नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढ्यो
आर्थिक परिवेशकाठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ । यहाँका साँघुरा र घुमाउरो सडक तथा पुल सवारी दुर्घटनाको कारण बनिरहेकाले सडक विस्तारसँगै सुधार गर्न लागिएको हो । झण्डै ९५ किमी लम्बाइको सडक तीन प्याकेजमा गरी निर्माण गर्ने योजना बनाइएको छ । यी तीन प्याकेजमा सडक र पुल दुवैको विस्तार र सुधार समेटिने नागढुङ्गा–मुग्लिन सडक योजनाका प्रमुख किरण कार्कीले बताउनुभयो । यो सडक निर्माणका लागि अहिले अध्ययन सकिएर ठेक्काको चरणमा छ । सडक विभाग, विकास सहायता समन्वय महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको हो । विभिन्न प्याकेजमध्ये कुनै मूल्याङ्कन त कुनै मूल्याङ्कन…
तीस बर्ष देखिको ‘धर्म भकारी’ जोगाउँदै गाउँलेहरू
आर्थिक परिवेशपर्वत । पर्वतको ठाना मौलामा विगत ३० वर्षदेखि देखि सुरु गरिएको ‘धर्म भकारी’, अन्नको संरक्षण गर्ने परम्परा अहिले पनि गाउँलेहरूले जोगाइरहेका छन् । समयको परिवर्तनसँगै समाजका कतिपय सांस्कृतिक परम्परा, प्रविधि लोप हुँदै गए पनि यहाँका बासिन्दाले ‘धर्म भकारी’ लोप हुन दिएका छैनन् । ३० वर्ष अगाडी गाउँको ढुकुटीको रुपमा ४/४ माना अन्न उठाएर शूरु गरिएको ‘धर्म भकारी’मा अहिले सम्म ४० मुरी कोदो सङ्कलन भएको छ । वर्खे खेती लगाउने समयमा घरमा अन्नपात सकिएमा गाउँले भेला भएर यही अन्न पैँचो लगेर काम चलाउँछन् भने हिउँदमा सबैले आफूले लगेको अन्नमा केही थपेर ‘धर्म भकारी’ लाई फिर्ता गर्ने चलन अहिले सम्म चलिआएको छ ।…
पश्चिम तराईका जिल्लामा रासायनिक मलको चरम अभाव
आर्थिक परिवेशसुदूरपश्चिम । हालैको बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलालीलगायतका जिल्लाका किसानले यतिबेला गहुँखेती गर्न रासायनिक मलको चरम अभावको समस्या झेल्नुपरेको छ । मल अभावका कारण समयमै गहुँ छर्न नपाएर समय घर्किन लागेको किसानले गुनासो गरेका छन् । वर्षापछि डुबानमा परेको होचो भागको अधिकांश क्षेत्रको जग्गा भने हिलाम्मे भएका कारण अझै खनजोत गर्न सकिएको छैन । पानी नजमेका अग्लो भागका जग्गामा खनजोत गरेर गहुँ छर्ने तयारीमा रहेका किसानलाई मल अभाव भएको हो । पश्चिम तराईका जिल्लामा यही कात्तिक अन्तिम हप्ताभित्रमा गहँु छरिसक्नुपर्छ । यस समयभित्र गहँु नछरेमा उत्पादन राम्रो नहुने किसानको भनाइ छ । “कात्तिक अन्तिमतिर गहुँ छर्दा उत्पादन राम्रो हुने भए…
सल्यानका दर्जन बढी खानी अलपत्र
Dipak Sharmaसल्यान । सल्यानमा दर्जन बढी खानीहरू अलपत्र रहेका छन् । कोइला, चुनढुङ्गा, तामा, फलाम, सिसा लगागतका दर्जन बढी खानीहरू वर्षौँदेखि अलपत्र परेका हुन । जिल्लाको शारदा नगरपालिका–६ को चुनढुङ्गा, वडा न ७ मा रहेको तामा र फलाम, कुमाख गाउँपालिमा रहेको फलाम, कालीमाटी गाउँपालिकाको कोछट्टेमा रहेको सिसा खानी अलपत्र छन् । उत्खननका लागि सरकारी प्रक्रिया झन्झटिलो र कतै स्थानीयको विरोधका कारण खानीहरू अलपत्र परेका हुन । सरकारले उत्खननमा प्रतिबन्ध लगाएपछि खानी रहेको क्षेत्र पुरिँदै गएको गाउँपालिका अध्यक्ष दान बहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार गाउँकै खानीको सदुपयोग नहुँदा कालीमाटीका झन्डै ५ हजार युवा वर्षेनी मजदुरीका लागि देशबाहिर जान बाध्य छन् । खानी…
कार्तिक २६ देखि छाला जुत्ताजन्य वस्तुको व्यापार मेला हुने
BHuwan Aacharyaकाठमाडौँ । यही कार्तिक २६ देखि मङ्सिर १३ गतेसम्म काठमाडौँको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा छाला जुताजन्य वस्तुहरूको व्यापार मेला आयोजना हुने भएको छ । नेपाल जुत्ता उत्पादक सङ्घको आयोजनामा स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजित व्यापार मेलामा नेपालका चर्चित जुत्ता उत्पादक ३० वटा कम्पनीहरूका ६० वटा भन्दा बढी स्टलहरूमा छाला जुत्ताजन्य उत्पादनहरू प्रदर्शन तथा बिक्री गरिने छ । सङ्घमा आबद्ध नेपालका चर्चित ब्रान्डहरूको सहभागिता हुने सो मेलामा उपभोक्ताहरूले भारी छुटका साथ गुणस्तरीय उत्पादनहरू प्राप्त गर्न सक्ने आयेजकहरुले बताउनुभएको छ । वर्षमा २ पटक काठमाडौँमा र हरेक प्रदेशमा वर्षमा एक पटक व्यापारिक मेला आयोजना गर्ने सङ्घको नीति अनुसार यो वर्षको…