२२ जेठ, भद्रपुर (झापा)। चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा ९१ करोड ७७ लाख रकम अर्थात् पाँच दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ९० प्रतिशत अर्थात् ४३ करोड ७४ लाख ४७ हजारले बढेको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको…
२१ जेठ, भद्रपुर (झापा)। आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट रु चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ बराबरको मालसामान आयात भएको छ । ने पालबाट रु ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरका उत्पादन बङ्गलादेश निर्यात भएका छन् । काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सवैभन्दा धेरै रु एक अर्ब ७८ करोड ४२ लाख बराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड…
१३ जेठ वीरगञ्ज । वीरगंजस्थित एकीकृत जाँच चौकी (आईसीपी) भन्सार नाकाबाट चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनामा भारत र तेस्रो मुलुकतर्फ ७९ अर्ब ३ करोड ७४ लाख रुपैयाँ बराबरको नेपाली उत्पादन निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो। यस वर्ष सो निर्यातमा २१० प्रतिशतको उल्लेखनीय वृद्धि भएको वीरगञ्जस्थित आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो। प्रमुख निर्यात सामग्री र गन्तव्य देशहरू वीरगंज नाकामार्फत भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्डलगायत देशहरूमा विभिन्न नेपाली उत्पादनहरू निर्यात भएका छन्। तीमध्ये मुख्य रूपमा प्रशोधित…
०९ जेठ, भद्रपुर, झापा । देशको पूर्वी नाका काँकडभिट्टाबाट तयारी चिया निर्यातमा वृद्धि भएको छ । मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा चिया निर्यातमा ४६.१० प्रतिशतले वृद्धि भएको छ । अलैँची, अदुवाजस्ता कृषि वस्तुको निर्यात भने अघिल्लो वर्षको तुलनामा घटेको मेची भन्सार कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार चालु आ.व.को १० महिनामा तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार मूल्य बराबरको १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको छ । गत आ.व. को सोही अवधिमा रु. दुई अर्ब ५२ करोड १० लाख १४ हजार मूल्य बराबरको चिया…
०५ जेठ,सुरुङ्गा झापा । जिल्ला प्रहरी कार्यालय झापाले भन्सार नतिरी भित्र्याइएका धान काट्ने मेसिन (कृषि औजार)सहित तीन वटा कन्टेनर पक्राउ गरेको छ । पक्राउ परेका सामग्रीको मूल्य रु तीन करोड ६१ लाख रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा भारतबाट काँकरभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीनवटा भारतीय कन्टेनरलाई प्रहरीले गएराति पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । प्रहरीले जाँचका क्रममा भन्सार छली गरी…
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कबिच असल सम्बन्ध स्थापित गरी वित्त र मौद्रिक नीतिको समन्वयमार्फत अर्थतन्त्र सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । चाणक्य मिडिया प्रालिले आज यहाँ आयोजना गरेको ‘पूर्व–मौद्रिक नीति छलफल’ मा अर्थमन्त्री पौडेलले सरकारले ल्याउने आर्थिक तथा वित्त नीति र केन्द्रीय बैङ्कले ल्याउने मौद्रिक नीतिबिच सामञ्जस्यता तथा समन्वय, समान उद्देश्य प्राप्तिलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो । “अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्क तथा वित्त नीति र मौद्रिक नीति बीचको आपसी सन्तुलन कायम भएन भनेर छलफल तथा चर्चाको विषय हुने गरेको छ,” अर्थमन्त्री पौडेलले भन्नुभयो । “मन्त्रालय र राष्ट्र बैङ्कका…
