९ महिनामा मुलुकमा १० खर्बभन्दा बढीको व्यापार घाटा
आर्थिक परिवेश

१० बैशाख, काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले साढे १० खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत चैत मसान्तसम्ममा कूल  १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख बराबरको वैदेशिक व्यापार गर्दा नेपालले  १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख घाटा व्यहोरेको हो । चालु आर्थिक वर्षको नौ महिना अवधिमा  ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख बराबरको आयात र  एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा अवधिसम्ममा गत आर्थिक वर्षको सोही अवधिको…

निजी क्षेत्रसँगको सहकार्यबाट मात्रै देशकाे अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

०४ बैशाख, काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्य बाट मात्रै देशकाे अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताउनु भएको छ । नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । “अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ ।”  उहाँले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको छ प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।…

नेपाल  टेलिकमको फाइवर टु द होम एफटिटिएच सेवा ७५ जिल्लामा पुग्याे  
आर्थिक परिवेश

०२ बैशाख, काठमाडौं I  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभरिका सबै स्थानीय तहमा उच्च गुणस्तरका दूरसञ्चार सेवा विस्तार गरिने बताउनुभएको छ । सिंहदरबार स्थित मन्त्रालयबाट आज भर्चुअल रुपमा डोल्पा जिल्लामा नेपाल टेलिकमको फाइवर टु द होम एफटिटिएच नेटवर्कको उद्घाटन गर्दै मन्त्री शर्माले जिल्लाका सबै पालिकामा उच्च गुणस्तरको दूरसञ्चार सेवा उपलब्ध गराई क्रमशः वडा स्तरमा विस्तार गरिने बताउनुभयो । मन्त्री शर्माले निजी क्षेत्र जान नसक्ने जिल्लाहरूमा सरकारले सेवा दिनुपर्ने दायित्व भएकाले नाफा घाटा नहेरी जनताको सेवामा नेपाल टेलिकम लागि पर्नुपर्ने र सबै क्षेत्रले दायित्वबोधका साथ काम गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले भौगोलिक…

जलविद्युत्, सूचना प्रविधि, पर्यटन, कृषिलगायतका क्षेत्रलाई बजेटको प्राथमिकतामा राखिने छ : अर्थमन्त्री
आर्थिक परिवेश

२५ चैत्र, काठमाडाैं ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट समावेशी, वस्तुपरक र पारदर्शी रूपमा  ल्याउने बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घद्वारा आइतवार  काठमाडाैमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री पुनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा संशोधन गरेर बजेट आउनुभन्दा तीन महिनाअघि नै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरिएको जानकारी दिनुभयो । यसबाट सबैको सुझाव समेटिएर कार्यान्वयन योग्य बजेट आउने उहाँको भनाइ छ । सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट र मौद्रिक नीतिबीच सामञ्जस्यता हुनेगरी बजेट आउने पनि उहाँले स्पष्ट पार्नुभयो । आगामी आर्थिक वर्षको बजेटमा क्षेत्रगत प्राथमिकता तय गर्दा नेपालको भू–राजनीतिक अवस्थिति, तुलनात्मकरुपमा…

सुनकाे मुल्य प्रतितोला एक लाख ३५ हजार छ सय पुग्याे
आर्थिक परिवेश

 २५ चैत्र, काठमाडौँ ।  नेपाली बजारमा बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला  एक लाख ३५ हजार छ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला रु दुई हजार नौ सयले वृद्धि भएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन एक…