गण्डकी र  लुम्बिनी प्रदेश आर्थिक त्रिभुज परियोजना कार्यान्वयन अघि बढाउन सहमत
आर्थिक परिवेश

३० माघ, पाल्पा ।  लुम्बिनी र गण्डकी प्रदेश सरकारले गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने प्रतिबद्धता जनाएका छन् । दुबै प्रदेशले रणनीतिक विकास र समृद्धिका लागि २१ बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश सरकारको आयोजनामा पाल्पाको ऐतिहासिक एवं पर्यटकीय गन्तव्य रानीमहलमा बुधवार सम्पन्न अन्तर प्रदेशस्तरीय बैठकले उक्त प्रतिबद्धता व्यक्त गरेको हो । लुम्बिनी र गण्डकी प्रदेशको समग्र विकासका सवाल, साझा सम्भावनाहरू संयुक्त रुपमा सम्बोधन गर्ने उद्देश्यले पहिलो पटक लुम्बिनी प्रदेश सरकारले बैठकको आयोजना गरेको थियो । बैठकले दुवै प्रदेशका विभिन्न विकास योजनालाई संयुक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता गरेको छ । यातायात सञ्जाल…

धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा
आर्थिक परिवेश

२७ माघ काठमाडौं ।    धनुषा जिल्लास्थित धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिका प्रमुख बालेश्वर मण्डलले शनिबार धनुषाधाममा आयोजित कार्यक्रममा नगरपालिकालाई विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गर्नुभएको हो । कार्यक्रममा धनुषाधाम नगरपालिका क्षेत्रमा बसोबास गर्ने पिछडिएका तथा आर्थिक रुपमा विपन्न  घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरणसमेत गरिएको छ । उर्जामापक यन्त्र (मिटर)मार्फत बाहेक विद्युतको अन्य लाइनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विद्युतको लाइन तानेमा वा जडान गर्ने (हुकिङ), मिटरलाई छली विद्युत् प्रयोग गर्ने, मिटर तोडी, नासी, बिगारी वा अन्य कुनै किसिमले क्षति पुयाउने वा सामान्य परिचालन हुन नसक्ने गरी असक्षम बनाउलेलगायतका कार्य गरेमा विद्युत्…

सुपर माछा खोला जलविद्युतमा बाणिज्य बैङ्ककाे लगानी
आर्थिक परिवेश

  २४ माघ, काठमाडौँ । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४ दशमलव ६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने भएको छ । बिहिवार काठमाडाैमा आयोजित कार्यक्रममा बुढीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । कूल  ९६ करोड ३८ लाख ३० हजार लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुने कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो । प्रवर्द्धक कम्पनीका अनुसार वाणिज्य बैङ्कले  ६७ करोड ४६ लाख ८० हजार लगानी गर्नेछ । बाँकी २८ करोड ९१ लख…

६ महिनामा नेपालको वस्तु निर्यात ३१.८ प्रतिशत वृद्धि
आर्थिक परिवेश

२० माघ, काठमाण्डौ ।   आर्थिक वर्षको ६ महिनामा नेपालको कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी ( छ महिनाको तथ्याड.कामा आधारित भै सार्वजनिक गरेको प्रतवेदनले यस अवधीमा नेपालको निर्यात ९८ अर्ब ७९ करोड पुगेको उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा यस अवधीमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमश  ४६.१ प्रतिशत, १९.७ प्रतिशत र १.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, अलैंची लगायतका वस्तुको निर्यात बढेको…

बाँसखर्कमा १८ करोड ४५ लाखकाे सुन्तला उत्पादन
आर्थिक परिवेश

१५ माघ, काठमाण्डौ ।  उच्च  गुणस्तरीय सुन्तलाको बगैँचाको रुपमा चिनिएको पर्वत जिल्लाको बाँसखर्कमा यस बर्ष १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । समुुन्द्री सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटरको उचाइमा रहेको बाँसखर्कका दुई सय ३९ घरपरिवार मध्ये मालगाउँ र घुमाउने तालबाहेकका बस्तीका दुई सय बढी घरपरिवारले सुुन्तलाखेती गरेका छन् । देशका अन्य ठाउँका बगैँचामा सन्तला निख्रिएपछि माघ महिनादेखि बाँसखर्कका बगैँचामा सुन्तला टिप्न शुरु हुन्छ । यही माघ महिनाको पहिलो साता गरिएको सर्वेक्षणअनुसार बाँसखर्कको एक हजार पाँच सय रोपनी क्षेत्रफलमा ५१ हजार एक सय ५१ सुुन्तलाका बोट रहेका छन् । सर्वेक्षणको…