गाँजा खेतीकाे सम्भाव्यता अध्ययन गर्न सरकारले कार्यदल गठन गर्याे
आर्थिक परिवेश२१ कार्तिक,काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गर्नुभएको थियो । आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको छ– औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको समभाव्यता अध्ययन गरिनेछ ।’ यो कार्यदललाई दुईवटा विषय म्यान्डेट दिइएको छ । गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्य अनुसन्धान गर्नेछ । गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ । मन्त्री डा. महतको अध्यक्षतामा…
आफ्नै गाउँमा तीन करोडभन्दा बढी लगानीमा बाख्रा फार्म सञ्चालन
आर्थिक परिवेश१८ कातिर्क, गलकोट (बागलुङ)। बागलुङ गलकोटका अधिकांश मानिस रोजगारी र अध्ययनको सिलसिलामा जापानमा छन् । त्यसैमध्येका एक हुनुहुन्छ, चन्द्र खत्री । गलकोट नगरपालिका–५ कौलेनीका खत्री जापानमा रहे भए आफ्नै गाउँमा तीन करोडभन्दा बढी लगानीमा बाख्रा फार्म सञ्चालन गरिरहनुभएको छ । जापानमा रोजगारी सिर्जनाको माध्यम उद्यम भएको आफ्नो २५ वर्षे अनुभव सुनाउँदै खत्रीले जन्मथलोमा रोजगारी सिर्जना गर्ने उद्देश्यले तीन वर्षअघि जामुनबोट एग्रो फार्म सञ्चालनमा ल्याउनुभएको हो । “पच्चीस वर्षदेखि जापानमा छु, अहिले वर्षमा तीन महिना नेपाल र नौ महिना जापानमा हुन्छु, आफ्नो जन्मथलोमा केही गर्ने सोच पहिलेदेखि नै आएको थियो । तर केही गर्न सकेको थिएन, तीन वर्षअघि बाख्रापालन गर्ने सोच…
नेपाल र दक्षिण काेरियाबीच कृषि क्षेत्रका विषयमा प्राविधिक सहकार्यका लागि समझदारी
आर्थिक परिवेश१७ कार्तिक, काठमाडाैं । नेपाल र दक्षिण काेरियाबीच कृषि तथा पशुपन्छी विकासका क्षेत्रमा सहकायर् गर्ने गरी दुर्इपक्षीय समझदारी भएकाे छ । कृषि मन्त्रालयमा दुइ देशका कृषि सम्वध्द मन्त्रालयबीच कृषि क्षेत्रका विविध विषयमा प्राविधिक सहकार्यका लागि समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर भएकाे हाे । समझादारी पत्रमा नेपालको तर्फवाट कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र गणतन्त्र कोरियाका तर्फवाट कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुङ्ग व्हाङ्गक्वुनले हस्ताक्षर गर्नुभयो । समझदारीकाे उद्देश्य दुवै पक्षले आ-आफ्नो राष्ट्रिय कानून र नियमावली बमोजिम दुई देशबीचको कृषि विज्ञान तथा प्रविधि, कृषि तथा पशुपन्छी उत्पादन, कृषि प्रशोधन र कृषि उत्पादनको क्षेत्रमा सहयोगलाई सुदृढ…
भारतबाट नेपालमा केराकाे आयात बढ्दाे २ महिनामा रूपैडियाबाट १० करोड ३१ लाखकाे भित्रियाे
आर्थिक परिवेश१४ कार्तिक, नेपालगंज । चाडबाड शुरू भए संगै भारतबाट नेपालमा केराकाे आयात अत्यधिक मात्रामा बढेकाे छ । दशै तिहार तथा छठका लागि भनेर नेपालमा भारतीय केरा भित्रिने क्रम बढेकाे विभिन्र भन्सार कार्यालयहरूले जनाएका छन् । यस अघि चालु आर्थिक वर्षको दुइ महिना सम्ममा नेपालगन्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको केरा नेपालमा आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चाडपर्वको सिजन भएका कारण यी दुई महिनामा केरा आयात अत्यधिक हुने गरेको छ । यो अवधिमा २४ सय ६६ मेट्रिक टन केरा आयात भएको हो । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले यहाँबाट…
मुस्ताङबाट दशैं पर्वलाई लक्षित गरेर २३ करोड मूल्य बराबरका च्याङग्रा निकासी
आर्थिक परिवेश६ कात्तिक, म्याग्दी । मुस्ताङबाट दशैं पर्वलाई लक्षित गरेर २३ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैंका लागि ५ हजार ७५५ च्याङग्रा निकासी भएको जानकारी दिए । ‘जोमसोमको नाकाबाट ५ हजार ७५५ च्याङग्रा निकासीका लागि स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,’ उनले भने, ‘कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा २३ करोड २ लाख मूल्य बराबरको च्याङग्रा निकासी भएको छ ।’ मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५…