१६ बैशाख काठमाण्डाै । एनएमबी बैंकले हरित बन्ड जारी गर्न अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बीआईआई र मेटलाइफसँग साझेदारी गरेको छ। नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलरबराबरको नेपाली रुपैयाँ अंकित हरित बन्ड जारी गर्न लागिएको हो। यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गुणस्तरीय रोजगारी सिर्जना हुने लक्ष्य रहेको बैंकले जनाएको छ। त्यसैगरी, यसले देशको उर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको छ। यस बन्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य ऊर्जालगायतका नवीकरणीय ऊर्जा, विद्युतीय सवारी, हरित भवन तथा बायोमासजस्ता परियोजनाहरुमा लगानी विस्तार गरिनेछ। उक्त समझदारीपत्रमा बैंकका सञ्चालक समिति अध्यक्ष मनोज कुमार गोयलले…
१४ बैशाख, काठमाडाै । नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले वित्तीय क्षेत्र चुनौतीपूर्ण अवस्थामै रहेको बताउनु भएकाे छ। नेपाल राष्ट्र बैंकको ७०औँ वार्षिक उत्सवका अवसरमा अायाेजित कार्यक्ममा बोल्दै उहाँले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि कर्जामा अपेक्षित सुधार नदेखिँदा वित्तीय क्षेत्र अझै चुनौतीपूर्ण अवस्थामै रहेको बताउनु भएकाे हाे । आन्तरिक अर्थतन्त्रमा संरचनागत एवं व्यवस्थापनजन्य विषयहरुको सम्बोधन अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ। यो उच्च तरलता र न्यून ब्याजदरका बाबजुद पनि निजी क्षेत्रतर्फ कर्जा जान नसक्दा त्यसले वित्तीय क्षेत्रको चुनौती कायमै राखेको ढुंगानाले बताउनु भयाे । अर्थतन्त्र लयमा आउन थालेको बताउँदै उहाँले बाह्य क्षेत्र समेत सबल हुँदै गएको अवस्थामा…
१० बैशाख, काठमाण्डौं । बुधवार नेपाली बजारमा छाप भएको सुनको मूल्य तोलामा सात हजार ५ सय रुपैयाले घटेको छ । मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य बुधवार भने घटेर एक लाख ९० हजार ४०० मा कारोवार भएको छ । बुधवार चाँदी प्रतितोलाको पाँच रुपैयाले घटेर एक हजार ९६५ मा कारोबार भएको छ ।
९ वैशाख, काठमाडौं । स्थानीय बजारमा मगलवार सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छाप भएकाे सुन तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको छ । योसँगै सुनको भाउ तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ । केही दिनयता स्थिर रहेको चाँदीको भाउ भने तोलामा १० रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलाको १ हजार ९ सय ६० रहेको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि हुँदा नेपाली बजारमा पनि वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३…
३० जेठ, काठमाडौं । विश्व बैंक समूहले आगामी ६ वर्षमा नेपालमा कम्तीमा २ अर्ब ७० करोड अमेरिकी डलर अर्थात् अहिलेको विनिमयदरअनुसार ३ खर्ब ७१ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता व्यक्त गरेको छ । विश्व बैंक नेपाल राष्ट्र साझेदारी रूपरेखा (सीपीएफ) मा यसबारे जानकारी दिइएको छ । यस अवधिमा विश्व बैंकले गर्ने लगानीमध्ये १ अर्ब ९५ करोड ६० लाख अमेरिकी डलर अर्थात करिब २ खर्ब ६८ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) मार्फत सहुलियतपूर्ण ऋण हुने छ । आईडीएले सरकारलाई ऋण सहयोग गर्छ । त्यस्तै, विश्व बैंक समूहअन्तर्गतकै निजी क्षेत्रलाई लगानी गर्ने संस्था अन्तर्राष्ट्रिय वित्त कोष (आईएफसी) ले कम्तीमा ७५ करोड अमेरिकी…
२८ जेठ न्युयोर्क । व्यापारमा बढ्दो तनाव र नीति सम्बन्धी अनिश्चितताका कारण विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदर सम्बन्धी पूर्वानुमानमा कटौती गरेको जानकारी गराएको छ । विश्व बैङ्कले मङ्गलवार सार्वजनिक गरिएको ‘विश्व आर्थिक दृष्टिकोण’ प्रतिवेदन अनुसार, हाल देखिएको अस्थिर अवस्थाले विश्वका करिब ७० प्रतिशत अर्थतन्त्रहरूमा वृद्धिदर घटाउने गरी प्रभाव पारेको छ, जसमा सबै भू–भाग र आम्दानी वर्ग समावेश छन् । प्रतिवेदन अनुसार, सन् २०२५ का लागि विश्व आर्थिक वृद्धिदर २.७ प्रतिशतबाट घटाएर २.३ प्रतिशत बनाइएको छ। यस्तै, सन् २०२६ का लागि यो दर २.७ प्रतिशतबाट घटाएर २४ प्रतिशतमा ल्याइएको छ । विकसित देशहरूमा आगामी वर्ष १.२ प्रतिशतको वृद्धि हुने अपेक्षा…
१० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा,…
६ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुकाे सम्पत्ति शुद्धीकरणका शंकास्पद कारोबार ४९ प्रतिशतले बढेकाे पाइएकाे छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा सन् २०२४ मा रिपोर्टिङ भएका शंकास्पद कारोबार संख्या २०२३ को तुलनामा ४९ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ बमोजिम सूचक संस्थाहरूले इकाइमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनका अनुसार २०२३ मा ६ हजार २ सय ५५ शंंकास्पद कारोबार रहेकोमा २०२४ मा ९ हजार ३ सय ४ पुगेको छ । २०२४ मा इकाइले १ हजार ८ सय ९४ प्रतिवेदन विश्लेषण गरेकोमा तीमध्ये १ हजार ८६ वटा प्रतिवेदन थप…
०२ जेठ, काठमाडौँ । जापान सरकारले धुलिखेल अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान) को सुधार परियोजना’ का लागि थप ५७ करोड ३० लाख येन अनुदान दिने भएको छ । आज अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोको उपस्थितिमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनिराम शर्मा र नेपालस्थित जाइकाका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल सरकारको तर्फबाट अर्थमन्त्री पौडेल र जापान सरकारको तर्फबाट सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन आउनुभएका संसदीय उपविदेश मन्त्रीसहित अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, नेपालका लागि जापानका राजदूत मैदा तोरु रेलगायतको सहभागितामा सम्झौतामा हस्ताक्षर भएको अर्थ मन्त्रालयले…
३० जेठ, काठमाडौ । नेपाल राष्ट्र बैकले बैंकिड. क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि बैकिड. क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । नेपाल राष्ट्र बैकले बैंकिड क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्की–संयोजक, भुवनकुमार दहाल–सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक–सदस्य सचिव रहने गरी तीन सदस्यीय बैंकिड. क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको हो । कार्यदलको समयावधि एक महिनाको रहने गरी देहायका विषयमा सुझाव दिन जिम्मेवारी प्रदान गरिएको छ ः बैंकिड. नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिड. सेवाको विकासका सम्बन्धमा…
२६जेठ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई–मधेस द्रुत मार्ग सडक आयोजनाको सुरु बिन्दुको विवाद र समाधानका उपायबारे आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले ललितपुर महानगर, वडा नं २१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जन सहितले भेटेर समस्या र समाधानको विकल्पबारे सुझाव दिनुभएको हो । सरोकार समितिले खोकनामा सुरु विन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकु छापमा कायम गर्न…
२२ जेठ, काठमाडौ । लगानी बोर्डले विभिन्न जलविद्युत आयोजना र केवलकार परियोजनामा १ खर्ब १७ अर्ब ४० करोड बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहिवार सम्पन्न ६४ औ बोर्ड बैठकले बझाङ्ग माथिल्लो सेती जलविद्युत परियोजना (२१६ मेगावाट), बकान खोला जलविद्युत परियोजना (४४ मेगावाट) तथा छिलुङ्ग खोला जलविद्युत परियोजना (४३.२ मेगावाट) को गरी जम्मा ३०३.२ मेगावाट जडित क्षमता भएका परियोजनाहरुको ५९ अर्ब ७६ करोड रुपैया तथा मुक्तिनाथ केवलकार परियोजना (८१.०४१ कि.मि) को ५७ अर्ब ६४ करोड गरी कूल १ खर्ब १७ अर्ब ४० करोड बराबरको लगानी स्वीकृत गरेको हो । साथै बैठकले बझाङ्ग माथिल्लो सेती जलविद्युत…
२२ जेठ, काठमाडौ । नेपालको चर्चित व्यापारिक समूह भाटभटेनीले भैरहवाको विशेष आर्थिक क्षेत्रमा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ । समूहका अध्यक्ष मीनबहादुर गुरुङ, व्यवसायी उमेश श्रेष्ठसहितको समूहले जगपूजासहित बुधबार उद्योगको शिलान्यास गर्नु भएको छ । त्यस उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । स्थानीय जनशक्तिको परिचालन गर्दै निर्यात वृद्धि मार्फत मुलुकको आर्थिक विकासमा योगदान र्पुयाउने लक्ष्य लिइएको भाटभटेनीले जनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने त्यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने भएको…
