख २३ हजारमा पुगेर कारोवार भएको थियो । त्यसपछि केही घटेको सुनले आइतवार अर्को कीर्तिमान बनाएको हो । शुक्रबारको तुलनामा सुनको भाउ आइतवार प्रतितोला ७ सय रुपैयाँले बढेको छ । यस दिन चाँदीको भाउ तोलाको २ हजार ८ सय १० रुपैयाँ पुगेको छ । यो पनि रेकर्ड…
क्षतिग्रस्त भौतिक संरचनाको बीमा दाबी २३ अर्ब ३९ करोड २७ लाख बराबर : प्राधिकरण
आर्थिक परिवेश१२ असाेज, काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बीमा दाबी २३ अर्ब ३९ करोड २७ लाख बराबरको परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दाबीको सूचना आउने क्रम जारी रहेको छ । हालसम्म सम्पत्ति बीमा पाँच सय ९४, मोटर बीमा दुई हजार दुई सय नौ, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा एक सय ४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा आवेदन परेको छ । सबैभन्दा धेरै बीमा दाबी बागमती प्रदेशको रहेको छ । सो प्रदेशमा एक हजार छ सय आठ वटा बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको…
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
आर्थिक परिवेश०७ असाेज काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएकाे छ । मगलवार सुन प्रतितोला दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साेमवार सुन प्रतितोला दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा तीन हजार नौ सय रुपैयाले बढेको थियाे । त्यसैगरी आज चाँदी दुई हजार ६८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
शेयर बजारमा अब ९ दिन शेयर काराेवार नहुने
आर्थिक परिवेश२७ भदाै, काठमाडौँ । नव युवा जेन्जीहरूकाे आन्दोलनका कारण यो साता तीन दिन नेपाली शेयर बजारकाे कारोबार स्थगित भयाे । नेपाल धिताेपत्र बाेर्डले शुक्रवार नेपाल स्टक एक्सजेञ्जलाइ असाेज २ गते सम्म काराेवार स्थगित गर्न निर्देशन दिएकाे छ । आगामी साताभर बन्द रहने जनाइएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आज एक सूचना जारी गर्दै आगामी असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जनाएको हो । “धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा (१) खण्ड (घ) बमोजिम आज मिति २०८२ भदौ २७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार मिति २०७२ भदौ २९ देखि मिति २०८२ असोज २ गतेसम्म धितोपत्रको…