२१ जेठ, काठमाडौँ । नेपालको नबिल बैंकलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ । बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ । विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिल बैंकले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहकको अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्यांकनका आधारमा प्रदान गरिएको नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताउनु भयाे । ‘यो अवार्डले बैंकको सेवालाई अझ प्रविधिमैत्री तथा ग्राहकमैत्री बनाउन प्रोत्साहन मिलेको छ,‘ ज्ञवालीले भन्नु भयाे । नबिल बैंकले आफ्नो स्थापनाकाल देखि नै प्रविधिलाई प्राथमिकतामा…
२८ जेठ न्युयोर्क । व्यापारमा बढ्दो तनाव र नीति सम्बन्धी अनिश्चितताका कारण विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदर सम्बन्धी पूर्वानुमानमा कटौती गरेको जानकारी गराएको छ । विश्व बैङ्कले मङ्गलवार सार्वजनिक गरिएको ‘विश्व आर्थिक दृष्टिकोण’ प्रतिवेदन अनुसार, हाल देखिएको अस्थिर अवस्थाले विश्वका करिब ७० प्रतिशत अर्थतन्त्रहरूमा वृद्धिदर घटाउने गरी प्रभाव पारेको छ, जसमा सबै भू–भाग र आम्दानी वर्ग समावेश छन् । प्रतिवेदन अनुसार, सन् २०२५ का लागि विश्व आर्थिक वृद्धिदर २.७ प्रतिशतबाट घटाएर २.३ प्रतिशत बनाइएको छ। यस्तै, सन् २०२६ का लागि यो दर २.७ प्रतिशतबाट घटाएर २४ प्रतिशतमा ल्याइएको छ । विकसित देशहरूमा आगामी वर्ष १.२ प्रतिशतको वृद्धि हुने अपेक्षा…
२२ जेठ, काठमाडौँ । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस विश्वभर विभिन्र चेतनामुलक कार्यक्रमहरूकाे अायाेजना गरी मनाइदै छ । ‘ प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १०…
२२ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गर्नु भएकाे छ । सुरक्षा जोखिमलाई कारण देखाउँदै उहाँले अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षार गर्नु भएकाे हाे । यसैगरी ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक रुपमा प्रतिबन्ध लगाउने घोषणामा पनि हस्ताक्षर हस्ताक्षार गर्नु भएकाे छ । यात्रा प्रतिबन्धको निर्णय ९ जुनदेखि लागु हुने विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । यद्यपि अमेरिकी ग्रिनकार्ड भएका व्यक्तिहरु, ९ जुनभन्दा अघि नै भिसा…
४ जेठ, काठमाडौं । भारतले बंगलादेशमा उत्पादन हुने तयारी कपडा र केही खाद्यवस्तु जस्ता सामग्रीको भूमि बन्दरगाहको माध्यमबाट हुने आयातमा प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य मन्त्रालयले शनिबार बंगलादेशका तयारी कपडा, प्रोसेस्ड फुड (प्रशोधित खानेकुरा) र फर्निचर लगायतका सामग्री आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । भारतको वाणिज्य मन्त्रालय अन्तर्गत डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड (डीजीएफटी)ले शनिबार जारी गरेको सूचनामा यो प्रतिबन्ध तत्काल लागु हुने उल्लेख छ । यो सँगै बंगलादेशबाट तयारी गार्मेन्टहरूको आयात अनुमति कुनै पनि बन्दरगाहबाट गर्न पाइने छैन । भारतीय मिडियाहरुका अनुसार बंगलादेशबाट रेडिमेड गार्मेन्ट्सको आयात अनुमति कुनै पनि भूमि बन्दरगाहको माध्यमबाट हुन दिइने छैन…
३१ बैशाख काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित बनाउन आग्रह गर्नुभएको छ । सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ बुधवार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरू देखा पर्नु उचित नहुनेमा जोड दिँदै सङ्कीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गर्नुभयो । “आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा यस्तो साझा संस्थामा विवाद हुन्न उचित होइन । व्यक्तिका लागि विधान फेर्ने ढंगले संस्था चल्न सक्दैन । महाधिवेशनमा हानाहान र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैन । यसमा विवेक र तर्कले कम गरोस् । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रुपमा…